शुक्रबार , बैसाख १४, २०८१

रबिले फेरि पाउने भए ग्रीह मन्त्रालय , उनी माथी यति सम्म रछे खेल , भयो पर्दाफास

रबीको लागि दलबलसहित काठमाडौँ हिडे हर्क, सर्वोच्चको फैसला खारेज नगराई धरान नफर्किने भन्दै गरे यस्तो घोषणा !
प्रकाशित मिति: शनिबार, माघ १४, २०७९ समय: १०:४६:२९
281
Shares
facebook sharing buttonmessenger sharing buttontwitter sharing buttonwhatsapp sharing buttonprint sharing button

रविबारे सर्वोच्चको फैसलामा हर्क साङपाङका दुई प्रतिक्रिया

प्रकाशित मिति । १४ माघ २०७९ ।

१४ माघ, काठमाडौं । रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबारे धरानका मेयर हर्क साम्पाङले टिप्पणी गरेका छन् । उनले रवि नेपाली भए–नभएको बारे नेपाली जनतालाई सोध्न र जनताले जे भन्छन्, त्यसैलाई सत्य मान्नु पर्ने धारणा राखेका छन् ।

उनले सामाजिक सञ्जालमा पहिलो प्रतिक्रियामा लेखेका छन्, ‘कसले भन्यो रवि नेपाली नागरिक होइन भनेर ? हि इज नेपाली सिटिजन ।’

अर्को स्टाटसमा उनी लेख्छन्, ‘सर्वोच्च अदालत भन्दा ठूलो हुन्छ जनको अदालत ! नेपाली जनतालाई सोधौं, रवि नेपाली हुन् कि होइनन् ? जनताले जे भन्छन्, त्यसैलाई सत्य मान्नु पर्छ ।’

‘महासंकट उन्मुख छन् युवा’

काठमाडौँ — युवा अधिकार र सामाजिक न्यायका लागि पैरवी गर्दै आएका प्रदीप परियारले नेपालको युवा नीति र युथ भिजन २०२५ बनाउने कार्यदल सदस्यका रुपमा पनि काम गरेका छन् । जातको सवाललाई अन्तर्राष्ट्रियकरण गर्न सामाजिक आन्दोलन ‘दलित लाइभ्स म्याटर’ को नेतृत्व गरिरहेका उनी ‘एसिया २१ योङ लिडर’ र वर्ल्ड इकोनोमिक फोरमका ‘योङ ग्लोबल लिडर २०२०’ हुन् । उनीसँग कान्तिपुरका दीपक सापकोटाले गरेको कुराकानी :

भर्खरैको निर्वाचनबाट केही नयाँ र युवा अनुहार चुनिएका छन् । यसले आशा पनि जगाएको छ । तपाईं कसरी विश्लेषण गर्नुहुन्छ ?

केही नयाँ अनुहार शासन सत्तामा प्रवेश गरेकामा व्यक्तिगत रूपमा म खुसी नै छु । यस निर्वाचनले परम्परागत राजनीतिक शक्तिलाई आफ्नो चेत र अभ्यासमा सुधार ल्याउनुपर्छ भन्ने सन्देश पनि दिएको छ । विश्व परिवेश, समग्र देशको परिस्थिति र युवाको अवस्था नियाल्दा हामी कुनै महासंकट उन्मुख छौं कि भन्ने लाग्छ ।

किन नि ?

गएको वर्ष म १० देश र नेपालका सातै प्रदेशका ४० भन्दा धेरै जिल्ला पुगें विभिन्न तह–तप्काका नागरिकसँग अन्तरक्रिया गरें । ती शृंखलाबद्ध छलफल र अन्तरक्रियाका आधारमा म यो निष्कर्षमा फुगेको हुँ । रुस र युत्रेन युद्धले निम्त्याएको विश्व ऊर्जा र खाद्यान्न संकटसँगै विश्व सम्बन्धमा अनेक द्वन्द्वका नयाँ प्रश्नहरू देखापरेका छन् ।

ताइवान र अन्य विभिन्न अर्थराजनीतिका कारण चीन र अमेरिकाबीचको सम्बन्ध, दक्षिण एसियामा श्रीलंकाको आर्थिक संकट, भारतको हिन्दुत्ववादी राजनीतिक हावा, हरेक हिसाबले पछि फर्किरहेको अफगानिस्तान र जलवायु परिवर्तनले आगामी मानव पुस्ताको जीवन अत्यन्तै जटिल र कष्टकर हुने देखिँदै छ ।

नेपालकै कुरा गर्ने हो भने प्रत्येक वर्ष पाँच लाखभन्दा धेरै वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता छ । देशमा भने खाँचो परेको अवस्थामा पैसा तिरेर पनि पासपोर्ट पाइँदैन । नयाँ व्यवसाय, नयाँ उद्यम दर्ता गर्नेदेखि गाडीको लाइसेन्स लिनेसम्म दलाल र बिचौलियाको भर पर्नुपर्ने अवस्था छ । यहाँ सिस्टमले काम गर्दैन ।

उसो भए यो संकटबाट पार पाउन युवाको केही भूमिका पनि त होला नि ?

विश्वको आधाभन्दा बढी जनसंख्या ३० वर्षभन्दा कम उमेरको छ । उनीहरूको भूमिका त रहने नै भयो । तर, भूमिका निर्वाह गर्न स्पेस पनि त दिनुपर्‍यो । समस्या र संकटको समाधान गर्ने सिर्जनात्मक स्पेस दिन नेतृत्वमा बसेकाहरू चाहँदैनन् । अर्थ राजनीतिको हरेक क्षेत्रमा दशकौंदेखि कब्जा गरेर आसन जमाएकाहरू नयाँ पुस्तालाई अर्थपूर्ण भूमिका दिन तयार नभए नयाँ चुनौतीको सम्बोधन गर्न नयाँ सम्भावनाहरूको खोजीका लागि म युवाको संगठित हस्तक्षेप आवश्यक देख्छु ।

विश्वमा युवाको अवस्था कस्तो छ ?

संसारभरि नै युवा अवसरको खोजीमा छन् । तर, युवाको जनसंख्या र उपलब्ध अवसरबीच ठूलो खाडल देखिन्छ । १५ देखि २४ वर्षका ६२ करोडभन्दा धेरै युवाले शिक्षा, रोजगार वा तालिम पाएका छैनन् । तालिम लिएका साढे सात करोड युवा बेरोजगार छन् । अर्को दशकसम्म एक अर्ब युवा श्रम बजार प्रवेश गर्नेछन् ।

तीमध्ये ठूलो जनसंख्या अनियमित र अनौपचारिक रोजगारमा संलग्न हुनेछ । विश्वका ९० प्रतिशत युवा विकासोन्मुख देशमा छन् । वयस्कको तुलनामा युवाको बेरोजगार हुने सम्भावना तीन गुणा धेरै छ । सन् २०२१ मा १८१ देशमा गरिएको अध्ययनअनुसार युवा बेरोजगारी दर झन्डै २० प्रतिशत छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले सन् २०१६ मा विश्वव्यापी युवा बेरोजगारी दर १३.१ प्रतिशत हुने र सन् २०१७ सम्म निरन्तर रहने अनुमान गरेको छ ।

नेपालमा चाहिँ ?

नेपालीे युवालाई राजनीतिक दलले आन्दोलनमा बारम्बार सहभागी गराए । युवा आफैं पनि विभिन्न आन्दोलनमा सहभागी भए । तर, राजनीतिक उपलब्धि प्राप्त भएपछि वा राजनीतिक दलहरूको स्वार्थ पूरा भएपछि युवालाई शासन सत्तामा कहिल्यै सहभागी गराइएन । अहिले १५ देखि २९ वर्षका नेपालीको जनसंख्या २७.८ प्रतिशत छ भने १५ वर्षभन्दा कम उमेर समूहका नेपालीको जनसङ्ख्या ३४.९ प्रतिशत छ ।

यसका आधारमा नेपाली युवाको जनसंख्या अबको १० वर्षभित्र कुल जनसंख्याको ३० प्रतिशत पुग्ने देखिन्छ । तर, १६ देखि ४० वर्ष उमेर समूह गणना गर्दा कुल जनसंख्याको ४०.३५ प्रतिशत हुने र अझै बढ्ने देखिन्छ । उद्यमशीलता प्रोत्साहन गर्ने अर्थपूर्ण प्रयास र लगानी नहुँदा करिब ८० लाख युवा वैदेशिक रोजगारमा संलग्न छन् ।

युवा हुनु उमेर मात्रै हो कि सोच पनि ?

हामीले अर्थ–सामाजिक परिप्रेक्ष्यमा युवा र उनीहरूको भूमिकालाई एब्स्ट्र्याक्ट होइन, वैज्ञानिक आधारमा बुझ्नुपर्छ । २०४६ सालदेखि हामीकहाँ उही अनुहारहरूले शासन गर्दै आएका छन् । यहाँ दिगो युवा विकास र समाज रूपान्तरणका लागि नेतृत्वमा पनि युवापुस्ताको सिर्जनात्मक भूमिका आवश्यक छ । सोचमात्रै भनेर उही अनुहारहरूले शासन गरिरहने विवशताबाट हामीले मुक्ति पाउनै पर्छ । युवामा लगानी गर्नुपर्छ, यो समय लगानी गर्ने हो । ५०–६० वर्षको मान्छेले आफ्नो काम गरिरहेको हुन्छ, ऊमाथि लगानी गर्नु पर्दैन ।

नेपालका युवा प्रोग्रेसिभ छन् कि पुरानै सोचका ?

नेपाली युवा भनेको को ? मधेसी, दलित, आदिवासी जनजाति, थारू, महिला, मुस्लिम, यौनिक तथा लैंगिक अल्पसंख्यक, अपांगता भएका व्यक्तिलगायत सीमान्तकृत समुदायका युवा हुन् कि प्रिभिलेज्ड समुदाय र वर्गका ? कर्णालीका युवा हुन् कि मधेसका ? यो गम्भीर प्रश्नको मन्थन सही र समयसापेक्ष नहुँदा आरक्षणजस्तो समावेशीकरणका लागि गरिएका सकारात्मक प्रयासको विरोधमा पनि युवा नै अघि देखिएका छन् । सामाजिक न्यायको पक्ष र विपक्षमा पनि युवा नै छन् ।

यस हिसाबले हेर्दा, नेपाली युवा प्रोग्रेसिभ होइनन् कि भन्ने भान त होला । तर, चुरो कुरो उनीहरूलाई प्रोग्रेसिभ नै मान्नुपर्छ । आज झन्डै ७० प्रतिशत घरबाट एक जना वैदेशिक रोजगारीमा छन्, त्यो पनि भारतलाई छाडेर । हुने खाने परिवारका युवाले समृद्ध पश्चिमा मुलुकमा आफ्नो सपना देख्छ भने मध्यम वर्गीय र न्यून मध्यम वर्गीर्य युवाले आफ्नो सपनालाई जापान, कोरिया, मलेसिया र खाडीमा सीमित पार्नुपर्ने अवस्था छ । सही नीति र नेतृत्व नहुन्जेलसम्म यो अवस्थामा खास परिवर्तन आउने म देख्दिनँ ।

नेपालका दलित युवा र दलितबाहेक अरू युवालाई हेर्ने तपाईंको दृष्टिकोण के हो ?

सुरुमा युवा आन्दोलनमा लाग्दा युवाको समस्या समाधान भए सबैको समस्या समाधान हुन्छ भन्ने सोच्थें । पछि बुझ्दै जाँदा समग्र युवा भनेर नहुने रहेछ । कर्णालीका युवालाई के चाहिएको छ, यहाँ मैले भनेर हुँदैन वा दलित युवालाई के चाहिन्छ भन्न दलित नै हुनुपर्छ भन्ने कुरा अनुभूत भयो । म आफैंले विभिन्न विभेद भोगेर आएको छु ।

काठमाडौंमा डेरामा बस्दा भएका विभेद, स्कुल पढ्दा सरबाट भएका विभेद अहिले पनि मलाई गहिरोसँग अनुभूत हुन्छ । त्यो कारणले युवा र दलित युवामा धेरै फरक छ । राज्यले युवाका लागि जे गर्छ, त्यति मात्रै गरेर पुग्दैन । को युवा ? कर्णालीको युवा हो भने कसरी काम गर्ने ? दलित युवा हो भने कसरी काम गर्ने ? पिछडिएको हो भने कसरी गर्ने ? त्यो फरक–फरक हुनुपर्छ । त्यो नेपालमा भएको छैन ।

नेपालमा सरकार, विकास साझेदार संस्था र विभिन्न नागरिक समाजले युवाको क्षेत्रमा काम गरिरहेका छन् । तिनको प्रभाव कस्तो छ ?

हाम्रोमा युवाका क्षेत्रमा गतिलो अध्ययन, अनुसन्धान नै भएको छैन । त्यसैले प्राथमिकता निर्धारण नगरी गरिएका कामको बृहत् सकारात्मक प्रभाव देखिएको छैन । हिजोआज ‘इभिडेन्स बेस्ड पोलिसी मेकिङ’ भन्छन्, तर युवाको क्षेत्रमा त्यस्तो भएको छनक पाइँदैन । राजनीतिक दल, सरकार, नागरिक समाज र दातृ निकायले हचुवाका भरमा लगानी गरिरहेका छन् । त्यसले दिगो परिवर्तन ल्याउँदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय