शुक्रबार , बैसाख १४, २०८१

फेरि शर्मिला वाइबाको सनसनीपुर्ण खुलासा, हातमै यस्ता प्रमाण देखाएपछि ऋषि धमलाको सातो नै उड्यो !
Breaking News

प्रमुख समाचार

समाचार

फेरि शर्मिला वाइबाको सनसनीपुर्ण खुलासा, हातमै यस्ता प्रमाण देखाएपछि ऋषि धमलाको सातो नै उड्यो !
फेरी शर्मिला वाईवा भन्छिन् ‘म पिडित हुँ गालि नगर्नुस् समय आएपछि सबको पोल खोल्छु

प्रकाशित मिति । ७ फाल्गुन २०७९

शर्मिला वाइबा आफ्नी छोरीसहित पहिलोपटक मिडियामा आएकी छिन् । तर उनले बाबु भने चिनाउन चाहिनन । अहिले सामाजिक अभियान्ता शर्मिला वाइबाले ऋषि धमलालाइ लगाएको आरोप गलत भएको स्वीकारेकि छिन ।

उनले हिजो पत्रकार ऋषि धमला बिच प्रेम सम्बन्ध रहेको कुरा केहि मिडियामा मार्फत सार्वजनिक गरेकि थिइइन । अन्तत उनले आफ्नो गल्ती भएको र अरुले उक्साएको भरमा यस्तो आरोप लगाएको बताएकि छन । उनले धमला सँग पैसा को कारोबार मात्र भएको कुरा उल्लेख गरेकि थिइन ।

यसैबीच संचारकर्मी ऋषि धमला पत्नी एलिजा गौतमले आफुले ऋषिलाई गर्ने माया र ऋषिले आफुलाई गर्ने मायामा कहिल्यै कमी नहुने बताएकी छन् । शर्मिला नाम गरेकी युवतीले ले मिडियामा आएर आप्नो र ऋषिको नाम जोडेपछि पत्नी एलिजाको यस्तो भनाइ आएको हो ।

ऋषिसँग आफ्नो सम्बन्ध लामो समयदेखि रहेको बताएपछि यसले सामाजिक संजालमा बहस नै सिर्जना गरेको छ । यहि बहसका बिच एलिजाले सामाजिक संजालमा एक स्टाटस लेख्लै भनेकी छन् जिन्दगीमा कहिले आधी आउँछ, कहिले हुरी आउँछ ।

तर, तिम्रो र मेरो माया प्रेम कहिले घट्नेवाला छैन । सँगै बाँच्ने सँगै मर्ने कसम खाएर अगाडि बढेको हाम्रो जीवन सात जुनीसम्म पनि हजुरलाई नै पाउँ पनि भगवान्सँग प्रार्थना गर्दछु ।’उनले, धेरै माया भन्दै रोज डेको शुभकामना समेत दिएकी छिन् ।

भान्साका ग्यासको सुरक्षा र सतर्कता

गुणस्तर तथा सुरक्षित प्रयोगमा ध्यान नदिँदा खाना पकाउन प्रयोग गरिने ग्यास सिलिन्डरले विस्फोटक पदार्थको रूप लिइरहेको छ । यसका कारण आगलागीका घटना मात्र बढेका छैनन्, जनधनको क्षति पनि भैरहेको छ ।

गत बुधबार ग्यास ‘लिक’ भएर आगलागी हुँदा नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी गम्भीर घाइते भए भने उनकी आमा हरिकला भण्डारीको उपचारका क्रममा निधन भयो । यसको भोलिपल्ट दाङ तुलसीपुरमा पनि सिलिन्डर विस्फोट हुँदा दुई जना घाइते भए । पछिल्लो समय खाना पकाउन दाउरालाई विस्थापित गर्दै ग्यास सिलिन्डर गाउँगाउँ पुगेको छ ।

यसको कारोबार बढ्दो छ । बिक्री–वितरणमा मुनाफालाई मात्र जोड दिइने गरेकाले सिलिन्डरको प्रयोग अवधि लगायतका प्रश्नहरू ज्युँका त्युँ छन् । यसको सुरक्षा, मापदण्ड र सुरक्षित प्रयोगका निम्ति अपनाउनुपर्ने तौरतरिका लगायतका पक्षमा भइरहेका कमीकमजोरीले उपभोक्ताको जीवन र सम्पत्ति दुवै धरापमा छन् । यो धराप हटाउनका लागि उद्योगीहरूले आवश्यक मापदण्ड पालना गर्न र उपभोक्ताहरूले पर्याप्त सतर्कता अपनाउन जरुरी छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो दुई आर्थिक वर्षमा ग्यास लिक भएर आगलागी तथा कमसल सिलिन्डर विस्फोटका २३ घटनामा ८ जनाको मृत्यु भएको छ भने २६ घाइते भएका छन् । चालु आर्थिक वर्ष मध्यसम्म भएका ११ घटनामा १ को मृत्यु हुँदा १६ घाइते भएका छन् ।

पछिल्ला तीन वर्षमा घना बस्ती रहेको काठमाडौं उपत्यकामा मात्रै ९ जनाले ज्यान गुमाएका छन् । यसले पुर्‍याएको भौतिक क्षति अथाह छ । यिनै तथ्यांकका आधारमा भन्न सकिन्छ— जुनै पनि बेला विस्फोटक पदार्थमा परिणत भई ग्यास सिलिन्डरले जोकसैको जीवनलाई जोखिममा धकेल्न सक्छ ।

यसर्थ सर्वसाधारणको जीवनसँग जोडिएको यति संवेदनशील विषय उद्योगी–व्यवसायीको मुनाफा आर्जन गर्ने क्षेत्र मात्र हुनु हुन्न । उपभोक्ताको सुरक्षालाई केन्द्रमा राखी सम्बन्धित उद्योगहरूले सञ्चालन मापदण्ड पूरा गरे–नगरेको बारेमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल आयल निगम, नेपाल गुणस्तर तथा नापतौल विभागजस्ता सरकारी निकायहरूले गम्भीरतापूर्वक निरीक्षण गर्नुपर्छ ।

निगमको एलपी तथा एभिएसन विभागका अनुसार मुलुकभरि ५९ ग्यास कम्पनी सञ्चालनमा छन्, ती कम्पनीका करिब डेढ करोड सिलिन्डर बजारमा उपलब्ध छन् । तर विज्ञहरूका अनुमानमा तिनमा ३० प्रतिशतजति म्याद नाघेका र ‘हाइड्रोलिक’ परीक्षणमा ‘फेल’ भएका सिलिन्डर छन् ।

कमसल सिलिन्डरकै कारण दुर्घटनामा बढोत्तरी आएको आम अनुभव पनि छ । तसर्थ, ग्यास सिलिन्डर विस्फोटबाट हुने मानवीय र भौतिक क्षति न्यूनीकरणका लागि सुधारको सुरुआत सिलिन्डर निर्माताहरूबाटै गर्नुपर्छ । आफ्ना सिलिन्डरहरू परीक्षण गरी कमसल भेटिए आफैं नष्ट गर्न उनीहरू अग्रसर हुनुपर्छ ।

र, यसको नियमित परीक्षणमा ध्यान दिनुपर्छ । यस्तै नियामक निकाय निगमले पनि सिलिन्डरको आवश्यक परीक्षण, सिलिन्डर निर्माता तथा ग्यास भर्ने उद्योगको नाम र लोगो, परीक्षणको मिति, आगामी परीक्षणको समय लगायत पक्षमा कडीकडाउ गर्नुपर्छ । बढ्दो दुर्घटनालाई ध्यानमा राखेर सुरक्षित सिलिन्डरका आधारभूत मापदण्ड पूरा गर्न सक्ने उद्योगीलाई मात्र व्यवसायको अनुमति दिनु वा नवीकरण गर्नु अत्यावश्यक भइसकेको छ ।

सिलिन्डर निर्मातासँगै यसका बिक्रेता पनि सुरक्षित प्रयोगका निम्ति सक्रिय रहनुपर्छ, विशेष गरी उपभोक्तालाई सिलिन्डरसँग जोडिएका जोखिम र सुरक्षित प्रयोगका उपाय बुझाउनेबारेमा । प्रायः बिक्रेता उपभोक्तालाई यसको सुरक्षाका आधारभूत विषय, ग्यास लिक हुँदा अपनाउनुपर्ने उपाय लगायत विषयमा जानकारी दिन प्रतिबद्ध छैनन् ।

अतः सरकारले यसका बिक्री–वितरकलाई पनि आम उपभोक्तालाई सुरक्षाबारे अनिवार्य रूपमा जानकारी दिन लगाउने गरी प्रशिक्षण र निर्देश गर्न जरुरी छ । यसका निम्ति ग्यास बिक्री–वितरणका लागि विशेष मापदण्ड नै तय गरेर यस क्षेत्रलाई थितिबद्ध बनाउन सकिन्छ ।

ग्यास लिक भएर दुर्घटना हुने अर्को कारण हो- कमसल रेगुलेटर र पाइपको प्रयोग । सिलिन्डरजस्तो यसको बिक्री वितरण गर्न त निगममा आबद्ध भएको वा स्वीकृति लिएको पनि हुनु पर्दैन । यसको अर्थ यो नियमनभन्दा बाहिर छ ।

त्यही भएरै यस्ता गुणस्तरहीन उपकरण बजारमा छ्यापछ्याप्ती भेटिन्छन् । जबकि, सुरक्षाका दृष्टिकोणले सिलिन्डरजत्तिकै महत्त्वपूर्ण छन् यी सामग्री पनि । त्यसैले बजारमा उपलब्ध रेगुलेटर र पाइप जाँच गरी त्यसको गुणवत्ता सुनिश्चित गर्न गुणस्तर तथा नापतौल विभागले उचित दृष्टि पुर्‍याउनुपर्छ । सिलिन्डर बिक्रेताले पनि यसबारे उपभोक्तालाई सचेत बनाउनु आवश्यक छ ।

उपभोक्ता आफैं पनि ग्यास सिलिन्डरको सुरक्षित प्रयोगबारेमा जानकार रहनुपर्छ । आफ्नो भान्सामा नियमित प्रयोग हुने र सानो कमजोरीले जीवन नै जोखिममा पार्न सक्ने विषयमा कत्ति पनि लापरबाह हुनु हुन्न ।

गुणस्तरीय सिलिन्डर, रेगुलेटर, पाइप तथा चुलोका मापदण्डबारे उनीहरू सम्पूर्ण रूपमा सचेत रहनुपर्छ । समग्रमा, हाम्रा भान्साहरूलाई सुरिक्षत राख्न उद्योगी–व्यवसायी, नियामक निकाय, बिक्रेता–वितरक र उपभोक्ता लगायतको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय