
काठमाडौं ।
काठमाडौं उपत्यमा प्रहरीले चेकजाँच कडा बनाएको छ । कोरोना महामारीका कारण जारी गरिएको निषेधाज्ञाको पहिलो बिहान ४ सय ११ सवारी साधनलाई प्रहरीले होल्ड गरिएको छ ।
समाचार तयार गर्दासम्म काठमाडौं, भक्तपुर र ललितपुरमा ३ सय २० ओटा मोटरसाइकल, स्कुटर होल्ड गरिएको छ ।
तीनवटा जिल्लामा ९१ वटा गाडी समेत गरेर ४ सय ११ वटा सवारी साधनलाई होल्ड गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सुशील सिंह राठौरले रातोपाटीलाई बताए ।
नियन्त्रणमा लिइएका सवारी साधनलाई साँझ मात्र छाडिने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
काठमाडौं जिल्लाभित्र १ सय २८ ठाउँमा सुरक्षाकर्मी परिचालन गरेर चेकजाँच गरिएको छ ।
ट्राफिक र प्रहरीको संयुक्त टिमले काठमाडौंका ४४ ठाँउमा चेकजाँच गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए ।
साथैमा यो पनि
अफिस टाइम’मा आवागमनः राजधानीका सडकमा बाक्लै देखिए सवारी
स्थानीय प्रशासनले सार्वजनिक र निजी सवारी साधन सञ्चालनमा रोक लगाएको छ । तर राजधानीका सडकमा कार्यालय समयमा बाक्लै संख्यामा सवारी साधन देखिए ।
प्रशासनले एम्बुलेन्स, प्रहरी, सरकारी पासबाहक गाडीसहितका अत्यवश्यक सवारीसाधन निर्वाध रुपमा सञ्चालन दिएको छ ।
यस्तै बैंक तथा वित्तीय संस्था र सहकारी, प्रेस लगायतलाई पनि परिचयपत्र देखाएर आवतजावत गर्न दिएको छ ।
कतिपय कार्यालय स्वास्थ्य सावधानी अपनाएर खोलिएका अफिस समयमा सडकमा चहलपहल बढेको छ ।
तर प्रहरीले पास बिना चलाइएका सवारीलाई नियन्त्रणमा लिएर होल्ड गरेको छ ।
कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकामा बिहीबारदेखि वैशाख २२ सम्मको लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो।
सेतोपाटी