मंगलबार , माघ १७, २०७९

मेरा लागि फुलमाला, अबिर खदा हैन, भ्रस्टाचारीका सुचना अनि मैले गर्नु पर्ने काम लेखेर ल्याउनुहोला: रबि लामिछाने

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

प्रकाशित मिति । १५ पुस, २०७९ ।

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । छामिछाने ६४१६२ मतले बिजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका छन् ।

त्यस्तै उनले ४९ हजार २६१ मत ल्याउदा नेपाली काँग्रेसका उमेश श्रेष्ठले १५०९९ र नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४६४९ मत प्राप्त गरेका छन् ।चितवन क्षेत्र न.२ बाट नवनिर्वाचित सान्सद रवि लामिछानेले कहिँ कतै बाटो बिराए खबरदारी गर्न आग्रह गरेका छन् ।

आफ्ना प्रतिस्पर्धी कृष्णभक्त पोखरेल सङग कुरा गर्दै आफू बाटो नबिराउने प्रतिबद्धता व्यक्त गरेका हुन् । मैले कहिँ कतै बाटो बिराएभने मलाइ खबरदारी गर्नुहोला, म तपाईहरुकै मार्गनिर्देशन अनुसार चल्नेछु, रविले भने । सामाजिक संजाल मार्फत रविले आफुलाई फूलमाला अबिर भन्दा पनि भ्रष्टाचारीको सूचना लेखेर ल्याउन अनुरोध गरेका छन् ।

उनले भनेका छन् -एउटा अनुरोध, कृपया त्यहाँ आँउदा मेरा लागि फुल माला अबिर खदा केही पनि नल्याउनु होला। म आज बाटै काम थाल्दैछु। मेरो सभा हुने ठाँउहरुमा २ वटा बाकस हुनेछन। एउटा बाकसमा “समस्या पेटिका” लेखिएको हुनेछ। त्यसमा तपाईंका समस्या लेखेर खसाउनु होला।

अर्को बाकसमा “उजुरी, समस्या, सुझाव पेटिका” लेखिएको हुनेछ। त्यसमा, भ्रस्टाचारीका सुचना,मैले गर्नु पर्ने काम, मलाई खबरदारी लेखेर खसाउनु होला। माला, अबिर,खदामा हामीले गरेको खर्च प्राय: सबै बिदेश जान्छ। केही ल्याउनै मन भए आफ्नै आँगन वा बाटोको एक थुङो फुल भए मलाई पुग्छ।

उनले बिजय र्याली नगर्ने र बिभिन्न स्थानमा धन्यवाद सभा गर्ने समेत बताएका छन् ।यस्तो छ रविको अनुरोध -राजनीतिमा निर्वाचित हुनु भनेको बिजयी हुनु होइन। यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो। म आज बाट जाँच दिन जाँदै छु, जसको नतिजा ५ वर्ष पछि मात्र आउँछ। म जनता लाई जिताउने जाँच दिन जादैछु त्यसैले म अहिले नै बिजय र्‍याली गर्न चाहन्न।

म बिजय र्‍यालीको साटो आज ३ बजे, भरतपुर १०- गेस्ट हाउस चौरमा, भोलि ११ बजे इक्छा कामना गाउँपालीका कार्यालय अगाडिको फुट्बल ग्राउन्ड कुरिनटारमा र भोलि ३ बजे सहिद स्मृति क्याम्पस चौर पदमापुर कालीका मा “धन्यवाद सभा” गर्दैछु ।एउटा अनुरोध, कृपया त्यहाँ आँउदा मेरा लागि फुल माला अबिर खदा केही पनि नल्याउनु होला।

म आज बाटै काम थाल्दैछु। मेरो सभा हुने ठाँउहरुमा २ वटा बाकस हुनेछन। एउटा बाकसमा “समस्या पेटिका” लेखिएको हुनेछ। त्यसमा तपाईंका समस्या लेखेर खसाउनु होला। अर्को बाकसमा “उजुरी, समस्या, सुझाव पेटिका” लेखिएको हुनेछ। त्यसमा, भ्रस्टाचारीका सुचना,मैले गर्नु पर्ने काम, मलाई खबरदारी लेखेर खसाउनु होला।

माला, अबिर,खदामा हामीले गरेको खर्च प्राय: सबै बिदेश जान्छ। केही ल्याउनै मन भए आफ्नै आँगन वा बाटोको एक थुङो फुल भए मलाई पुग्छ। म छिटोभन्दा छिटो काममा लाग्न चाहन्छु। भोट माग्न, र्‍याली गर्न आउन नभ्याएका ठाउँमा म काम गर्न आउछु।।।

विश्वविद्यालयमा प्राज्ञिक अन्तरप्रजनन

जसरी आनुवंशिक हिसाबले भिन्नभिन्न व्यक्तिबीच हुने मैथुनले शौर्यवान् ठिमाहा जन्माउँछ, त्यसरी नै प्राज्ञिक उत्कृष्टताका लागि पनि भिन्न विचार, संस्कार र विश्वदृष्टि भएका प्राज्ञिक व्यक्तिहरूबीच प्राज्ञिक मैथुन जरुरी छ ।

सन् २०११ मा नेचर जर्नलमा एउटा लेख छापियो, जसमा अमेरिकाको रट्गज विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले दक्षिणी केन्याको रिफ्ट भ्याली क्षेत्रको तर्कना ताल किनारको पुरातात्त्विक क्षेत्रमा ‘ढुंगे औजार फेला पारेको’ रिपोर्ट थियो । करिब २० सेमि लम्बाइ, सिरानमा चुच्चो र फेदमा गोलाकार, धारिलो र बांगोटिंगो किनारा भएको उक्त ढुंगा चानचुने थिएन ।

मानव पुर्खा होमो इरेक्ट्सले प्रयोग गरेको ठानिएको १७ लाख वर्ष पुरानो उक्त ‘ढुंगे बन्चरो’ हालसम्म फेला पारिएकोमध्येकै सबैभन्दा पुरानो ढुंगे युगको हतियार थियो ।

उक्त ढुंगे बन्चरो नेपाली खुकुरीजस्तै मासुलाई टुक्र्याउन, रूखका हाँगाबिँगा छिमल्न र जनावरलाई मार्न उपयोगी हुन्थ्यो । मानव पुर्खाहरूले त्यस्तै ढुंगे हतियार प्रयोग गरेर आफूभन्दा शक्तिशाली घोडा, गैंडाजस्ता जनावर मात्रै होइन, आफैंलाई सिध्याउन सक्ने बाघ, भालुको सिकार गरेर बाँचे र पृथ्वीभर फैलिए ।

अफ्रिका महादेशका केन्या, इथियोपिया, दक्षिण अफ्रिकाका थुप्रै पुरातात्त्विक क्षेत्रहरूमा विभिन्न समयमा भेटिएका आदिम ढुंगे हतियारहरूका प्रमाणले भन्छन्— मानव पुर्खाहरू आफ्नो उत्पत्तिको लाखौं वर्षसम्म पनि एकै खाले प्रविधिको प्रयोग गरेर बाँचे । उनीहरूले प्रयोग गर्ने आदिम प्रविधिमा लामो कालखण्डसम्म पनि कुनै सुधार भएन ।

लेखक म्याट रिड्लेले आफ्नो पुस्तक ‘र्‍यासनल अप्टिमिस्ट हाउ प्रस्परिटी इभोल्भ’ मा मानव पुर्खाको शारीरिक परिवर्तनभन्दा पनि सुस्त गतिमा परिवर्तित त्यस्ता ढुंगे प्रविधिलाई छिनछिनमै परिवर्तन भइरहने अत्याधुनिक प्रविधिसँग दाँजेका छन् । उनको तर्क छ— आदिम मानवले प्रयोग गर्ने ढुंगे बन्चरो र आधुनिक मानिसले चलाउने कप्युटरको माउस आकारमा उस्तै एक हातले चलाउने मानवनिर्मित प्रविधिहरू नै हुन् तर ढुंगे युगको प्रविधि एकल मस्तिष्कको उपज थियो भने कप्युटरको माउस असंख्य मस्तिष्कबीचको मैथुनको नतिजा ।

विचारहरूको मैथुन

संसारमा यतिखेर मानव जनसंख्याले ८ अर्ब नाघेको छ । तर १ लाख वर्षअघि मात्रै पनि पृथ्वीमा मानव प्रजातिको जनसंख्या केही हजारमा सीमित थियो । तिनीहरू मुस्किलले २० वर्षदेखि ३५ वर्षसम्म बाँच्थे र अफ्रिकाभित्रै सीमित थिए । अहिले पृथ्वीमा मान्छेको जनसंख्या मात्रै होइन, मान्छेले उपयोगी ठानेको घरपालुवा जनावरको संख्या पनि उल्लेख्य बढेको छ ।

हाल संसारभरका स्तनधारी जीवहरूको कुल जनसंख्याको ३४ प्रतिशत हिस्सा मानिसले, ६२ प्रतिशत मानिसले पालेका गाईबस्तुले र बाँकी ४ प्रतिशत मात्रै जंगली जनावरले ओगटेका छन् । मानिसले पृथ्वीका बस्न मिल्ने–नमिल्ने सबै ठाउँ ओगटेको मात्रै होइन, पृथ्वीमा करोडौं वर्षदेखि चलिआएको आनुवंशिक, जैविक र रासायनिक प्रक्रियालाई पनि हेरफेर गरिदिएको छ ।

हुन त पृथ्वीमा मानव प्रजातिको यस्तो एकल दबदबा थुप्रै स्तनधारीसहित अन्य जनावरको सामूहिक विनाश र ठूलो वातावरणीय मूल्य चुकाएर भएको हो तर पनि उत्पत्तिको हिसाब (आफू बाँच्ने र आफ्नो अनुवंश सन्तानमा सार्ने) ले हेर्ने हो भने मानव पृथ्वीको अहिलेसम्मकै सबैभन्दा सफल प्रजाति हो ।

मानिसभन्दा ठूलो मस्तिष्क भएका, औजार पनि प्रयोग गर्ने, बढी सामाजिक र बलिया जनावरहरू यस पृथ्वीमा आए अनि बिलाए र कतिपय अहिले पनि अस्तित्वमा छन् । तर मानव प्रजातिको जस्तो फैलावट, सुखसयल र समृद्घि अन्य कुनैले पनि हासिल गर्न सकेनन् । मानव प्रजातिले हासिल गरेको यस्तो चामत्कारिक सफलताको पछाडि मानिसले गरेका अभिनवहरू (इनोभेसन्स) को ठूलो देन छ ।

र, मानिसले गरेका ती अभिनवहरूका पछाडि मानिस–मानिसबीच हुने विचार र प्रयासहरूको मैथुनको हात छ । म्याट रिड्लेको तर्क छ— जसरी जैविक संसारमा मैथुन हुँदा फरकफरक व्यक्तिबाट भिन्न प्रकारका अनुवंशहरू (जिन) आउँछन् र तिनीहरूको मिलनले पैदा गर्ने नयाँ पुस्ता पुरानोभन्दा उन्नत र अनुकूली हुन्छन्, त्यसरी नै भिन्न विचारहरूबीच मैथुन हुँदा त्यसबाट उत्पादित नयाँ विचार पुरानोभन्दा थप परिष्कृत बन्दै जान्छ ।

थप, जसरी कम्प्युटर हार्डवेयर र सफ्टवेयरको जोडले, इन्टरनेट र स्मार्टफोनबीचको मिलनले अनि छापाखाना र कागजबीचको संयोजनबाट यी वस्तुहरूको एकल योगदानको योगभन्दा बढी समग्र प्रतिफल प्राप्त हुन्छ, त्यसरी नै मानव सृजनशीलतालाई अकल्पनीय उचाइमा लग्न भिन्न विचारहरूबीचको मैथुन जरुरी छ । त्यसकारण मानव प्रजातिले हासिल गरेका तमाम प्रगतिका पछाडि यो प्रजातिका व्यक्तिहरूबीच हुने वैचारिक मैथुन प्रमुख कारक हो । रिड्लेपछि ‘स्यापियन्स’ का लेखक युवल नोहा हरारीले पनि मानवहरूबीचको सहकार्यलाई मानवअन्तरप्रजनन मैथुनको प्रभाव

संसारमा मैथुनिक (सेक्सुअल) र अमैथुनिक (असेक्सुअल) प्रजनन गर्ने जीवहरू अस्तित्वमा छन् । लगभग सबै बहुकोषीय जीवहरू मैथुनिक प्रक्रियाबाट सन्तानोत्पादन गर्छन् । जीवहरूको उद्विकास एककोषीय अमैथुनिकबाट बहुकोषीयमा भएको हो । किनभने अमैथुनिक प्रजनन प्रक्रियाले जीवहरूलाई बदलिँदो वातावरणमा अनुकूलन हुन सघाएन ।

तर मैथुनिक प्रजननमा भिन्न स्रोतव्यक्तिबाट जिन प्रसारण हुने भएकाले सन्तानहरूमा त्यसले आनुवंशिक विविधता ल्याउँछ । त्यस्तो विविधताले प्रजातिहरूलाई नयाँ वातावरणमा अनुकूल हुन सघाउँछ । र, रोगव्याधि लागिहालेमा पनि उक्त प्रजातिको सबै जनसंख्या मर्दैन । त्यसैले मैथुनिक प्रजनन वातावरणसँग अनुकूलन भएर बाँच्ने क्रममा उद्विकासको निगाहबाट प्राप्त गुण हो ।

तथापि मैथुनिक प्रजननमा पनि अनुवंशको स्रोतव्यक्ति आनुवंशिक हिसाबले नजिकका नातेदार भएको खण्डमा अर्थात् हाडनाताबीच अन्तरप्रजनन भएको अवस्थामा सन्तानमा विविधताको सट्टा एकरूपता (होमोजाइगोसिटी) बढ्छ, जसका कारण सन्तानहरूमा प्रभावशालीको साटो लुप्त गुण (रिसेसिभ ट्रेट) हरू देखिने खतरा हुन्छ । यसले गर्दा सन्तानको जैविक तन्दुरुस्ती र अनुकूलन क्षमतामा ह्रास आउँछ, जसलाई वैज्ञानिक भाषामा अन्तरप्रजनन अवसाद (इनब्रिडिङ डिप्रेसन) भनिन्छ । अन्तरप्रजनन अवसादले सन्तानहरूको बाँच्ने सम्भाव्यतालाई पनि घटाउँछ ।

विभिन्न प्रजातिमा गरिएका अध्ययनहरूले अन्तरप्रजननबीच हुने प्रजननले सन्तानको बाँझोपन बढाउने, कद घटाउने, आयु छोट्याउने देखाएको छ । मानिसमा पनि हाडनाता प्रजननबाट जन्मेका सन्तानको कम उमेरमै मृत्यु हुने, संज्ञानात्मक क्षमतामा कमी हुने र विभिन्न रोगले च्याप्ने देखाएको छ । त्यसैले मानव समाजमा हाडनाताबीचको मैथुनिक प्रजननलाई विभिन्न सांस्कृतिक, सामाजिक र कानुनी बन्देजहरू सृजना गरेर निषेध गर्ने गरेको पाइन्छ । मानिसमा मात्रै होइन, जीव र वनस्पतिका विभिन्न प्रजातिमा पनि अन्तरप्रजनन नहोस् भन्ने

हिसाबले विभिन्न क्रियाविधि — जस्तै : हाडनाताको पहिचान (किन रेकग्निसन), फरक समयमा यौनिक परिपक्वता देखिने (डिलेड म्याचुरेसन) — विकसित भएका हुन्छन् ।

प्राज्ञिक अन्तरप्रजनन

जसरी जैविक जगत्मा हाडनाता प्रजननले सन्तानलाई नोक्सान गर्छ, त्यसरी नै शैक्षिक जगत्मा हुने प्राज्ञिक अन्तरप्रजननले शैक्षिक संस्थानलाई हानि पुर्‍याउँछ । सामान्यतया प्राज्ञिक अन्तरप्रजनन भन्नाले विश्वविद्यालयले प्राध्यापक भर्ती गर्दा आफ्नै विश्वविद्यालयमा अन्तिम पढाइ सकेका विद्यार्थीहरूबाटै प्राध्यापकको छनोट गर्ने प्रक्रियालाई बुझिन्छ ।

नेपालमा त्रिभुवन लगायतका विश्वविद्यालयहरूमा अहिले प्राध्यापकहरूको अवस्था हेर्ने हो भने प्राज्ञिक अन्तरप्रजननको समस्या चर्को देखिन्छ । आफूलाई पढाउने गुरु र आफूले पढाएका चेला सँगै प्राध्यापन गर्ने प्राध्यापकहरूको बाहुल्य यतिखेर त्रिविमा छ । त्रिविमा मात्रै होइन, पछि खुलेका काठमाडौं विश्वविद्यालयबाहेकका विश्वविद्यालयहरूमा पनि प्राज्ञिक अन्तरप्रजननको समस्या व्याप्त देखिन्छ ।

त्यसले हाम्रा विश्वविद्यालयहरूमा प्राध्यापकहरूबीचको आपसी सम्बन्धलाई समकक्षी (पिअर्स) को भन्दा पनि आफूलाई पढाएकोलाई पुज्ने र आफूले पढाएकोबाट पुजिन खोज्ने दर्ज्यानी (हाइरार्किकल) गुरु–चेलाको सम्बन्धमा रूपान्तरित गरेको छ ।

नेपाली समाजमा अझै पनि उमेर, जात, लिंग, क्षेत्र, कनिष्ठता–वरिष्ठताका आधारमा ठूलो–सानो मान्ने सामन्ती संस्कार व्याप्त छ । हामीलाई औपचारिक–अनौपचारिक रूपमा पद, उमेर, जात र वरिष्ठताका आधारमा ठूला भनिएका सामु आज्ञाकारी र चाप्लुस बन्न सिकाइन्छ । गुरुलाई प्रश्न गर्नेलाई भन्दा पनि पुज्नेलाई संस्कारी मान्ने चलन छ ।

तर विश्वविद्यालय भनेको स्वतन्त्रतापूर्वक अनुसन्धान गर्ने, प्रश्न गर्ने, एकअर्काका कमीकमजोरी औंल्याउने र प्राज्ञिक वाद–प्रतिवाद गर्ने थलो हो । प्रश्न र बहस प्राज्ञिक अनुसन्धानको आधारभूत तत्त्व हो । प्रासंगिक प्रश्नहरूले नै उत्कृष्ट अनुसन्धान जन्माउँछन् । तर हाम्रा विश्वविद्यालयमा विद्यमान गुरु–चेलाको श्रेणीगत संरचनाले प्रश्न गर्ने आधारलाई नै समाप्त पारिदिएको छ ।

त्यसैले हाम्रा विश्वविद्यालयका प्राध्यापकहरूबीचमा गुण र दोषका आधारमा प्रश्न उठाउने प्रचलन न्यून छ । गुरु–चेलाका सबलता र दुर्बलता दुवैलाई थाहा भइसकेको हुनाले एकअर्काका कमजोरी केलाउने, त्यसलाई सुधार्न छलफल गर्नेभन्दा पनि तैं चुप मै चुपको यथास्थितिमा रमाउने चलन छ ।

यसले गर्दा हाम्रा विश्वविद्यालयमा उत्कृष्ट अनुसन्धान हुनु त परको कुरा, अनुसन्धान नैतिकताको पनि खडेरी लागेको छ । त्यसैले त्यहाँ थेसिस किनबेच,

बौद्घिक चोरी र प्राध्यापकका यौन दुराचारका मुद्दाहरू सार्वजनिक हुँदासमेत आवाज उठाउनेहरू हतपती भेटिँदैनन् । त्यसकारण हाम्रा विश्वविद्यालयहरूमा कैयौं वर्षदेखिका समस्या समाधान हुनुको सट्टा थुप्रिँदै जानुमा अन्य थुप्रै कारणमध्ये प्राज्ञिक अन्तरप्रजनन पनि एक हो ।

अध्ययनहरूले प्राज्ञिक अन्तरप्रजननले निकृष्ट विद्वत्तालाई जन्माउने, विचार र विज्ञताको फैलावटलाई रोक्ने र प्रज्ञिक क्षमतालाई भुत्ते बनाउने देखाएका छन्,

जुन त्रिविमा यतिखेर प्रस्ट रूपमा देखिन्छ । केही दशकपहिले त्रिविका अनुसन्धान केन्द्रहरू जीवन्त थिए । देशका जल्दाबल्दा मुद्दाहरूमा त्यहाँ छलफल, बहस र अनुसन्धान हुने गर्थे । त्यहाँका प्राध्यापकहरू पनि विचार निर्माण गर्नमा, ट्रेन्ड सेट गर्नमा अग्रणी देखिन्थे ।

तर पछिल्ला समयमा विभिन्न प्रणाली अन्तर्गत त्रिविमा भर्ती गरिएका प्राध्यापकहरूले आफ्नै संस्थाको समस्याबारे बोल्न सक्ने अवस्था छैन भने देशको समस्या त परको कुरा !

उनीहरूले नयाँ पुस्तालाई आफूजस्तो रोल मोडल बन्नुपर्छ भनेर उत्प्रेरित गर्न सकिरहेका छैनन् । विश्वविद्यालयको आत्मा मरिसकेकाले होला, त्रिविको वर्तमान अवस्थाबारे पूर्वउपकुलपति केदारभक्त माथेमाको ठम्याइ छ— यो मृत भइसक्यो ।

अन्त्यमा, जसरी आनुवंशिक हिसाबले भिन्नभिन्न व्यक्तिबीच हुने मैथुनले शौर्यवान् ठिमाहा जन्माउँछ, त्यसरी नै प्राज्ञिक उत्कृष्टताका लागि पनि भिन्न विचार, संस्कार र विश्वदृष्टि भएका प्राज्ञिक व्यक्तिहरूबीच प्राज्ञिक मैथुन जरुरी छ ।

विकसित देशका विश्वविद्यालयहरूले प्राध्यापक भर्ती गर्दा प्राज्ञिक अन्तरप्रजननलाई रोक्ने गरेका हुन्छन् । किनभने शैक्षिक गुणस्तर र अनुसन्धान उत्कृष्टताका लागि प्राध्यापकको चयन विश्वविद्यालयका लागि सबैभन्दा महत्त्वपूर्ण निर्णय हो ।

विश्वविद्यालयको निर्माणको सुरुआती अवस्थामा प्राज्ञिक अन्तरप्रजनन नै अपनाउनुपर्ने बाध्यता भए पनि विश्वविद्यालयको परिपक्वतासँगै प्राध्यापकहरूको छनोटमा प्राज्ञिक अन्तरप्रजनन नहोस् भन्नेमा सजगता अपनाउनैपर्छ ।

त्रिवि लगायतका नेपालका विश्वविद्यालयहरूमा यतिखेर अनगिन्ती समस्या छन् । र, तीमध्ये हतपती चर्चामा नआउने तर अन्यत्रका विश्वविद्यालयमा गम्भीर रुपमा लिइने प्राज्ञिक अन्तरप्रजनन पनि यहाँको प्रमुख समस्या हो, जसलाई समाधान गर्न ढिलो भइसक्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय