सोमबार , जेठ १५, २०८०

आजबाट शुरु भयो रोकिएको रेसुंगा विमानस्थल, प्रचण्ड, रबी र बालेन मिलेर चाले यस्तो कदम !

काठमाडौ । प्रचण्डको नेतृत्वमा बनेको यो सरकारले २ हप्ता नहुँदै एकपछि अर्को जनपक्षीय काम गर्न थालेको छ । प्रचण्ड संगै स्वतन्त्र पार्टीका सभापति रबी गृहमन्त्री भएपछि झन सहज भएको छ ।

अन्य सरकारले बर्षौसम्म गर्न नसकेका काम केही दिनमै हुन थालेका छन । व्यक्तिगत स्वर्त्गमा नलागे काम गर्न सकिने रहेछ्ह भनेर उदाहरण बनेको छ प्रचण्ड सरकार ।

हुनत प्रचण्डका योभन्दा अगाडिका कार्याकाल उत्कृष्ट नै थिए तर त्योभन्दा अझै राम्रो यो कार्यकाल हुने देखिन्छ । त्यसको अर्थ नाराजणकाजी र रबी जस्ता क्षमतावान नेताहरु मन्त्री भएका छन ।

अहिले यो सरकारमा प्रचण्ड र रबीको निकै चर्चा चलेको छ । त्यस संगै नारायणकाजीको पनि कम चर्चा भने छैन ।

शुरुदेखी नै प्रचण्डको नजरमा परेको रेसुंगा विमानस्थल आज उद्घाटन हुँदैछ । रबी बालेनहरु पन्ज यसमा खुसी भैरहेका छन ।

रेसुंगा विमानस्थलमा आज डेमो उडान हुँदै

पूर्वमन्त्रीदेखि सांसद पहिलो यात्रुका रुपमा आज काठमाडौंबाट गुल्मी जाँदै

रूपन्देही — गुल्मीको रेसुंगा विमान स्थलमा आज डेमो उडान हुँदैछ । २०६२ सालमा निर्माण प्रक्रिया अघि बढेको विमानस्थलमा निर्माण सुरु भएको झन्डै १५ वर्षपछि उडान हुन थालेको हो ।

तार एयरको ट्वीनअटर जहाज ११ बजे काठमाडौं विमानस्थलबाट रेसुंगा विमानस्थलका लागि प्रस्थान गर्ने छ । काठमाडौंबाट रेसुंगा विमानस्थलमा पहिलो उडानमार्फत यात्रुका रुपमा प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी, पूर्वपर्यटन एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पूर्वमन्त्री रामकुमारी झाँक्री, प्रदेशसभा सदस्य धनेन्द्र कार्की, रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी, कांग्रेस प्रदेश समितिका उपसभापति भुवनप्रसाद श्रेष्ठ, माओवादी नेता बुद्धी जिसी र कांग्रेस नेता योगराज कँडेल विमानस्थल पुगेका छन् ।

गुल्मीको प्रतिनिधिसभाबाट निर्वाचित गोकर्णराज विष्ट भने अस्वस्थताका कारण अनुपस्थित हुनेछन् । २०६२ सालमा गुल्मीमा रेसुंगा विमानस्थल निर्माणका लागि प्रक्रिया अघि बढेपनि त्यसको काम २०६४ सालमा सुरु भएको थियो । बीचमा रोकिएको काम पुनः २०७४ मा प्रदीप ज्ञवालीले सुरु गराएका थिए ।

निरन्तर दबाबपछि १७ वर्षमा झन्डै २५ करोड खर्चेर विमानस्थल तयार भएको हो । विमानस्थलमा तारा एयरले नै २०७५ जेठ २५ गते परीक्षण उडान गरेको थियो ।

डेमो उडानका लागि तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु पनि रेसुंगा पुग्नेछन् । पहिलो जहाज रेसुंगा विमानस्थलमा झन्डै १ घण्टा बिताएर पुनः काठमाण्डौं फर्किने छ । डेमो उडानपछि नै तालिका बनाएर एकसातापछि नै नियमित उडान सुरु गर्ने गरी रेसुंगा नगरपालिकाले विमानस्थल सञ्चालनका लागि तयारी गरिरहेको छ ।

रेसुंगा विमानस्थल सञ्चालनको अवसरमा रेसुंगा नगरपालिकाले आज नगरपालिकाभित्र सार्वजनिक बिदा दिएको छ । विमानस्थल नगरपालिकाको वडा नं. १० मा पर्छ । विमानस्थल सञ्चालनपछि गुल्मीसहित छिमेकी जिल्ला अर्घाखाँची, प्यूठान, बाग्लुङका सर्वसाधरण प्रत्यक्ष लाभान्वित हुनेछन् ।

विमानस्थल निर्माणका लागि नागरिक उड्डयन प्राधिकरणले ७८ रोपनी १० आना क्षेत्रफलमा विमानस्थल तयार गरेको हो । सरकारले सर्वसाधारणको २२ रोपनी जग्गा अधिग्रहण गरेर काम सुरु गरेको थियो । ४६ घर धुरीले मुआब्जा लिएका थिए । विमानस्थलको ५ सय ७० मिटरको धावनमार्ग छ ।

सीके राउतको उदय-कथा

जनमत पार्टीको उदयले पराम्परागत मधेश राजनीतिको एजेन्डा, संगठन र नेतृत्वबारे व्यापक पुनर्विचार हुनुपर्ने खाँचो देखाएको छ । केवल समाजलाई भावनात्मक ध्रुवीकरणमा लगेर निर्वाचन जित्ने र सत्तामा पुगेपछि मात्तिएको हात्तीजस्तो व्यवहार गर्ने नेतागिरी अब मधेशमा नचल्ने सन्देश पनि दिएको हो ।

काठमाडौँ — निर्वाचनको एक साताअघिसम्म सप्तरी–२ बाट उपेन्द्र यादवलेनै जित्नेमा म विश्वस्त थिएँ । असोज र कात्तिक महिनाभरि अस्वस्थताका कारण गाउँदेहात घुम्न सकेको थिइनँ । घाँटीको समस्याका कारण मित्रजनसँग टेलिफोन सम्पर्क पनि रोकिएको थियो । सूचनाका स्रोतहरू खुम्चिएका थिए । सप्तरीको धरातलीय यथार्थबाट म निकै टाढा रहे पनि यादवको जितबारे ढुक्क थिएँ ।

मेरो बुझाइ थियो, सप्तरी मधेश आन्दोलनको उर्वर भूमि हो । उपेन्द्र यादवलाई मधेश विद्रोह (२०६३) को विरासत प्राप्त छ । जिल्लाको राजनीतिमा यादव जातिको बाहुल्य छ । साह र मुसलमान समुदायको मत पनि महत्त्वपूर्ण छ । पाँच वर्षदेखि जनकपुरमा मन्त्री रहेका शैलेन्द्र साह त्यही क्षेत्रमा प्रदेशसभाका उम्मेदवार छन् । राजविराजकी उपमेयर जसपाकै मुसलमान समुदायकी नेत्री छन् ।

त्यसकारण त्यहाँका वैश्य र मुसलमानको मत यादवतिरै जाने हो । विकासको सवालमा पनि उपेन्द्र यादवकै कारण जिल्लामा अनेक योजना कार्यान्वयनमा छन् । यावत् कारणले म उनको विजयबारे ढुक्क थिएँ । तर, कात्तिक ३० गते सेतोपाटीमा प्रकाशित निर्वाचन सम्बन्धी स्थलगत रिपोर्टलेे मेरो अनुमानलाई करेन्ट लागेसरहको झट्का दियो । रिपोर्टमा किटानीसाथ भनिएको थियो- सप्तरी–२ मा सीके राउतको जित लगभग निश्चित छ । लगत्तै सप्तरीका आफ्ना मित्र र परिवारजनसँग जसोतसो सम्पर्क स्थापित गर्न थालें । अस्वस्थताका बावजुद म मंसिर १ गते राजविराज हुँदै आफ्नो गाउँ गोइठीतर्फ प्रस्थान गरें ।

राजविराजमा पहिलो भेट पुराना मित्रसँग भयो, जो उपेन्द्र यादवका प्रचारक भएर खटिएका थिए । ‘यस पटक उपेन्द्र सरलाई गाह्रो छ,’ मित्रको निराशापूर्ण पहिलो प्रतिक्रिया थियो ।

मेरो दोस्रो भेट जेपी गुप्तासँग भयो । गुप्ताकै गाडीमा भारदहसम्म जाने अवसर मिल्यो । सप्तरीबाट तीनवटा संसदीय निर्वाचन जितेका गुप्ताको विश्लेषण शैलीबाट म करिब तीन दशकदेखि परिचित छु । कुराकानी सुरु हुनासाथ उहाँले भन्नुभयो, ‘आजको मितिमा निर्वाचन भयो भने यस क्षेत्रमा सीके राउतले कम्तीमा पनि पाँच हजार मतले जित्छन् तर तीन रात बाँकी छ ।

उपेन्द्र यादव र जयप्रकाश ठाकुर दुवैलाई निर्वाचन आफूले नै जित्छु भन्ने लागेको छ । परिस्थिति ठीक उल्टो छ । यो कुरा दुवै मान्न तयार छैनन् । वास्तवमा यादव र ठाकुर दोस्रो हुनेमा प्रतिस्पर्धा गर्दै छन् । ठाकुरको मत अझै पनि निर्णायक छ । त्यो मत उनीसँग रहने सम्भावना कम छ र कता जाने हो, हेर्न बाँकी छ ।’ यी सब कुराकानी गरिनसक्दै हामी भारदह पुग्यौं । र छुट्टियौं ।

साँझ गाउँ पुग्दा चार जना छिमेकीसँग भलाकुसारी गर्ने अवसर मिल्यो । पहिलो भेट विमल रामसँग भयो । दलित समुदायका उनी गाउँका निकै सज्जन व्यक्ति हुन् । उनी पहिले कांग्रेसलाई मत हाल्थे । माओवादी जनयुद्धयता माओवादीका मतदाता थिए । उनले सुरुमै भने, ‘यस पटक त हामी होरन छापमा भोट हाल्ने हो ।’ हर्न छाप सीके राउत नेतृत्वको जनमत पार्टीको निर्वाचन चिह्न हो ।

‘किन ? को छन् होरन छापको उम्मेदवार ?’

‘साउदीबाट छोराले फोनमा भनेको छ । हामीले भिडियो पनि हेरेका छौं । सीके राउतको छाप हो होरन । उनी महदेवाका विज्ञानिक हुन् । उनलाई सरकारले मार्न खोजेको थियो । पहिले जेलमै कुहाएर मार्ने योजना बनाएको थियो । जसोतसो जेलबाहिर आए । अहिले सबै पार्टी गठजोड गरेर राजनीतिमा उनैलाई समाप्त पार्न खोज्दै छन् । त्यस्तो राम्रो मान्छे ! उनको पार्टीले हाम्रो छोरा, भतिजलाई अरबमा निकै सहयोग गरेको छ । त्यसकारण हामी उसैलाई भोट दिने भएका छौं ।’ एक छोरा र दुई भतिज साउदी अरबमा भएका विमल रामको लामो जवाफ थियो ।

कामानन्द यादव मेरा बालसखा र छिमेकी पनि हुन् । हाल उनी दुहबी, सोनापुरको एउटा कारखानामा मजदुरी गर्छन् । निर्वाचनको माहोलमा कुराकानीको थालनी भोटबाट हुने नै भयो । उनले भने, ‘सोनापुरमा म काम गरिरहेको कारखानामा र नजिकै डेरा गरी बस्नेमा करिब दुई, ढाई सय युवा मजदुरहरू सिरहा–सप्तरीका छन् । ती सबैले होरन छापमा भोट दिनुपर्छ भन्थे । म पनि त्यही सोचमा पुगेको छु ।’

तेस्रो पात्र मेरा काका पर्ने छिमेकी नेटरु साह थिए । उनी अलि कम बुझ्ने मानिसमा गनिन्छन् । मैले उनलाई सोधें, ‘भोट कसलाई हाल्ने सोच्नुभएको छ ?’

‘होरन छाप,’ उनको जवाफ थियो । ‘महदेवावाला विज्ञानिकको हो । उनी भारदहमा मलखादको फेक्ट्री खोल्छन् रे ! हामी काम पाउँछौं ।’

चौथो पात्र दलित समुदायकी, मेरी काकी पर्ने एक महिला थिइन् । भोटबारे काकीको भनाइ थियो, ‘बढी चर्चा त होरन छापकै छ । गाछी छापको उम्मेदवार पनि गाउँकै भलादमी मानिस हुन् । पुरुषहरू गाछी छापमा पनि हाल्ने गाइँगुइँ सुन्दै छु तर महिलाहरू होरन छापमा हाल्न एकमत छौं । हामी टोलभरिका महिलाहरू एकै ठाउँमा बसेर उनको सिनेमा हेरेका छौं । उनलाई पुलिसले निकै कुटेको रहेछ । बिचरा, निकै दुःख पाएका छन् !’

माथिका संवादका केही बुँदा उल्लेखनीय छन् । पहिलो, अरबमा बस्ने छोराले फोनमार्फत भोट हाल्न भन्नु । दोस्रो, सीकेबारेको भिडियो हेरेर धारणा बनाउनु । तेस्रो, सरकारले उनको हत्या गर्न खोजेको बुझाइ । चौथो, मलखादको कारखाना खुल्ने र आफूले रोजगारी पाउने आस । पाँचौं, सप्तरी–सिरहाका मजदुर युवाहरूमा सीकेप्रतिको आकर्षण ।

सीके राउतको जन्म गाउँ सप्तरीको महदेवा हो, जुन मेरो गाउँ गोइठीदेखि करिब तीन किलोमिटर दक्षिणमा पर्दछ । जनमत पार्टीले उनको जीवनीमा आधारित एक घण्टा बीस मिनेट लामो वृत्तचित्रजस्तै सामग्री तयार पारेको रहेछ । केही वर्षयता मधेशका विभिन्न बस्तीमा त्यस पार्टीका कार्यकर्ताहरूले प्रोजेक्टरमार्फत त्यही भिडियो प्रदर्शन गर्दै आएका थिए ।

मसँगको संवादमा दलित महिलाले उल्लेख गरेको सिनेमा खासमा त्यही भिडियो रहेछ । देहाततिर नाम थाहा नभएका पुरुषलाई सम्बोधन गर्दा उनको गाउँको नाममा ‘वाला’ जोडेर बोलाउने चलन छ । माथि उल्लेख गरिएका, सीके राउतको नाम थाहा नभएकाहरूले ‘महदेवावाला नेता’ वा ‘विज्ञानिक’ भन्दा रहेछन् । अमेरिकामा काम गर्दा उनको पद ‘सिनियर साइन्टिस्ट’ थियो, देहातको भाषामा ‘विज्ञानिक’ । यसरी अमेरिकामा सिनियर साइन्टिस्ट रहेका सीके मेरो गाउँ गोइठीका दलित, गरिब, निमुखा बस्तीमा ‘महदेवावाला विज्ञानिक’ भनेर प्रख्यात रहेछन् ।

मैले सीके राउतलाई पुल्चोक क्याम्पसमा पढ्दा चिनेको हुँ, करिब २५ वर्षअघि । सन् २०११ तिर अमेरिकाबाट फर्केपछि उनीसँग पहिलो पटक राजनीतिक कुराकानी भएको सम्झिन्छु । उनको शैक्षिक एवं प्राज्ञिक व्यक्तित्वबारे केही भन्नैपरेन । तर, राजनीतिक व्यक्तित्व (खास गरी चुनावी राजनीतिमा) यति छिटो यसरी चम्किएला, मैले सोचेको थिइनँ । मेरो अनुमान थियो, यस पटकको निर्वाचनमा उनको पार्टी स्थापित होला र सिटचाहिँ आगामी निर्वाचनहरूमा मात्र ल्याउने होला । तर जनमत पार्टीले जस्तो परिणाम पाएको छ, त्यसले धेरैलाई चकित बनाएको छ । त्यस्तो परिणाम कसरी आयो होला, मेरा लागि खोजीको विषय बन्यो ।

सीके ‘क्रेज’ मेरो गाउँमा जस्तै अन्य गाउँबस्तीमा पनि थियो कि थिएन ? त्यो क्रेज समाजको कुन तप्का, बस्ती, वर्गका मानिसहरूमा थियो ? र, कसरी सम्भव भएको थियो ? उत्तर खोज्ने सिलसिलामा मैले सप्तरीका करिब पाँच दर्जन मानिससँग कुराकानी गरें । ती आम मानिस, मतदाता, जनमत, जसपा लगायतका नेता–कार्यकर्ता थिए । सप्तरीको समाजमा सीकेको क्रेज सबैतिर राम्रै थियो तर सप्तरी–२ मा अलि बढी थियो । त्यतो कसरी भयो होला ? मेरा लागि खोजीको थप विषय बनिरह्यो ।

जनमत पार्टीले केही खास काम बडो रणनीतिक तरिकाले गरेको रहेछ । पहिलो, मधेशमा आफ्ना लागि उपयोगी हुन सक्ने समूहको पहिचान गर्नु । दोस्रो, त्यस समूहमा सीकेको व्यक्तित्वलाई त्यागी, संघर्षशील नेताका रूपमा स्थापित गर्नु । उनलाई राज्यले मार्न खोजेको भाष्य निर्माण गर्नु । तेस्रो, मतदान केन्द्र (बुथ) लाई सबैभन्दा महत्त्व दिँदै कार्यकर्ता परिचालनको विशेष रणनीति बनाउनु । चौथो, आफ्ना मतदाताहरूलाई सुरक्षाको प्रत्याभूति दिलाउनु । पाँचौं, उपेन्द्र यादव पक्षको भाष्यलाई चिर्न प्रत्युत्तरमा विश्वासयोग्य भाष्य निर्माण गर्नु ।

यिनै पाँच रणनीतिले सीके राउतले निर्वाचन जितेका हुन् ।

सर्वप्रथम, सीके राउतको व्यक्तित्व स्थापित गर्न गरिएका कामबारे चर्चा गरौं । वैदेशिक रोजगारीमा गएका युवाहरू, गाउँमा रहेका तिनका परिवार, पूर्ण वा अर्धबेरोजगार ग्रामीण युवाहरू, ग्रामीण महिलाहरू, दलित र विपन्न वर्गका मानिसहरूलाई जनमत पार्टीले आफ्नो लक्षित समूह छानेको रहेछ ।

जनमत पार्टीको सबैभन्दा बलियो प्रभाव अरब र मलेसियामा रहेका मधेशी युवाहरूबीच छ । ती कार्यकर्ताहरू र पार्टीको नेटवर्क गजबसँग प्रयोग भएका रहेछन् । तिनीहरूले आफ्ना परिवार र आफन्तलाई पटक–पटक फोन गरेर हर्न छापमा भोट हाल्न भनेका थिए ।

मधेशी समाजमा दलित समुदाय, बेरोजगार युवाहरू र महिलालाई खासै राजनीतिक महत्त्व दिइन्न । पुराना पार्टीका नेताहरूले तिनलाई उपभोगको सामग्री ठान्दा रहेछन् । दलितहरूले आफ्नो भोटबारे स्वतन्त्र निर्णय लिन सक्दैनन्, निर्वाचनको दुई–चार दिनअघि तिनलाई खरिद गर्न सकिन्छ, मासु र रक्सी खुवाएर वा धम्क्याएर पनि भोट लिन सकिन्छ भन्ने सोच ती नेताहरूमा व्याप्त छ । मधेशको यही अन्तरविरोधलाई जनमतले गजबले बुझेको देखियो । अरू पार्टीले नजरअन्दाज गरेका मतदाता समूहलाई जनमतले पुँजीका रूपमा ग्रहण गर्‍यो र ती समूहमा इमानदारीपूर्वक काम गर्‍यो ।

मैले कुरा गरेका मानिसहरूमध्ये अधिकांशले भिडियो हेरेर सीकेबारे धारणा बनाएको पाएँ । त्यही कुरा मैले सीकेका निर्वाचन कमान्डर इन्द्रजित यादवलाई सोधें, ‘त्यो भिडियोमा के थियो र कसलाई, कसरी देखाइयो ?’

भिडियो मूलतः सीके राउतको आत्मकथा ‘वैरागदेखि बचावसम्म’ मा आधारित छ । विद्यार्थी जीवनमै गेरुवस्त्र धारण गरेर भारतका धार्मिक पीठहरूको भ्रमण गरेदेखि अमेरिकाबाट नेपाल फर्केसम्मका अनेकौं दृश्य छन्, भिडियोमा । उनले गरेका संघर्ष, प्रहरी ज्यादती, आमसभामा प्रहरी हस्तक्षेप र लाठी चार्ज, दर्जनौं पटक गिरफ्तार गरिँदाका क्षणहरू समेटिएको उक्त भिडियो बस्तीबस्तीमा प्रोजेक्टरमार्फत प्रदर्शन गरिएको रहेछ ।

खास गरी महिलाहरूका समूह र दलित बस्तीहरूमा । प्रायः साँझको समयमा भिडियो प्रदर्शन गरिन्थ्यो, जति बेला महिला र मजदुर वर्गले फुर्सद पाउँथे । प्रोजेक्टरहरू सुरुमा थोरै सङ्ख्यामा उपलब्ध थिए । माग बढ्न थालेपछि सप्तरी–२ मा वार्डपिच्छे एक प्रोजेक्टरको व्यवस्था गरिएको थियो । यसबाट दुइटा काम एकै पटक भएका रहेछन् । पार्टीको संगठन विस्तार र सीकेको व्यक्तित्वको प्रोजेक्सन । देहातका निमुखा गरिब मधेशीहरू सीके राउतलाई नेता मात्र होइन, मुक्तिदाताका रूपमा हेर्ने गर्छन् ।

निर्वाचन तयारीका क्रममा जनमत पार्टीले कार्यकर्ताहरूको परिचालन र व्यवस्थापनका लागि सबैभन्दा महत्त्वपूर्ण एकाइ बुथलाई मानेको थियो । इन्द्रजित यादवका अनुसार, पार्टीले ‘अपन बुथ सब से मजबुत’ नारा दिएको थियो । हरेक बुथमा त्यहीँकै दस कार्यकर्ताको समूह बनाइएको थियो जसको मुख्य काम मतदाताहरूलाई मतपत्रबारे जानकारी दिने, मत हाल्ने तरिका सिकाउने, मत कसरी बदर हुन्छ भन्नेबारे ज्ञान दिनु थियो । तिनीहरूको सुरक्षाका लागि प्रत्येक बुथमा थप दस युवा खटाइएका थिए, जसमध्ये पाँच जना बाइक भएको हुनैपर्थ्यो । एक प्रकारले त्यसलाई सुरक्षा दस्ता भन्न सकिन्छ ।

यस्तो सुरक्षा दस्ता बनाउनुपर्नाको कारणबारे मैले सीके राउतसँग जिज्ञासा राखेको थिएँ । उनको तर्क थियो- हाम्रा आमसभामा समाजको तल्लो तप्काका गरिब, शोषित, पीडितहरूको सहभागिता ज्यादा हुन्छ । ती समूहले हामीसँग विशेष आशा गरेको महसुस हुन्थ्यो तर तिनीहरू बेग्लै समस्याबाट पीडित थिए । आमसभामा आए पनि भोट हाल्न खोज्दा तिनका मालिक/संरक्षकहरूले थर्काउने गर्दा रहेछन् । कर्जा दिएका मालिकहरू निर्वाचनकै मुखमा आएर ताकेता गर्न थाल्ने, अनेक सर्त राख्न खोज्नेजस्ता काम हुँदा रहेछन् ।

प्रायः दलित बस्ती – जो अर्काका जमिनमा बसेका हुन्छन् – मा मालिकहरूले आएर जमिन खाली गर्न भन्दै धम्क्याउँदा रहेछन् । स्थानीय तह निर्वाचनमा त्यस्ता घटना धेरै भएको हामीलाई जानकारी थियो । त्यसकारण ती मतदाताहरूको सुरक्षाका लागि हामीले छुट्टै रणनीति बनाएका थियौं । प्रत्येक टोलका दुवै छेउमा दुईदुई जना युवाले पहरा दिन्थे । कसैको घरमा कुनै अन्य पार्टीका नेता, कार्यकर्ता वा अपरिचित मानिस आउनेबित्तिकै उनीहरू त्यहाँ पुग्ने र सकेसम्म धम्की वा पैसा नदिइयोस् भनेर विशेष सजगता अपनाउने गर्थे । खास गरी मौन अवधिमा बाहिरी मानिसहरूलाई दलित एवं गरिब बस्तीमा छिर्नै नदिने रणनीतिका साथ जनमतका कार्यकर्ताहरूले काम गरेका थिए । स्थानीय तह निर्वाचनभन्दा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा व्यापक भिन्न परिणाम आउनुको प्रमुख कारण त्यो पनि हो ।

जनमतका नेताहरूका अनुसार, यस्तो रणनीति सबै क्षेत्रका लागि बनाइएको थियो तर सप्तरी–२ मा राम्रोसँग लागू भयो ।

जसपाका कार्यकर्ताहरूले सार्वजनिक रूपमा विकासका र भित्री रूपमा जातको भाष्य स्थापित गर्न खोजेका थिए । उनीहरू सप्तरी–२ मा उपेन्द्र यादवले गरेका विकासका कामहरूको लामो सूची सुनाउँथेÙ रामराजाप्रसाद सिंहका नाममा स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वीकृति, प्रदेश सरकारले स्थापना गरेको कृषि विश्वविद्यालय, राजविराज अस्पतालको स्तरोन्नति, अस्पताल हातामा नर्सिङ कलेजको स्थापना, उपभोक्ता समितिमार्फत अनेकौं सडक र पुलको निर्माण, कोल्ड स्टोरेजको निर्माण लगायतका अनुदानमुखी कार्यक्रमहरूको बखान गर्थे ।

जनमतका एक कार्यकर्ताको भनाइ थियो, ‘राष्ट्रपति बनाउने बेलामा रामराजाप्रसाद सिंहलाई भोट नदिने अनि आज आएर उनको नाममा स्वास्थ्य विज्ञान प्रतिष्ठान ? यो सब नाटक हो ।’

‘सङ्घीय सरकारले त्रिभुवन विश्वविद्यालय त सञ्चालन गर्न सकिराखेको छैन, यो भ्रष्ट प्रदेश सरकारले कृषि विश्वविद्यालय चलाउन सक्छ ? यसको भित्री उद्देश्य आफ्ना कार्यकर्ताको भर्नाबाहेक केही होइन’ भनिहिँड्थे जनमतका कार्यकर्ताहरू ।

संसद् विकास कोषबाट निर्माण थालिएको नर्सिङ कलेज र प्रदेश सरकारको बजेटबाट थालिएको कोल्ड स्टोरेजको निर्माणमा कंक्रिटको ठाउँमा फलामका पिलर र बिमको प्रयोग भएको छ जो जसपा नेताकै उद्योगबाट खरिद गरिएका हुन् । जनमतका कार्यकर्ताहरू मतदातालाई जसपावालाहरूले विकासका नाममा आफ्नो परिवारको व्यापार बढाएको बताउँथे ।

सप्तरी–२ को एक आमसभामा जसपा नेताहरूले त्यस क्षेत्रमा ल्याएको विकासे बजेटको फेहरिस्त सुनाइरहँदा दर्शकदीर्घाबाट ‘तिमी र तिम्रा पीएले २० प्रतिशत कमिसन पनि खाएका हौ’ भन्दै हुटिङ भएको थियो । प्रदेश सरकारबाट २५ लाख रुपैयाँ अनुदान पाएका सप्तरीका एक कृषकले आफ्नो हातमा केवल १२ लाख परेको र बाँकी सबै नेता–कर्मचारीले मिलेर खाएको यो पंक्तिकारलाई बताएका थिए ।

यसरी जसपाका कार्यकर्ताहरूले स्थापित गर्न खोजेको विकासे भाष्यको प्रतिवादमा जनमतका कार्यकर्ताहरू त्यसभित्रका व्यापार र भ्रष्टाचारको भाष्य स्थापित गर्नमा सफल भएका थिए ।

पैसा र जातको कुरा गर्नेलाई ध्यानमा राखेर जनमत पार्टीले छुट्टै रणनीति बनाएको थियो । मौन अवधिमा दलित गरिब बस्तीमा सकेसम्म त्यस्ता एजेन्टहरूलाई पस्नै नदिने रणनीति त छँदै थियो, कथंकदाचित् पसिहालेमा वा मालिकको दबाब थेग्न नसक्ने अवस्था आएमा तिनलाई भनिएको थियो- पैसा लिनैपरे लिनू तर भोट होरन छापमै हाल्नू !

जनमतका कार्यकर्ताहरूले मधेशको यादव समुदायमा जसपाको खास पकड रहेको परम्परागत बुझाइलाई पनि चिर्ने प्रयास गरेका थिए । उनीहरू भन्थे, ‘यो लडाइँ जातको होइन, वर्चस्व र शोषणविरुद्धको हो ।’ उदाहरणस्वरूप उनीहरू राममनोहर यादवको शहादतको प्रसंग उठाउँथे । सप्तरीमा मृगेन्द्रसिंह यादव र रेणु यादव परिवारबीचको द्वन्द्वको चिरफार गरेर सम्झाउँथे ।

२०७५ सालमा उपेन्द्र यादव उपप्रधानमन्त्रीका रूपमा नेपालगन्ज जाँदा जनमतका कार्यकर्ताहरूले कालो झन्डा देखाउने प्रयास गरेका थिए । त्यही क्रममा राममनोहर यादव पक्राउ परे र प्रहरीको यातनाबाट थुनामा उनको मृत्यु भयो । त्यस घटनालाई लिएर जनमत पार्टीले लामो समयसम्म आन्दोलन गरेको थियो । जनमतका कार्यकर्ताहरू भन्थे, ‘सवाल जातको भएको भए राममनोहरलाई उपेन्द्रले छुटाउँथे होलान् नि ! तर, प्रहरीलाई दबाब दिएर यातना दिन लगाएका थिए ।’

अर्को प्रसंग उपेन्द्र यादवका निर्वाचन कमान्डर मृगेन्द्रसिंह यादवसँग सम्बन्धित थियो । उनैको उदाहरण दिँदै जनमतका कार्यकर्ताहरू भन्थे, ‘उनी यादवका हितैषी हुन् कि सप्तरीका पुस्तैनी जमिनदार ? आपसमा कहिल्यै नमिल्ने मृगेन्द्रसिंह यादव र रेणु यादवको परिवारबीच लडाइँ जातको हो कि वर्चस्वको ? कुनै पनि सम्भ्रान्त जमिनदारले जातको आधारमा सेवा गर्छन् कि वर्गको आधारमा शोषण ?’ आदि–इत्यादि ।

जापान र बेलायतमा पढेका, अमेरिकामा काम गरेका, एघार वर्षदेखि निरन्तर मधेशमा बसेर राजनीतिक गतिविधि गरिरहेका सीके राउत जुन प्रकारले मधेशभित्रका पनि सीमान्त समुदायको आशाको केन्द्र बनेका छन्, यसले समग्र देश र मधेशको राजनीतिमा विशेष अर्थ राख्दछ ।

मधेश राजनीतिका विभिन्न कालखण्डमा विभिन्न नेता र पार्टीहरूको आ–आफ्नै विशिष्ट योगदान छ । गजेन्द्रनारायण सिंहको जीवनकालसम्म मधेश राजनीति पूरै भावनात्मक थियो । राज्यपक्षबाट मधेशीमाथि भइरहेको नीतिगत विभेदविरुद्ध संघर्ष गर्नुपर्ने मनोविज्ञान निर्माणमा सद्भावना आन्दोलनको अतुलनीय योगदान रह्यो । पछिल्लो समय राजनीतिक समस्याहरूको तर्कपूर्ण व्याख्या र आवश्यक संवैधानिक परिवर्तनका लागि उपेन्द्र यादव, महन्थ ठाकुर, जेपी गुप्ता, राजेन्द्र महतोहरूको प्रयासले ऐतिहासिक उपलब्धि हासिल गरेकै हो ।

तर यी दुवै आन्दोलन केवल राजनीतिक समस्यामा केन्द्रित रहे । सांगठनिक तौरतरिकामा केही परिवर्तन ल्याए पनि सामाजिक रूपान्तरणको मुद्दा पूरै ओझेलमा परिरह्यो । ती मुद्दाहरूलाई राजनीतिका मूल मुद्दा बनाउने काम सीके राउतले गर्न खोजेका छन् । यस कारण सीकेको जितले मधेश

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय