बिहिबार , बैसाख २०, २०८१

लिपुलेख-कालापानी व‍िवाद
घरेलु टोली भारत ११ वर्षपछि आईसीसी क्रिकेट विश्वकपको फाइनलमा प्रवेश गरेको छ । भारतले सेमिफाइनलमा साविक उवविजेता न्युजिल्यान्डलाई ७० रनले पराजित गर्दा विराट कोहली, श्रेयस ऐअर र मोहम्मद सामीले उत्कृष्ट प्रदर्शन गरे ।

मुम्बईस्थित वानखंडे स्टेडियममा टस जितेर ब्याटिङ गरेको भारतले कोहलीको कीर्तिमानी शतकको मद्दतमा ५० ओभरमा सात विकेट गुमाएर ३ सय ९७ रन बनाएको थियो ।

आक्रामक सुरुवात दिलाएका कप्तान रोहित शर्माले २९ बलमा ४७ रन जोडे । कोहलीले १ सय १७ रनको योगदान गरे । ओडीआईमा ५० औं शतक पूरा गर्दै सचिन तेन्डुलकरको कीर्तिमान तोडेका कोहलीले १ सय १३ बलको सामना गरेका थिए । श्रेयसले पनि १ सय ५ रनको योगदान गरे । शुभमन गिल ८० र केएल राहुल ३९ रनमा अविजित रहे । टिम साउथीले तीन विकेट लिए ।

भारतले न्युजिल्यान्डसँग सन् २०१९ को विश्वकप सेमिफाइनलमा बेहोरेको हारको बदला पनि लियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय