शनिबार , मंग्सिर १६, २०८०

बालेनले सडकमा खटाए यस्तो मेसिन, सयौँ मान्छेको काम एउटै मेसिनले गर्ने काठमाडौंमा हेर्नुहोस्

नेपाल सरकारले टिकटक एप बन्द गर्ने निर्णय गरेको छ । नेपालमा सर्वाधिक लोकप्रिय मानिएको यो एपलाई बन्द गर्ने निर्णय मन्त्रिपरिषदले गरेको हो ।

टिकटकबाट सामाजिक सद्‌भावमा खलल पुगेको भन्दै सरकारले बन्द गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले बताएकी छिन् । टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा आउने मन्त्री शर्माले बताइन् ।

उसो त टिकटक बन्द गर्ने नेपाल पहिलो देश भने होइन । यसअघि भारत लगायत आधा दर्जन देशले टिकटक एप बन्द गरिसकेका छन् ।
नेपाल सरकारले टिकटक बन्द गर्ने निर्णय गरेसँगै सामाजिक संजालमा विभिन्न खालका प्रतिक्रिया आइरहेका छन् ।

केहीले सरकारको यो निर्णयमा खुशी व्यक्त गरेका छन् भने कतिपयले अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउन लागेको भन्दै आपत्ति जनाएका छन् । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सरकार उल्टो बाटोमा हिँडेको भन्दै विरोध गरेका छन् ।

टिकटक बन्द हुने निर्णयसँगै यही एपबाट स्टार बनेकादेखि यही एपमा रहेर लाखौं रकम कमाउँदै आएकाहरुलाई भने समस्या पर्ने देखिएको छ । टिकटकबाट नेपाली म्युजिक भिडियो क्षेत्रदेखि फिल्म क्षेत्रमा केही प्रतिभाहरूको आगमन भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय