मंगलबार , चैत्र ६, २०८०

डा. निकोलस भन्छन् अब रबि दाईलाई पासपोर्टमा फसाउछन् – भष्टचारीको फाइल खोल्छ भनेर ठुलो ष-डयन्त्र गरे

र यो पनि
रबि लामिछानेको लागि आयो अर्को दु:खद खबर, रबिले खोलेको पार्टीनै खारेज गर्न आयोगमा पर्यो यस्तो उजुरीरास्वपाको वैधानिकतामाथि प्रश्न : निर्वाचन आयोगमा तीन उजुरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निष्क्रिय रहेको नेपाली नागरिकताको प्रमाणपत्र प्रयोग गरी गरेका कामहरूको हैसियतमाथि प्रश्न उठेको छ ।

सर्वोच्च अदालतले माघ १३ गते लामिछानेले प्रयोग गर्दै आएको पुरानो नागरिकता अमान्य हुने फैसला गरेपछि सोही प्रमाणपत्र प्रयोगबाट भएका सबै कामको वैधानिकतामाथि चौतर्फी रूपमा प्रश्न उठ्न थालेको हो ।

सोही प्रमाणपत्र प्रयोग गरेर लामिछानेले नेपाली राहदानी, सवारीचालक अनुमतिपत्र (लाइसेन्स), कम्पनी दर्ता, स्थायी लेखा नम्बर (पान नम्बर ) लगायत प्रमाणपत्र बनाएका छन् ।

यी सबैको अधिकारितामाथि अनेकन् प्रश्न उठिरहेका छन् । यीबाहेक लामिछानेले सोही नागरिकता प्रयोग गरेर उपभोग गरेको राजनीतिक अधिकार माथि गम्भीर प्रश्नचिह्न उठेको छ ।

त्यही नागरिकता प्रयोग गरेर उनले मतदाता नामावलीमा नाम समावेश गरेका छन्, राजनीतिक दल खोलेका छन्, उम्मेदवार बनेका छन् र निर्वाचित भएर उपप्रधान तथा गृहमन्त्रीसमेत बन्न भ्याएका छन् ।

यो यात्रा तय गरिसकेपछि आएको सर्वोच्चको फैसलाले उम्मेदवार बन्न चाहिने योग्यता नपुगेकाले सांसद पद खारेज गरेको थियो ।

वैधानिक नागरिक नै नभएपछि उपप्रधान तथा गृहमन्त्री र स्वपाको सभापति पदबाट उनी बाहिरिएका थिए । लामिछानेले प्रयोग गरेका केही राजनीतिक अधिकार अवैध ठहरिँदा उनले खोलेको राजनीतिक दलको वैधानिकता भने हालसम्म अनिर्णीत छ ।

नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐन २०७३ ले नेपालको नागरिक नै नभएको व्यक्तिलाई ुराजनीतिक अधिकारु दिएको छैन। दल खोल्ने विषय पनि राजनीतिक अधिकारभित्रै पर्छ ।

यस्तोमा राजनीतिक अधिकार नभएको व्यक्तिको अध्यक्षतामा खोलिएको दलमाथि नै प्रश्न उठिरहेको छ। यस्तै प्रश्न उठाउँदै बुधबारसम्म निर्वाचन आयोगमा तीनवटा उजुरी परेका छन् । यो समाचार नागरिक दैनिकमा छ ।

यसैगरी राष्ट्रपति निर्वाचनमा सत्तासीन माओवादी केन्द्रको साथ पाउनेमा नेपाली कांग्रेस ढुक्क देखिएको छ । राष्ट्रपति निर्वाचनका सन्र्दभमा कांग्रेसले पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगकोवादलाई तीव्रता दिएको छ ।

सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले राष्ट्रपतिको निर्वाचनमार्फत पुरानो गठबन्धन ब्युताउन सकिने विश्वाससहित प्रधानमन्त्री समेत रहेका प्रचण्डको विश्वास जित्ने प्रयत्न गरिरहेका छन् । महामन्त्री थापा सभापति देउवाको सल्लाह अनुसार केही दिनअघिमात्रै प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए ।

राष्ट्रपतिमा अहिलेसम्म नेपाली कांग्रेस र एमालेले उम्मेदवार उठाउने सार्वजनिक गरिसकेका छन् । कांग्रेसले उठाउने राष्ट्रपतिको उम्मेदवारमा माओवादी केन्द्रको समर्थन प्राप्त गर्न सभापति देउवा, महामन्त्री थापाबाहेक नेताहरु पूर्णबहादुर खड्का र रमेश लेखक पनि लागिरहेका छन् ।

माओवादीबाट पनि निर्वाचनअघिको गठबन्धन ब्युताउन उपाध्यक्ष कृष्णबहादुर महरा, उप–महासचिव जनार्दन शर्मा, शक्ति बस्नेत, गिरिराजमणि पोखरल लगायतका नेताहरु वातावरण निर्माणमा लागेको बताइन्छ । माओवादी नेतासँगको संवादमा रहेका महामन्त्री थापा गठबन्धन ब्युतिने परिस्थिति बन्दै गएको दावी गर्छन् ।

प्रधानमन्त्री प्रचण्डसँग डेढ घण्टाको भेटपछि थापा राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार निर्वाचित हुनेमा विश्वस्त देखिन्छन् । कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेललाई बनाउने तयारी छ । प्रधानमन्त्री प्रचण्ड र माओवादीका दोस्रो तहका नेतासँगको छलफलमा कांग्रेसले रामचन्द्र पौडेलको नाम राष्ट्रपतिको उम्मेदवारका लागि अगाडि सारेको छ ।

कांग्रेस नेताहरुसँगको संवादमा अध्यक्ष प्रचण्डले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सहयोग गर्ने बचन दिएको कांग्रेस नेताहरुको दाबी छ । कांग्रेस नेता रमेश लेखकले भने, ‘प्रधानमन्त्रीले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको प्रयास थाल्नु भएको छ । त्यो भनेको कांग्रेसकै उम्मेदवारका लागि हो भन्ने हामीले बुझेका छौं ।’

प्रचण्डका तीन सर्त

कांग्रेस नेताहरुसँगको भेटवार्ता र संवादमा अध्यक्ष प्रचण्डले पुरानो गठबन्धन व्यँताउन तीन कुराको प्रष्टता चाहेको बताइन्छ । कांग्रेस स्रोतका अनुसार सत्ता गठबन्धनको विकल्प खोज्दा आगामी पाँच वर्ष सरकारको नेतृत्व आफैले गर्न पाउनुपर्ने र त्यसमा कांग्रेसले लिखित सहमति नै गर्नुपर्ने प्रचण्डको अपेक्षा छ ।

पाँच वर्ष सत्ता बाहिर बस्नुभन्दा प्रचण्डलाई पुरा कार्यकाल प्रधानमन्त्री दिँदा कांग्रेसलाई फाइँदा हुनेमा कांग्रेसको हिसाव छ । त्यसमा सिंगो कांग्रेस आफुलाई प्रधानमन्त्री मानेर जान तयार छ छैन भन्नेमा समेत प्रचण्डले कांग्रेस नेताहरुसँग जिज्ञासा राखेका छन् ।

प्रण्चडको सोही जिज्ञासा मेटाउन सभापति देउवाले महामन्त्री गगन थापालाई बालुवाटार पठाएको कांग्रेस स्रोत बताउँछ । महामन्त्री थापाले राष्ट्रपति निर्वाचन र आगामी सत्ता सहकार्यका लागि कांग्रेस एकमत रहेको सन्देश प्रचण्डसमक्ष पुर्याइसकेका छन् ।

स्रोतका अनुसार राष्ट्रपति निर्वाचनपछि पुरानो गठबन्धन ब्युँत्याएर जाँदा भोलि फेरि आफूविरुद्ध छिमेकीको चलखेल हुने होकि भन्ने प्रचण्डलाई चिन्ता छ । किनभने पहिलो चरण प्रधानमन्त्री छाड्ने बचनबाट देउवा ब्याक हुनुमा भारतको चलखेल मुख्य भूमिका रहेको प्रचण्डको बुझाइ छ ।

मंसिरको निर्वाचनपछि गत पुस ६ गतेसम्म पहिलो चरणको प्रधानमन्त्री प्रचण्डलाई दिने बचन दिएका देउवाले पछि भारतको प्रभावमा परेर नदिँदा प्रचण्ड बालकोट पुग्नुपरेको कांग्रेस नेतहरुको भनाइ छ ।

माओवादी नेताहरुका अनुसार पाँच दलीय गठबन्धन भत्किनुमा कांग्रेस नेता विमलेन्द्र निधि र तत्कालीन प्रधानमन्त्री देउवाका परराष्ट्र सल्लाहकार अरुणकुमार सुवेदीको भूमिका जिम्मेवार छ । निधि र सुवेदीले एमाले र भारतको ढाडस दिँदा देउवा प्रधानमन्त्री छाड्न तयार नभएको नेताहरु बताउँछन् । विगतमा भएको कमजोरीबाट पाठ सिक्दै अगाडि बढ्न प्रचण्डसँग कांग्रेसले प्रतिबद्धता जनाइरहेको छ ।

कांग्रेस स्रोतका अनुसार अबको ३/४ दिनमै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रचण्डले राष्ट्रपतिमा ‘तपाईको उम्मेदवारलाई सहयोग गर्न सक्दिनँ’ भनेर कित्ता क्लियर गर्ने तयारी गरेका छन् । त्यो अवस्थामा एमाले सरकारबाट बाहिरिन सक्नेपनि कतिपयको आँकलन छ । सोही अनुसार कांग्रेसले अहिले राष्ट्रपतिको निर्वाचनलाई प्रचण्ड नेतृत्वको सरकारमा पुग्ने भ-याङ बनाउन चाहेको छ ।

‘राष्ट्रपतिको निर्वाचनबाट राष्ट्रपति मात्र प्राप्त हुन्थ्यो र अरु केही प्राप्त हुने अवस्था थिएन भने कांग्रेसले यत्रो धेरै ‘पापड’ पेल्दैनथ्यो,’ कांग्रेस स्रोत भन्छ । राष्ट्रपतिको निर्वाचनपछि गठबन्धन भत्किन्छ भन्नेमा कांग्रेसका अधिकांश नेता आशावादी छन् । तर राष्ट्रपति गुमाएर पनि एमालेले सरकार नछाडे कांग्रेसको मिसन पुरा हुने देखिदैन ।

मुलुकको पहिलो राष्ट्रपतिमा कांग्रेसका रामवरण यादव निर्वाचित भएपनि सत्ता गठबन्धन कायमै रहेको थियो । त्यतिबेला राष्ट्रपतिमा कांग्रेसले एमाले र मधेसवादी दलको साथ पाएपनि प्रचण्ड सरकार कायमै रहेको थियो । कांग्रेसले यादवलाई राष्ट्रपति बनाउन सफल भएपनि सत्ता हात पर्न असफल भएको थियो । कांग्रेस नेताहरुको बुझाइमा राप्रपाले राष्ट्रपति निर्वाचनमा भोट हाल्ने छैन ।

रास्वपाले पनि भावी समीकरणको हिसाब किताब गरेर मात्र भोट हाल्ने छ । राष्ट्रपति निर्वाचनपछि पुनः सत्तामा फर्किने प्रधानमन्त्री प्रचण्डसँगको सहमितिपछि रास्वपा आइतबार सरकारबाट बाहिरिसकेको छ ।

सोही कारण सरकारलाई दिएको समर्थन फिर्ता नलिएको रास्वपाका नेताहरु बताउँछन् । रास्वपा सभापति रवि लामिछानेले आइतबारको पत्रकार सम्मेलनमा कुनै पनि बेला सरकारमा जान सकिने बताएका थिए ।

कांग्रेसतिर प्रचण्ड किन ढल्किए ?

पुस २६ मा प्रधानमन्त्रीलाई विश्वासको मत दिनुभन्दा पहिले कांग्रेस संसदीय दलका नेता देउवाले संसदमा सम्बोधन गरेका थिए । देउवाले कसैलाई आक्षेप नलगाएर विश्वासको मत दिनुको कारण र आगामी भूमिका सुनाए । तर ओलीले संसद विघटनको प्रसंग आनवश्यक रुपमा झिके । यसले प्रचण्डलाई अप्ठ्यारो पारेको कांग्रेस नेताहरुको तर्क छ । महामन्त्री थापासँगको भेटमा पनि प्रचण्डले ओलीको सम्बोधनको प्रसंग निकालेका थिए ।

ओलीले गरेको संसद विघटनको बचाउले सत्ता गठबन्धनमा विवादको विजारोपण गरेको हुन्छ भनेर थापाले दिएको अभिव्यक्ति आफूले नोटिस गरेको प्रचण्डको भनाइ थियो । कांग्रेसले दिएको विश्वासको मतलाई स्वभाविक रुपमा लिएर सभामुखमा देवराज घिमिरेको ठाउँमा पृथ्वीसुब्बा गुरुङलाई अगाडि सारेको भए प्रचण्ड नझस्किने कतिपयको बुझाइ छ ।

राष्ट्रपतिमा सुवास नेम्वाङको विकल्पमा विष्णु रिमाल र गुरु बरालको नाम अगाडि नसारेपछि प्रचण्ड थप झस्किएकोे कांग्रेस नेताहरुको विश्लेषण छ । ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बनेर आफूमाथि दबाब बढाएको प्रचण्डको बुझाइ छ ।

कांग्रेस नेतासँगको संवादमा प्रचण्डले एमालेसहितको गठबन्धन सोचेअनुसार अगाडि बढ्न नसकेको निष्कर्ष सुनाएको कांग्रेस स्रोत बताउँछ । प्रचण्ड र एमालेका दोस्रो तहका नेताहरुको अपेक्षा सरकार मात्र नभई कार्यगत गर्दै पुनः पार्टी एकतासम्म गर्न सकिने भएपनि त्यो अनुसार ओलीका कारण राजनीति अघि बढ्न सकेको छैन ।

त्यसमा महासचिव शंकर पोखरेल लगायतका नेताबाट प्रयास हुने प्रचण्डको बुझाइ थियो । सरकार बने लगत्तै प्रचण्डले पार्टी एकताका लागि वार्ता समिति समेत बनाएका थिए । माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा नेतृत्वको वार्ता समितिसँग एमालेका नेताहरु संवादमा बस्न समेत रुची नदेखाएपछि प्रचण्ड थप झस्कन पुगेका हुन् ।

कांग्रेसले पुस १० मा पहिलो चरण प्रधानमन्त्री दिन नमानेपछि बाध्यात्मक अवस्थामा एमालेसहितको गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री बनेपनि माओवादी र एमाले नेताहरुबीच अहिले पनि हार्दिकता देखिदैन । बरु एमालेले सरकार सञ्चालनमा नियन्त्रण गर्छु भन्ने सन्देश निरन्तर दिने काम गरिरहेको छ । यता कांग्रेसले १० पुसमा भएको राजनीतिक कमजोरीको आत्मालोचना गरेको सन्देश प्रचण्डलाई दिने प्रयास गरिरहेको छ ।

कांग्रेसका एक नेता भन्छन्, ‘योबीचमा प्रचण्डले च्वाइस गर्ने अवसर पाए । एमालेको नियन्त्रणमा सरकार सञ्चालन गर्ने वा राजनीतिक रुपमा रक्षात्मक बनेको कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने भन्ने प्रचण्डलाई रोज्ने अवसर मिल्यो ।’

ती नेताका अनुसार प्रचण्डका लागि यो अवसर राष्ट्रपतिको निर्वाचनसम्म रहने छ । त्यसपछि कांग्रेस कि एमाले भन्नेमा प्रचण्डको कित्ता क्लियर हुन्छ । ‘राष्ट्रपति निर्वाचनमा कांग्रेस वा एमालेवाहेक बीचको बाटो छैन भन्नेमा प्रचण्ड क्लियर छन् । कांग्रेस र एमालेबाहेको व्यक्ति राष्ट्रपतिको उम्मेदवार बन्ने सम्भवाना न्युन छ,’ ती नेताको भनाइ छ ।

त्यसैले राजनीतिक शक्ति सन्तुलनका लागि पनि प्रचण्डले कांग्रेसलाई राष्ट्रपति दिनेमा कांग्रेस नेताहरुको विश्वस्त छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय