मंगलबार , चैत्र ६, २०८०

६ मंसिर, विराटनगर । इनरुवा नगरपालिका– ३ सोमबारेका ४५ वर्षका कारी यादवको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले छिमेकी श्रीमान श्रीमतीलाई पक्राउ गरेको छ ।

बुधबार मृत अवस्थामा भेटिएका यादवको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले छिमेकी अशोक पण्डित र अनिता पण्डितलाई पक्राउ गरेको हो । पक्राउ परेका श्रीमान श्रीमती हुन् ।

कसरी भयो हत्या ?

बजारनजिकै विभत्स अवस्थामा शव भेटिएपछि अनुसन्धान सुरु गरेको प्रहरीले हत्याको कारण अवैध सम्बन्ध भएको बताएको छ ।

प्रहरीका अनुसार अशोककी श्रीमती अनिता र कारी बीच एक वर्षयता अवैध सम्बन्ध थियो । वैदेशिक रोजगारीमा रहेका अशोकले श्रीमतीको सम्बन्धका बारेमा जानकारी पाएका थिए । भर्खरै घर फर्किएका उनले श्रीमतीलाई सम्झाएका पनि थिए । तर मंगलबार राति साढे ११ बजे आफ्नै घरको बरण्डामा श्रीमती र कारीलाई आपत्तिजनक अवस्थामा भेटे ।

श्रीमतीलाई परपुरुषसँग भेटेपछि आवेशमा कारीको हत्या गरेको उनले स्वीकार गरेका छन् ।

राति सँगै सुतेकी श्रीमती नभेटिएपछि बाहिर निस्किएर हेर्दा परपुरुषसँग देखिएपछि धारिलो हतियार प्रहार गरी हत्या गरेको अशोकले स्वीकार गरेका प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार घटनाअघि कारीले अनितालाई दुई पटक फोन गरेको देखिन्छ । पहिलो फोनमा भेटौ भन्ने प्रस्ताव गर्दा श्रीमान भएका कारण भोलि भेट्न भनेकी थिइन् । तर फेरि फोन गरी बाहिर आएकाले बरण्डा आउन भनेकी थिइन् ।

तर केही समयपछि निस्किएका अशोकले भेटेपछि कारीलाई कुटपिट गरी धारिलो हतियार प्रहार गरे । हत्या भएपछि भने दुबै जनाले सँगै घिसारेर केही पर लगेर फालेका थिए ।

प्रहरीले कारीको कल डिटेलका आधारमा अनितालाई पक्राउ गरेको थियो । अनितामाथि केरकार गर्दा उनका श्रीमान पक्राउ गरेको सुनसरीका प्रहरी उपरिक्षक यज्ञविनोद पोखरेलले जानकारी दिए

जुटको एन्टी डम्पिङ शूल्क हटाउन पहल गर्छु : भारतीय राजदूत

विराटनगर — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाली तयारी जुटका सामग्रीमा भारतले लगाउँदै आएको एन्टी डम्पिङ शूल्क हटाउन पहल गर्ने बताएका छन् । भारतले नेपालबाट निकासी हुने जुटका तयारी वस्तुमा पाँच वर्षदेखि ४ प्रतिशतसम्म एन्टी डम्पिङ शूल्क लगाउँदै आएको छ ।

उक्त शूल्कका कारण सुनसरी मोरङमा सञ्चालित आधा दर्जन जुट उद्योग प्रभावित हुँदै आएका छन् । मोरङ ब्यापार संघद्वारा बुधबार आयोजित कार्यक्रममा संघका अध्यक्ष नवीन रिजाल, पूर्वअध्यक्ष प्रकाश मुन्दडा लगायतले नेपाल र भारतबीच हुँदै आएको ब्यापार तथा औद्योगिक समस्याहरुबारे जानकारी गराएपछि राजदूत श्रीवास्तावले जुटको ब्यापार सहजीकरणका लागि आफूले एन्टी डम्पिङ ड्यूटी हटाउनेबारे भारत सरकारसँग पहल गर्ने बताएका हुन् ।

भारतले निकासीमा प्रतिबन्ध लगाएको खाद्यान्न नेपाललाई चाहिने जति मगाउँदा सजिलै उपलब्ध हुने उल्लेख गर्दै श्रीवास्तावले गहुँको उदाहरण दिँदै गहुँ उद्योगीहरुले माग गरेबमोजिम गहुँ पाएको बताए । उनले आवश्यक खाद्यान्नको तथ्यांकसहित माग गरे भारत सरकारले छिमेकी मुलुकलाई खाद्यान्न उपलब्ध गराउने बताएका थिए ।

भारतले विकासमा छिमेकी राष्ट्रहरुलाई पनि सँगै लिएर जाने नीति लिएको स्मरण गराउँदै नेपाललाई पनि विकासमा अघि बढाउने योजना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रहेको श्रीवास्तावले बताएका थिए । यस क्रममा उनले बथनाहदेखि विराटनगरको आईसीपीसम्मको रेल्वे सेवा केही समयभित्रै सञ्चालन हुने पनि बताए ।

साथै उनले आईसीपीसम्म रेल्वे निर्माण सम्पन्न भएको उल्लेख गर्दै केही समयपछि नेपाललाई हस्तान्तरण गर्ने बताएका थिए ।

भारतीय प्रधानमन्त्री मोदीले ल्याएको कार्यक्रम ‘पहिले छिमेकी’ भन्ने नीतिले नै विकासमा साझेदारी गर्दै अघि बढ्ने भारतको योजना रहेको श्रीवास्तावको भनाइ थियो । भारत र नेपाल दुबै भाइभाइ भएको उल्लेख गर्दै उनले विकासमा एकले अर्कालाई सघाएर अघि बढ्नुपर्ने बताए ।

विराटनगरमा बन्द गरिएको भारतीय दूतावासको कार्यालय खोल्नुपर्ने माग उद्योगी व्यावसायीबाट उठेपछि श्रीवास्तवले नेपाल सरकार र विराटनगरवासीले चाहेमा भारतीय दूतावासको कार्यालय विराटनगरमा खुल्ने बताए । ‘यो विषयमा नेपाल सरकारले अनुमित दिनुपर्छ, दियो भने यहाँ दूतावासको कार्यालय खुल्छ,’ श्रीवास्तवले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय