मंगलबार , चैत्र ६, २०८०

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक विश्वासको मत लिएको आठ दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सक्नुभएको छैन ।

मन्त्रिपरिषद् विस्तार गर्ने भनेर पटक–पटक मिति नै घोषणा गर्नुभएका प्रधानमन्त्रीले अहिले पनि विभिन्न बहाना बनाएर मन्त्रिपरिषद् विस्तारलाई टार्दै आउनुभएको छ ।

नेकपा एमालेसँगको सहकार्य टुटेपछि उहाँले राष्ट्रपतिको चुनावलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने बताउनुभएको थियो, त्यसपछि प्रचण्डले उपराष्ट्रपतिको

चुनावपछि मात्रै सरकार विस्तार गर्ने बताउनुभयो । उपराष्ट्रपतिको चुनावपछि प्रचण्डले विश्वासको मत लिएपछि सबै दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने वाचा गर्नुभयो । तर चैतको ६ गते विश्वासको मत लिएको आज आठ दिन हुँदा पनि मन्त्रिहरू नियुक्त भएका छैनन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउन भइरहेको पहल, गृह, अर्थ, रक्षाजस्ता महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी कसले पाउने भन्ने विवाद, जसपा र जनमत पार्टीले धेरै मन्त्रालय माग्नुलगायतका कारण प्रधानमन्त्री प्रचण्ड समस्यामा पर्नुभएको छ ।

मन्त्रिपरिषद् विस्तार नहुँदा १६ वटा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डसँगै छ । यसले गर्दा मन्त्रालयका काम भद्रगोल भएका छन् । चालु आर्थिक

वर्षको बजेट कार्यान्वयनको मुख्य समय र आउँदो वर्षको बजेट बनाउने समयमा मन्त्रालयहरू मन्त्रिविहीन हुँदा समस्या झनै बढेको छ । मन्त्रालयका काम निकै प्रभावित भएको सचिवहरूले बताएका छन् ।

चाँडै मन्त्रिपरिषद् विस्तार गर्नुको साटो सत्ता साझेदार दलकै बीचमा भनाइ बाझिन थालेको छ । माओवादीले जतिसक्यो चाँडै मन्त्रिपरिषद् विस्तारको माग गरेको छ भने कांग्रेस र एकीकृत समाजवादीले न्यूनतम साझा

कार्यक्रम ल्याएपछि मात्रै विस्तार गर्ने बताएका छन् । यसअघि आजसम्म मन्त्रिपरिषद् विस्तार भइसक्ने आन्तरिक सहमति भएकोमा अब न्यूनतम साझा कार्यक्रमपछि मात्रै सरकार विस्तार हुने नेताहरूले बताउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय