माधव नेपाल लगायतले राजनीतिक सन्यास लिँदा उपयुक्त हुन्छ : सूर्य थापा

काठमाडौं ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले माधवकुमार नेपाल लगायतका पूर्वएमालेका नेताहरुले अब राजनीतिक सन्यास लिँदा उपयुक्त हुने बताएका छन् ।

ओली–प्रचण्ड अध्यक्ष रहेको नेकपालाई सर्वोच्च अदालतले खारेज गर्ने आदेश दिएपछि वरिष्ठ नेता नेपाल लगायतका पूर्वएमाले नेताहरुको राजनीतिक हैसियत समाप्त भएको थापाको विश्लेषण छ ।

नागरिकखबरसित उनले भने, ‘प्रचण्डको राजनीतिक हैसियत रह्यो, माधव नेपाल, झलनाथ खनाल, भीम रावल, अष्टलक्ष्मी शाक्य लगायत नेताको राजनीतिक हैसियत सकियो, नैतिकताका आधारमा सन्यास लिँदा उपयुक्त हुन्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीप्रति विषबमन गरेर नेताहरुले अराजनीतिक र अदूरदर्शी काम गरेको भन्दै नेता थापाले सर्वोच्चको आदेशले नेकपा खारेज गरी एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा पुगेपछि नेपाल लगायतका नेताको राजनीति सकिएको दावी गरे ।

२०७७ फाल्गुन २३, आईतवार १६:१९ गते 0 Minutes 687 Views

नेपाली राजनीतिमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार