शुक्रबार , बैसाख १४, २०८१

काठमाडौ । कोभिडको बेला घर र मावली आवतजावतमा सहजताको निम्ति आमा बाबुले बनाइदिएको पासपोर्टसहित उड्न लागेका अढाई वर्षीय नेपाली बालकलाई अफलोड गरेर विमानस्थलबाट घर फर्काइएको छ । ९ गते शुक्रवार राति क्याथे प्यासिफिकको उडानबाट हङकङ हुँदै फिलिपिन्स…

कोभिडको बेला घर र मावली आवतजावतमा सहजताको निम्ति आमा बाबुले बनाइदिएको पासपोर्टसहित उड्न लागेका अढाई वर्षीय नेपाली बालकलाई अफलोड गरेर विमानस्थलबाट घर फर्काइएको छ । ९ गते शुक्रवार राति क्याथे प्यासिफिकको उडानबाट हङकङ हुँदै फिलिपिन्स जान लागेका ती बालकलाई अध्यागमनले कारबाहीस्वरूप डेढ लाख जरिवाना र नेपाली राहदानी (11810452) जफतको कठोर सजायँसमेत दिएको छ ।

कोभिड घट्दै गएको बेला नयाँ दिल्लीबाट काठमाडाँै आइपुगेका फिलिपिनो राजदूत रामोन एस.बागात्सिङ जुनियरले आफ्ना नागरिकसँग भेटघाटको क्रममा तिनका अनेक समस्या सुनिसकेपछि पछिलाई सजिलो होस् भनेर ती बालककोसमेत ३१ मे २०२२ मा राहदानी (POC319279C) बनाइदिएका थिए । उनीसँग जन्मेको ८ महिनामै लिएको (9 जनवरी 2020) नेपाली राहदानी पनि थियो ।

पोहोर हजुरबा बितेका र अहिले सानीआमा पनि ब्रेस्ट क्यान्सरको कारण अन्तिम अवस्थामा पुगेको हुँदा गत हप्ता आमासँगै मावली जान लागेका थिए तर अध्यागमनले रेकर्ड रुजु गर्दा उनीसँग दुई देशको राहदानी रहेको नतिजा देखायो र तुरुन्तै कारबाहीस्वरूप जफत पनि ग¥यो ।

जहाज चढ्न दिएन र रुवाउँदै आमा–छोरालाई तनहुँको बन्दीपुर फर्कन बाध्य बनायो । यसै प्रकरणमा कारबाही अघि बढ्दै जाँदा अस्ति भने गृह मन्त्रालयले बालकसँग भएका दुईमध्ये जन्मभूमि नेपालको राहदानी बदर गराई डेढ लाख दण्ड तिराएर पर्सि बल्ल विदेशी राहदानीमै नेपाल छाड्न दिने भएको छ । नेवार (श्रेष्ठ) थरका बालकको हजुरबुबा र बुबा दुबै नेपाली शिक्षक हुन् । यो प्रकरण हाम्रो देश पशुपतिनाथको कृपाले कसरी चलेको रहेछ भन्ने कुराको राम्रो नमुना पनि हो ।

तर, यो त्यही नेपाल, त्यहीँको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल र उही अध्यागमन कार्यालय हो जसले दुई थरी नागरिकता र राहदानी बोक्ने अरुको हकमा भने सिष्टमबाट कुनै कैफियत फेला पार्दैन र नेपाली जनता पनि तिनै हुन् जसले उनै नियम उ’ल्लंघनकर्तालाई मज्जाले मत खन्याएर प्रधानमन्त्री छान्ने र देशका निम्ति नीति, कानुन बनाउने ठाउँको माननीय बनाइदिन्छन् । प्रसंग र भिन्नता घण्टीवाला उनै रवि लामिछाने र बबुरो बालक निरज उशेर श्रेष्ठको हो ।

रविले अमेरिकी पासपोर्ट हात पारेको १४ महिनापछि सन २०१५ को २७ मे मा सबैलाई ढाँटेर नेपाली राहदानी हात पार्दासमेत कुनै छिद्र फेला पार्न नसक्ने कानुन पनि नेपालकै हो । रविसँग सन् २०१४ को ०५ मार्चमा लिएर २०१८ को मे मा अमेरिकी राहदानी नत्याग्दासम्म दुई थरी राष्ट्रियता र राहदानी थियो ।आलोपालो यिनै दुई राहदानी बोकेर यसबीच उनी कैयौंपटक विदेश ओहोरदोहोर गरिरहे ।

यो भनेको कानुनको ठाडो उल्लंघन हो, कानुन समान हिसाबले लागू हुन्थ्यो भने आज यी अवोध बालकले उड्ने बेलामा जहाजबाट अफलोड हुने र अरुका कमजोरी उधिन्दै आफ्ना सारा कुकर्म ढाकछोप गर्न माहिर रविले चाहिँ माननीयको लकेट भिर्न पाउने अवस्था नै आउने थिएन शायद !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय