शुक्रबार , बैसाख १४, २०८१

रबि लामिछाने लाई पक्राउ गर्न आदेश, अर्को जाहेरी दर्ता भयो..,(भिडियो हेर्नुस्)

 

रबि लामिछाने लाई पक्राउ गर्न आदेश! अर्को जाहेरी दर्ता भयो | पूरा जानकारी का लागि तलकाे भिडियो हेर्नुस् :-अन्य समाचार :- विराटनगर ।

 

प्रदेश १ सरकार गठन भएको २४ दिनसम्ममा पनि सरकारले पूर्णता पाएको छैन ।गत पुस २५ गते सरकार गठन हुँदा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तीन जना नियुक्ति गरेका थिए ।

 

 

त्यसको ५ दिनपछि पुनः तीन मन्त्री थप भए । माघ ६ गतेसम्म उनीहरुले कुनै मन्त्रालय पाएनन् ।मुख्यमन्त्री कार्यालयका सानातिना कोठामा मन्त्रीको नेमप्लेट राखेर बस्न उनीहरू बाध्य बने । माघ ६ गते भने ६ जना मन्त्रीले जिम्मेवारी पाएका थिए ।

 

जसअनुसार बुद्धिकुमार राजभण्डारीलाई सामाजिक विकास मन्त्रालय, निर्मला लिम्बूलाई स्वास्थ्य मन्त्रालय, दुर्गाप्रसाद चापागाईंलाई

 

सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, तिलकुमार मेन्याङ्बोलाई खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालय, जीवन आचार्यलाई पर्यटन, वन तथा वातावरण मन्त्रालय र भक्ति सिटौलालाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइयो ।

 

 

तथापि आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयले अहिलेसम्म मन्त्री पाउन सकेको छैन । नवगठित सरकारले संशोधन गरेको नियमावली अनुसार पहिले कायम रहेका ४ वटा मन्त्रालय अन्य मन्त्रालयमा गाभिएको छ ।

 

 

अन्य समाचार :- विराटनगर । प्रदेश १ सरकार गठन भएको २४ दिनसम्ममा पनि सरकारले पूर्णता पाएको छैन ।गत पुस २५ गते सरकार गठन हुँदा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तीन जना नियुक्ति गरेका थिए । त्यसको ५ दिनपछि पुनः तीन मन्त्री थप भए । माघ ६ गतेसम्म उनीहरुले कुनै मन्त्रालय पाएनन् ।मुख्यमन्त्री कार्यालयका सानातिना कोठामा मन्त्रीको नेमप्लेट राखेर बस्न उनीहरू बाध्य बने । माघ ६ गते भने ६ जना मन्त्रीले जिम्मेवारी पाएका थिए ।

 

जसअनुसार बुद्धिकुमार राजभण्डारीलाई सामाजिक विकास मन्त्रालय, निर्मला लिम्बूलाई स्वास्थ्य मन्त्रालय, दुर्गाप्रसाद चापागाईंलाई सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, तिलकुमार मेन्याङ्बोलाई खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालय, जीवन आचार्यलाई पर्यटन, वन तथा वातावरण मन्त्रालय र भक्ति सिटौलालाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइयो ।काठमाडौ

 

काठमाडौं । रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले फैसला सुनाएपछि सामाजिक सन्जालमा उनको पक्ष/विपक्षमा प्रतिक्रियाहरु आउने क्रम जारी छ । उपप्रधानमन्त्री तथा गृहमन्त्रीको पदमा रहेका लामिछाने नागरिकताकै विषयमा पदबाट बाहिरिनुपर्‍यो । साथै सांसद, राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष र संसदीय दलको नेताबाट पनि लामिछाने बाहिरिनुपर्‍यो ।

 

लामिछाने चितवन २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको अध्यक्षतामा रहेको पाँच सदस्यीय संवैधानिक इजलासले शुक्रबार लामिछानेको सांसद पद खारेज गरिदिएपछि लामिछानेले छोटो समयमा प्राप्त गरेको राजनीतिक उचाइमा धक्का लागेको छ । उनीमाथि नेपाली नागरिकता पुनःप्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै सांसद बन्न अयोग्य ठहर गर्दै सर्वोच्चले फैसला सुनाएको हो ।

 

हेरौं सामाजिक सन्जालमा कसले के भने-

 

सामाजिक सन्जालमा लामिछाने अध्यक्ष रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डोलप्रसाद (डीपी) अर्यालले अदालतको फैसलापछि सबै शुभचिन्तकहरुलाई पार्टीका तर्फबाट संयम रहन अनुरोध गरेका छन् । उसो त शुक्रबार साँझै अर्याल पार्टीको कार्यवाहक सभापतिसँगै संसदीय दलको नेतासमेत बनेका छन् । पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले शुक्रबार नै विज्ञप्ति जारी गर्दै अर्याललाई संसदीय दलको नेता र कार्यवाहक सभापति चयन गरिएको जनाएका थिए ।

 

डीपी अर्याल

 

हामी यो देशलाई समृद्धितिर लग्न र जनतालाई नेपाली हुँ भनेर गर्बको साथ भन्न सक्ने बनाउन मैदान मा उत्रेका हौं त्यो तपाईं हामीले नै गर्नुपर्नेछ । स्वदेश तथा विदेशमा रहनुहुने सबै सदस्य र शुभचिन्तकहरुलाई सम्यम भैदिन अनुरोध गर्दछौं ।

 

चन्द्रकिशोर

 

एक अनागरिक देशको गृहमन्त्री बन्छ, राष्ट्रिय सुरक्षा संवेदनशीलताका सबै विषयसँग अवगत हुन्छ र हामी आपसमा केवल पहाड-मधेसको कोणबाट विवेचना गर्नमा व्यस्त हुन्छौं ।

 

सबको सन्मति दें भगवान !

 

नेपाली क्रान्तिको इतिहासमा चितवनबासीको योगदान स्तूत्य छ । रवि लामिछाने जो अनागरिक नेपाली भाषी थिए तिनलाई मत दिएर जिताउने चितवन २ का मतदाता यतिखेर नैतिकताको कठघरामा उभिएका छन् । मतदान गर्दा निकै सुझबुझ र संयम न देखाए ,केवल बतासे तालमा भोट दिँदा यस्तै अप्रतिनिधित्वको अवस्था आइपुग्छ ।

 

रामेश कोइराला

 

बीसका बीस सांसद रविको छविले बनाएको जगका कारण चुनिएका हुन् । तर अब जग नै अनैतिक भइसकेपछि ती १९ ले के गर्लान् ? कमसेकम एकजनाले पनि ग्लानिबोध गरेर सांसद पदबाट राजीनामा देलान् त ? कि पदमा लिसो झैँ टाँसिइरहलान् ? कि दुई-चारदिन लुक्लान् ? के गर्लान् त ? हेर्दै गर्नूस्, जनतासँग सीधा कुरा !

 

रामेशले ट्विटरमा लेखेको यो स्टाटसमा ४० जनाले कमेन्ट गरेका छन् । ५७ जनाले रिट्विट गरेका छन् भने ४७९ जनाले रियाक्सन जनाएका छन् । रामेशको ट्विटमा विभिन्न व्यक्तिले कमेन्ट पनि गरेका छन् । जसमध्ये रामेशलाई डा. आनन्द गिरीले ‘नेपाली राजनीतिमा नैतिकता त दिउँसै टुकी बालेर खोज्नुपर्ला, रविको मात्र के कुरा गराइ भो र… ’ लेखेका छन् ।

 

गिरीको प्रतिक्रियास्वरुप रामेशले त्यो त हो तर सुशासन ल्याउने भनेर आएकासँग अलिक बढी खोज्ने कि ?

 

विशाल भण्डारी

 

न्यायालयको फौसला स्वीकार्छु भन्नु भनेको रवि लामिछानेको राजनीतिमा लामो छलाङ मार्ने लक्षण हो ।

 

बाटो खुल्लै छ।

 

आइतबार नागरिकता लिने

 

अनि फेरि निर्वाचनमा भिडेर जितेर आउने ।

 

– नागरिकतामाथिको राम्रो नजिर बस्यो, त्यो राम्रो हो ।

 

मरासिनी सागर

 

रबि लामिछानेलले अझै पनि राजनीति गर्ने हो भने नेपाली जनतासग माफी मागेर गैरनागरिकका रुपमा साम्सद तथा गृहमन्त्रीका रुपमा लिएको सेवा सुबिधाका लागी भएको खर्च राज्यकोषमा दाखिला गर्नपर्छ । अनि नागरिकता पुन प्राप्तिको प्रक्रिया पूरा गर्नपर्छ । नत्र भने भ्रम नपालौं ! देशको कानुन नमान्ने अनि उल्टै अरुलाई गाली गर्ने र अर्ती उपदेश दिनेले केही लछारपाटो लाउँदैनन् ।

 

भीम उपाध्याय

 

सर्बोच्चमा कसैले रिट नहालेको भए त नेपाली नागरिक भईनसकेकाहरू पनि सांसद, मन्त्री वा उस्तै साईत परे प्रम पनि भइरहने रहेछन्। कसैले रिट हाल्यो, संविधान ऐन नियमको अन्तिम ब्याख्या भयो, अन्यौल विवाद हट्यो।

 

अब कानुनले तोकेको प्रकृयाबाट पुनः नागरिकता लिने र लयमा हिड्नुपर्ने भयो।

 

अदालतले बिदेशी नागरिक बनेका पूर्वनेपाली नागरिकहरूले विधिवत नेपालको नागरिकता पुनः लिनुपर्छ। नागरिकता नलिएसम्म सांसद, मन्त्री हुन राजनीतिक उम्मेदवार बन्न पाईदैन मात्र भनेको हो।

 

अब कस्तो कानुन नियम चाहिन्छ त्यो बनाउन लाग्नुपर्छ। नियमावलीको नियम ११ मा सामान्य एक वाक्य थपे चाहेको कानुन बन्न सक्छ ।

 

केशव साउद

 

भक्तहरु अरुलाई झोले भन्दै रे छ्न् । पीडा बुझ्छम् के गाइच ।

 

भगवान् फेरि अर्को झमेला खेप्दै छन् है ।

 

हरि रोका

 

एक ‘अमेरिकी नागरिकले’ नेपालको गृहमनन्त्री भएर हामी नेपालीमाथि एक महिना शासन गर्न भ्याए । यस्कालागि कोही कतइ जिम्मेवार हुन पर्ने वा नपर्ने? पासपोर्ट अड्डा, जस्तो निर्वाचन आयोग, सत्तारूढ राजनैतिक दलहरू, गरिमामय संसद आदि, इत्यादि ?

 

मोद ढकाल

 

रवि लामिछानेको स्थिति ‘The Terminal’ को Victor Navorski को जस्तै भो त ऐले आएर । नहेरेकाले हेर्नू है यो सिनेमा गजब छ ।

 

कृष्ण कुसुम

 

रविले गृहमन्त्री बाट राजीनामा दिने हो कि प्रमले पदच्यूत गर्ने हो खासमा ? के भन्छन् कानुन जान्नेहरु ?

 

मधुरमण आचार्य

 

एक पटक रद्द भएको सिमकार्ड, एटीएम कार्ड, ड्राइभिङ लाइसेन्स वा जागिरको परिचयपत्र त नवीकरण वा पुनः जारी नगरी कतै चल्दैन !

 

नागरिकताको त झन् कुरै भएन !!

 

आचार्यको यो ट्विटमा पुरुषोत्तम मुडभरीले प्रतिक्रिया जनाएका छन् । उनी लेख्छन्-

 

‘नागरिकता रद्द भएको जानकारी रद्द भएको नागरिकता प्रमाणपत्रमा लेखिदिने व्यवस्था गर्न सकिँदैन नयाँ पासपोर्ट जारी गर्दा पुरानोमा लेखिदिए जस्तो ? त्यसो भएको भए रविले पुरानो नागरिकता प्रमाणपत्र प्रयोग गरेर उम्मेदवारी दिन सक्दैनथे। अब यसबारे सोच्छन् कि गृह मन्त्रालय वालाले ?

 

यस्तै आचार्यलाई प्रतिप्रश्न गर्दै मीनराज संग्रौला लेख्छन्- ‘नागरिकतामा एक्सपायर डेट हुन्छ ?’

 

अजयभद्र खनाल

 

रवि लामिछाने अनागरिक बनेका होइनन् । अमेरिकि नागरिकता त्याग गरेको कुराको विधिवत् जानकारी सम्बन्धित अधिकारीलाई नदिएको र फेरि नागरिकता लिन तोकिएका प्रक्रिया पूरा नगरेका कारण उम्मेदवार बन्न योग्यता नपुगेको मात्र हो ।

 

हर्क साम्पाङ राई

 

बुद्धको नागरिकता थियो कि थिएन ? भक्ति थापा, कालु पाँडे, बलभद्र र अमर सिंहको नागरिकताचाहिँ कुन देशको थियो ? नागरिकताको प्रमाणपत्र मात्रैले देश बनाउँदैन है गोक्ते हो !

 

कस्ले भन्यो रवि नेपाली नागरिक होइन भनेर ? He is Nepali Citizen.

 

मिलन पाण्डे

 

समाजका लहरहरू निकै अस्थायी हुने गरेका छन् । कुनै बेला ‘लालबाबु पण्डितलाई प्रधानमन्त्री बनाउने’ अभियान चल्यो । हामीले नै ‘धुर्मुस सुन्तली’लाई भगवान् बनायौँ ।

 

हामी कि त भगवान् खोज्छौँ कि सीधै दानव बनाउँछौँ ।

 

हामीले समाधान व्यक्तिलाई भगवान् बनाएर होइन, संस्थाहरू बलियो बनाएर खोज्नुपर्छ ।

 

पाण्डेको ट्विटमा आनन्दराम पौडेलले प्रतिक्रिया दिँदै लेख्नछन्-

 

‘त्यसबेला लालबाबु पण्डितका कर्म, आचरण र चरित्रको चर्चा भएथ्यो। उनलाइ प्रधानमन्त्री बनाउन कोही लागेको थियो भने पनि हामी अकिञ्चन जनतालाइ पटक्कै थाहा भएन । पछिल्लो महत्वाकांक्षी परियोजनाले धुर्मुससुन्तलीलाई किच्यो । नत्र भूईंमान्छेको लागि काम गरुञ्जेल उनको उच्च मूल्याङ्कन भएकै हो ।’

 

भीमबहादुर रावल

 

सर्वोच्च अदालतबाट रवि लामिछानेजीको नागरिकता र संसद् सदस्यता बदर भइसकेपछि उहाँले कुन कुन नागरिकता कसरी प्राप्त गर्नुभयो र त्यसमा कसकसको संलग्नता छ भन्नेबारे छानबिन भई कानुनबमोजिम हुनुपर्छ ।

 

प्रेम घर्तीमगर

 

रवि लामिछानेको नागरिकता विवादको फैसला एक महिनामा नै आउने ! तर ललिता निवास प्रकरणमा माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्दाको फैसला वर्षौं बित्दा पनि नआउने किन होला ?

 

प्रदीप भट्टराई

 

अनागिक रविलाई उपप्रधान तथा गृहमन्त्री बनाएर कलंकको टीका लगाइसकेका प्रचण्ड-केपी फेरि नागरिकता प्रक्रियामा लगेर त्यही पदमा बहाल गराउन लागेको सुन्नमा आको छ । यदि सत्य हो भने अनागरिकका

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय