शुक्रबार , बैसाख १४, २०८१

रौतहट ।

नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले राजपुर ब’म वि’स्फो’टमा घाइते भएकाहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका आफताब आलमको बचाउ गरेका छन् ।

पुरानो झुटो मुद्दामा आलमलाई फसाइएको भन्दै उनले आलमलाई छुटाउन आफूले प्रयास गरिरहेको बताए ।

गढीमाई नगरपालिका–६ धरमपुर, सिंगारवनमा बुधबार विष्णु पुराण महायज्ञको शुभारम्भ गर्दै देउवाले भने, ‘शेख अफ्ताब जेलमा हुनुहुन्छ, उहाँलाई छुटाउन म आफ्नो तर्फबाट लागिरहन्छु ।’

भोलिका दिन परिस्थिति बदलिन सक्ने भन्दै उनले निर्धक्क भएर बस्न आलमलाई आग्रह गरे ।

के हो घटना ?

२०६४ चैत २८ को संविधानसभा निर्वाचनको अघिल्लो रात राजपुरमा बम वि’स्फो’ट भएको थियो । आलमका काका शेख इद्रिसको गोठमा ब’म बनाउने क्रममा वि’स्फो’ट हुँदा घाइते भएकाहरुलाई इँटा भट्टामा जिउँदै ज’ला’एको आरोपमा रौतहट क्षेत्र नम्बर २ का सांसद आलम २६ असोज २०७६ मा प’क्रा’उ परेका थिए ।

उनी पुर्पक्षका लागि थुनामा छन् ।

प्रधानमन्त्री बनाउ भनिन्न, बनाए छाडिन्न ः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले प्रधानमन्त्री पद नमागेको, तर प्रस्ताव आए स्वीकार गर्ने बताएका छन् ।

संसद विघटन गर्ने सरकारी निर्णय बदर भएसँगै नेकपाको प्रचण्ड–माधव समूहले संयुक्त सरकार गठनको प्रस्ताव गर्दा देउवाले पार्टीमा छलफल गर्नुपर्छ भनेका थिए । तर बुधबार चितवनमा आयोजित कार्यक्रममा सभापति देउवाले प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरेका हुन् ।

पदको लोभ नभएको, तर जिम्मेवारी आए नभाग्ने भन्दै उनले भनेका छन्, ‘प्रधानमन्त्री पाऊँ–प्रधानमन्त्री पाउँ भनेको छैन, आयो भने भाग्नेवाला पनि छैन ।’

उनीभन्दा अगाडि बोलेका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस प्रतिपक्षी भूमिकाबाट दायाँबायाँ हुन नहुने बताएका थिए ।

त्यसको जवाफ दिँदै देउवाले भने, ‘अरु पार्टीको (प्राधनमन्त्री) हुनुभन्दा आफ्नै पार्टीको हुँदा फाइदा नै होला, खुसी हुनुहोला भन्ने लाग्थ्यो । तर तपाईको कुरा अरु होस्, शेरबहादुर हुनै हुँदैन भने जस्तो लाग्यो । सानो चित्त नगर्नुस्, विशमल हृदय राख्नुस् रामचन्द्रजी ।’

उनले अघि भने, ‘प्रधानमन्त्रीका लागि मरिमेन्टेवाला पनि छैन, जिम्मेवारी आए भाग्ने वाला पनि छैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय