शुक्रबार , बैसाख १४, २०८१

काठमाडौं,

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले योगेश भट्टराइे कारबाही गरेर देखाउन भन्दै दिएको चेतावनीप्रति टिप्पणी गरेका छन् ।

उनले भट्टराईको अभिव्यक्तिप्रति लक्षित गर्दै भने,”धेरै हुँकार र सिंगौरीको केही अर्थ हुन्न । पार्टी पार्टीको मर्यादाअनुसार चल्नुपर्छ । विधान परिपाटीअनुसार चल्नुपर्छ ।

छुट्टिन खोजेको, कहीँ जान खोजेको, गन्तव्य तय गरिएको, बाटो तय गरिएको, रेलको टिकट काटिएको हो भने चढे हुन्छ ।”

तर, तपाईँहरुलाई अप्ठ्यारो होला नि ? उहाँहरु बाहिरिँदाखेरि ? भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा थापाले भने-“होईन, २०५५ सालमा पनि धेरै साथीहरु बाहिरनुभएको थियो ।

आज भन्नुभएकै कतिपय साथीहरु बाहिरिनुभएको थियो । ती साथीहरुको धेरै अनुहार आज मिलिसकेका छन् । वामदेव गौतमको एकता अभियान हो कि भ्रम अभियान हो ?

उहाँहरुले ०५८ सालमा आईन्दा अब विभाजनकारी काम गर्दैनौं । यसो गर्दैनौं । फागुन ३ गते एकतामा सामेल हुनुभाथ्यो । आज फेरि किन्तु, परन्तु भनिकन त्यही गतिविधि अघि बढाईरहनुभएको छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय