सोमबार , बैसाख १७, २०८१

आममाफी पाएको लोकेन्द्र भनिने लोकबहादुर विकले महिलाको हत्या गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रुकुम पश्चिमको सानीभेरी गाउँपालिका– ९ सिम्लीका ३३ वर्षीय लोकबहादुर विकले मंगलबार मुसीकोट नगरपालिका– ७ साँखकी २८ वर्षीया भावना विकको खलंगाको सत्कार होटेलमा हत्या गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले विकलाई पक्राउ गरी बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

बहुविवाहको मुद्दामा दोषी करार भएका र आधाभन्दा बढी कैद भुक्तान गरेपछि गत ३ असोजमा संविधान दिवसका अवसरमा कारागारमुक्त भएका थिए ।

उनी बहुविवाहको मुद्दामा दोषी करार हुँदै ११ महिनाका लागि कारागार चलान भएका थिए । तर, ६ महिना कैद भुक्तान गर्दै गत ३ असोजमा संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट बाँकी कैद सजाय मिनाहा भएपछि उनी रिहा भएका थिए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय