शनिबार , अषोज ६, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं

राजधानीका तीन वटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेकका सबै काम एक साताका लागि बन्द गर्ने निर्णय गरेका छन्।आइतबार तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले यस्तो निर्णय गरेको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली पराजुलीका अनुसार कोरोना महामारीको दोस्रो चरणको जोखिमलाई मध्यनजर गर्दै प्रशासनहरूले अत्यावश्यक सेवा मात्र सञ्चालन गर्ने भएका हुन्।

पराजुलीका अनुसार ती अत्यावश्यक काम शान्ति-सुरक्षा, ठाडो उजुरीलगायत नगरी नहुने काम मात्र सञ्चालन गर्ने निर्णय गरिएको हो।

नागरिकता, राहदानी, नागरिकताको प्रतिलिपि, संघ-संस्था दर्ता, नवीकरण, पत्रपत्रिका दर्तालगायतका काम बन्द गरिएको पराजुलीले बताए।

‘भिडभाड हुने भएकाले कोरोना संक्रमणको जोखिम बढ्ने देखियो, त्यसैले एक साताका लागि अत्यावश्यकबाहेकका काम बन्द गरिएको हो,’ पराजुलीले सेतोपाटीसँग भने, ‘यसमा हामी तीन वटै जिल्लाका सिडिओ बसेर छलफल गरी निर्णयमा पुगेका हौं।’

यो पनि पढ्नुहोस् ।

बाँकेको सुशील कोइराला अस्पताल एक साता बन्द

बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ।

अस्पतालमा कार्यरत कर्मचारीको पिसिआर परीक्षण गर्दा ९० प्रतिशत डाक्टर, स्टाफ नर्स, प्रशासनिक कर्मचारीमा पोजेटिभ देखिएको छ।

अस्पताल प्रशासनले शनिबार सूचना निकालेर आजदेखि वैशाख १८ गतेसम्म इमरजेन्सीबाहेक सेवा बन्द गर्ने उल्लेख गरेको छ।

बिरामीलाई पर्न गएको असुविधाप्रति अस्पतालले क्षमा मागेको छ।

पछिल्लो समय बाँकेमा कोरोना संक्रमित बढेका छन्।

– सेतोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय