शनिबार , अषोज ६, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

उत्तर र दक्षिण अमेरिकाको बीचतिर क्यारेबियन समुद्रको बीचमा सेन्ट किट्स एन्ड नेभिस नाम गरेको टापु राष्ट्र छ, जसको क्षेत्रफल भक्तपुर जिल्लाको दोब्बरजति अर्थात् २६१ वर्गकिलोमिटर छ। करीब ५२ हजार ४४१ जना नागरिक बसोबास गर्ने यो टाढाको देशको नेपालसँगको लगानी सम्बन्धी साइनो भने आश्चर्यलाग्दो छ। छिमेकी मुलुक भारत र चीनपछि नेपालमा सबैभन्दा धेरै विदेशी लगानी यही मुलुकबाट भएको छ।
यो देशका भनिएका कम्पनीहरूको नेपालमा रु.२४ अर्ब ९३ करोड लगानी छ। यो नेपालमा रहेको कुल वैदेशिक लगानीको १३.६ प्रतिशत हो। सेन्ट किट्स एन्ड नेभिसका लगानीकर्ताको कम्पनीमा चुक्ता पूँजी जम्मा रु. ८ करोड भए पनि बाँकी रकम सञ्चित कोषका रूपमा छ। शंकास्पद धनको कारोबार लुकाउन र कर छली गर्न सुरक्षित मानिने ‘ट्याक्स हेभन’ मुलुकका रूपमा सेन्ट किट्स एन्ड नेभिसलाई चिनिन्छ। अन्यत्र देशका लगानीकर्ताले सेन्ट किट्स एन्ड नेभिसका अफसोर कम्पनीमार्फत विदेशमा लगानी गर्ने गर्छन्।

नेपालमा सेवा क्षेत्रमा सेन्ट किट्स एन्ड नेभिसबाट लगानीका रूपमा यो रकम भित्रिएको हो। स्रोत नखुल्ने सम्पत्ति लुकाउन सजिलो भएको र कर तिर्नु नपर्ने कारणले अन्य देशका लगानीकर्ताले सेन्ट किट्स हुँदै नेपालमा लगानी भित्र्याएका हुन्। ट्याक्स हेभन भनी चिनिएको अर्को देश आयरल्यान्डको पनि नेपालमा रु.११ अर्ब ५९ करोड विदेशी लगानी छ। यो नेपालमा रहेको कुल विदेशी लगानीको ६.३ प्रतिशत हो।

नेपालमा प्रतिष्ठित व्यावसायिक घराना चौधरी समूहको मुख्य लगानी रहेको नबिल ब्यांकमा आयरल्यान्डको कम्पनी लगानीकर्ताका रूपमा जोडिएको छ। नबिलमा लगानी गरेको बाङ्लादेशको एनबी इन्टरनेशनल आयरल्यान्डस्थित एनबी इन्टरनेशनल लिमिटेड अन्तर्गत छ। अर्बपति व्यवसायी विनोद चौधरीले एनबी इन्टरनेशनल आफ्नो स्वामित्वको भएको आत्मकथामार्फत सार्वजनिक गरेका थिए।

त्यसैगरी, सिंगापुरका कम्पनीको पनि नेपालमा रु.८ अर्ब ७३ करोड लगानी छ। यो कुल वैदेशिक लगानीको ४.८ प्रतिशत हो।

नेपाल राष्ट्र ब्यांकले नेपालमा वैदेशिक लगानीका सम्बन्धमा गरेको अध्ययनले नेपालमा आर्थिक वर्ष २०७५/७६ सम्ममा रु.१ खर्ब ८३ अर्ब वैदेशिक लगानी छ। कम्पनीहरूको चुक्ता पूँजी, सञ्चित कोष र वैदेशिक ऋण गरी यो परिमाणमा विदेशी लगानी देखिएको हो।

नेपालमा रहेको विदेशी लगानीमध्ये सबैभन्दा धेरै भारतको रु.५६ अर्ब ५ करोड छ। यो नेपालमा भएको कुल वैदेशिक लगानीको करीब ३०.६ प्रतिशत हो। भारतपछि चीनका लगानीकर्ताको रु.२७ अर्ब ५६ करोड वैदेशिक लगानी नेपालमा छ, यो कुल वैदेशिक लगानीको करीब १५ प्रतिशत हो।

नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ताले बितेका पाँच वर्षमा रु.१ खर्ब ५ अर्ब लाभांश फिर्ता लगेका छन्। आर्थिक वर्ष २०७२/७३ देखि २०७६/७७ को पाँच वर्षमा लगानीकर्ताले यो परिमाणमा नाफा र लाभको रकम फिर्ता लगेको नेपाल राष्ट्र ब्यांकको ताजा अध्ययनले देखाएको छ।

फिर्ता गएको लाभांशको रकम सोही अवधिमा भित्रिएको वैदेशिक लगानीभन्दा दोब्बर धेरै हो। आर्थिक वर्ष २०७२/७३ पछिका पाँच वर्षमा देशमा रु.६९ अर्ब ४८ करोड मात्रै वैदेशिक लगानी भित्रिएको छ।

नेपाल राष्ट्र ब्यांकको आर्थिक अनुसन्धान विभागका प्रमुख डा.प्रकाशकुमार श्रेष्ठले विदेशी लगानीको लाभांश उच्च देखिनुले नेपालमा लगानीको प्रतिफल धेरै रहेको संकेत गर्ने बताए। “विदेशी लगानीका लागि अनेकौं कठिनाइका बावजूद नेपालमा लगानीको प्रतिफल धेरै छ भन्ने यसले देखाउँछ,” उनले भने।

सबैभन्दा धेरै दूरसञ्चार क्षेत्रका कम्पनीले बितेका पाँच वर्षमा रु.४६ अर्ब ५७ करोड लाभांशका रूपमा विदेश लगेका छन्। यो रकममध्ये अधिकांश दूरसञ्चार सेवाप्रदायक एनसेलमा विदेशी कम्पनी टेलियासोनेराले गरेको लगानीको लाभांश फिर्ता लगिएको हो। त्यसैगरी, औद्योगिक क्षेत्रबाट पछिल्ला पाँच वर्षमा रु.३५ अर्ब ७७ करोड, जलविद्युत् क्षेत्रबाट रु.१२ अर्ब १४ करोड र वित्तीय क्षेत्रबाट रु.७ अर्ब ८८ करोड लाभांश फिर्ता लगिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय