
इजरायलमा रहेकी नेपाली विद्यार्थी कल्पना जोशीले भनिन् : हिजो बिहानबाटै निद्रामै बंकरभित्र भागेका हौं, अहिले पनि बंकरमै छौं। सानो बंकरमा १८ जना छौं,
नेपालबाट ल्याएको चाउचाउ र पानी खाएर हिजोको रात काटेका छौं। हामीसँग भगवानको भरोसा बाहेक अरू केही आशा छैन।
हामीसँगै आएका सबै साथीसँगै फर्किन पाए हुन्थ्यो भन्ने कामना गरिरहेका छौं।’ 😭💔
नोट : हमासको आक्रमणमा परी १० जना नेपालीहरुको मृत्यु भएको पुष्टि भैसकेको छ ।