शुक्रबार , बैसाख १४, २०८१

काठमाडौं।

सर्वोच्च अदालतको फैसलापछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग अलग भएको धेरै दिन भएको छैन् ।

तर, फेरि दुई दलबीच गठबन्धन बनाउनेबारे गृहकार्य भैरहेको छ । दुवै पार्टीका दोस्रो तहका नेताहरु दुई पार्टीबीच गठबन्धन बनाउने आन्तरिक छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्ने उद्देश्यसहित एमालेभित्रका दोस्रो तहका नेताहरुले माओवादी केन्द्रका नेताहरुसँग छलफल अघि बढाएका छन् ।

एमालेबाट विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल, घनश्याम भुषाल, योगेश भट्टराईलगायतका नेताहरु माओवादी केन्द्रका नेताहरुसँग छलफल गरिरहेका छन् ।

छलफलमा माओवादी केन्द्रबाट जनार्दन शर्मा, वर्षमान पुनलगायतका नेताहरु सहभागी छन् । पछिल्लो समय उनीहरुले सत्ता समिकरणको लागि वामपन्थी शक्तिहरुबीच नै सहकार्य हुनुपर्नेमा जोड दिएका छ्न ।

उनीहरु तत्काल वाम गठन्धन र पछि वैज्ञानिक ढंगले पार्टी एकतासम्म पुग्न सकिने विश्वासका साथ छलफलमा जुटेको स्रोतको भनाई छ ।

प्रधानमन्त्री ओलीले भने आफ्नो नेतृत्वको सरकारलाई निरन्तरता दिनको लागि सबै दलसँग छलफल अघि बढाएका छन् ।

आजपनि जसपा नेपालका पदाधिकारीसँग छलफल गरेका छन् । यसअघि कांग्रेससँग पनि छलफल गरिसकेका छन् । सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री ओलीले छलफल गरेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय