शनिबार , बैसाख १५, २०८१

कतार विश्वकप : आज हुने फाइनलमा फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुने, कस्ले मार्ला बाजी ?

काठमाण्डाै / फिफा विश्व कप फुटबलको उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स खेल्दैछन् । खेल कतारको लुसेल मैदानमा नेपाली समय अनुसार आज राति पौने ९ बजे सुरु हुनेछ ।

अर्जेन्टिना पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले र फ्रान्स दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २–० गोलले पराजित गरी फाइनलमा पुगेका हुन्। यी दुई देश पहिलो पटक विश्व कपको फाइनलमा खेल्न लागेका छन् । फ्रान्स विश्व कपको साविक विजेता टोली पनि हो । त्यस्तै विश्व कपमा ८ वर्षपछि फाइनल पुगेको अर्जेन्टिना सन् १९८६ पछि विश्व कपको उपाधि जित्ने सुरमा छ ।

सन् २०१४ मा अर्जेन्टिना फाइनलमा जर्मनीसँग अतिरिक्त समयमा पराजित भएको थियो । अर्जेन्टिनाका कप्तान ३५ वर्षका लिओनल मेस्सीका लागि यो अन्तिम विश्व कप हो । उनकै नेतृत्वमा अर्जेन्टिनाले गएको वर्ष कोपा अमेरिकाको उपाधि समेत जितेको थियो ।

अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा तथा फ्रान्सले सन् २०१८ र १९९८ मा विश्व कपको उपाधि जितेका थिए । यसपालि जितेमा फ्रान्सले लगातार दोस्रो पटक जितेर उपाधि रक्षा गर्नेछ । साथै लगातार उपाधि जित्ने दोस्रो देश पनि बन्नेछ ।

विश्व कप इतिहासमा ब्राजिलले सन् १९५८ र सन् १९६२ मा उपाधि जितेको रेकर्ड छ । ब्राजिल पाँच पटकको विश्व कप उपाधि विजेता टोली हो । तर यसपालि ब्राजिल क्वाटरफाइनलमा क्रोएसियासँग पेनाल्टी सुटआउटमा पराजित हुन पुग्यो ।

यो विश्व कप फुटबलमा मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो भएको छ । गएराति कतारको खलिफा मैदानमा भएको खेलमा मोरक्कोलाई २–१ गोलले हराउँदै क्रोएसिया तेस्रो भएको हो ।

र यो पनि

काठमाडौ । करिब ५ बर्ष देखि अलपत्र रहेको भरतपुर महानगर स्थित कचपचे चोक देखि धर्मचोक हुदै बेलचोक सम्मको सडक काम अहिले तिब्र गतिमा चलेको छ। रवि लामिछाने शनिबार स्थानीयको सडकको समस्यालाई समाधान गर्न फिल्डमै उत्रिएका थिए।

लामिछाने आएर ठेकदारलाई छिटो काम सक्न सचेत गराएपछि अहिले तिब्र गतिमा काम सुरु भएको छ।

सभापति लामिछानेले निर्माणको ठेक्का पाएको कम्पनी रमन शिवशक्ति जेभीका व्यवस्थापक राजु थपलिया र इन्जिनियर रञ्जन ठाकुरलाई आफ्नै मुखबाट माइकमा बोल्न लगाएर आइतबारदेखि नै काम गराउने प्रतिवद्धता गराएपछि धमाधम काम सुरु भएको हो।

‘यो मंसिर भित्र सबै काम सकिन्छ, निर्वाचनलगायतका विभिन्न कारणले ढिलाई भएको हो अब हुँदैन’–थपलियाले भने । यो सडकको काम सम्पन्न नहुदा स्थानीयबासि आक्रोसित बनेका थिए।

उनीहरु पटक पटक आन्दोलन गरेर मेयर सम्म पुग्दा पनि उक्त सडकको काम हुन् सकेन।

लामिछानेले ठेकदार कम्पनिलाई केहि सहयोग चाहिने भए आफुले गर्ने पनि बताएका छन्।त्यस्तै भरतपुर महानगरपालिकाकि मेयर रेणु दहालले भने ठेकदारलाई काम सक्न बारम्बार आग्रहगर्दा पनि ठेकदारले वेवास्था गरेको बताएकी थिइन्।

महानगरीय रिंग रोड तथा लिंक रोडकोप्याकेज नं २ अन्तर्गत सुरु गरिएको सो सडकको मर्मतको कार्य २०७७ आषाढ मसान्तभित्रै सक्नुपर्ने भए पनि कोरोना महामारीका कारण सरकारले नै ठेकेदारलाई २०७७ पुस मसान्तसम्म म्याद थप गरेको थियो । तर पनि ठेक्का पाएको कम्पनीले ढिलासुस्ती गरिदिँदा सडकको मर्मत कार्य कहिले सकिने हो भन्ने अझै अन्यौल छाएको छ ।

पोखरा –नेपाली अग्रज खेलाडीहरुको छाता संस्था ‘नेपाल भूतपूर्व खेलाडी मञ्च’को आयोजनामा हुने ‘१७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को तयारी सुरु भएको छ ।

आगामी फागुन ६ गते शनिबार आयोजना हुने ‘१७ औं सफल पोखरा अन्तर्राष्टिय म्याराथन’को तयारी सुरु भएको मञ्चले जनाएको हो । तयारी संगै १७ औं संस्करणमा पोखरा म्याराथनको पुरस्कारमा समेत भारी वृद्धि गरिएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जनाएका छन् ।

अध्यक्ष पराजुलीका अनुसार पोखरा म्याराथन विजेताले अव ५ लाख नगद पाउनेछन् । गत वर्ष ४ लाख रहेको पुस्कार राशी यो वर्ष १ लाख बढाइएको छ ।

त्यसै गरी म्याराथन ४२.१९५ किमितर्फ नै दोस्रो, तेश्रो र सान्त्वना सम्म सबै पुरस्कार राशी बढाइएको छ । अध्यक्ष पराजुलीका अनुसार दोस्रो, तेश्रो र सान्त्वनातर्फ क्रमश नगद ३ लाख, २ लाख र ३० हजार नगद पुरस्कार रहेको छ भने गण्डकी प्रदेशतर्फको विजेताले समेत छुट्टै नगद पुरस्कार प्राप्त गर्नेछन् ।

गण्डकी प्रदेशतर्फ पहिला,े दोस्रो र तेश्रो हुनेले क्रमश नगद ५०, ३० र २० हजार प्राप्त गर्ने मञ्चले जनाएको छ । त्यसै गरी हाफ म्याराथन महिलातर्फ समेत नगद पुरस्कारमा वृद्धि गरिएको छ । हाफ म्याराथनतर्फ प्रथमले १ लाख ५० हजार, द्वितियले १ लाख, तृतियले ७५ हजार र सान्त्वना हुनेले १५ हजार गरिएको छ ।

म्याराथन अन्तर्गतनै हुने १० किमि महिला तथा पुरुष दौडका विजेताले क्रमश प्रथम हुनेले नगद ३, द्वितिय हुनेले नगद २० र तृतियले १५ हजार प्राप्त गर्नेछन् ।

कार्यक्रम अन्तर्गत नै विद्यालयस्तरिय छात्र÷छात्रा दौडको समेत पुरस्कार राशी बढाइएको छ भने ह्विल चियर महिला पुरुष तथा दृष्टिविहिन महिला पुरुष दौडतर्फ समेत पुरस्कार राशी बढाइएको मञ्चले जनाएको छ ।

गत केही सस्करणमा कोभिड १९ का कारण फरक फरक मितिमा पोखरा म्याराथन आयोजना हुँदै आएकोमा यो पटक भने सबै इभेन्टहरु एकै पटक एकै समय फागुन ६ गते शनिवारनै हुने अध्यक्ष पराजुलीले बताए । पुरस्कार राशीमा समेत भारी वृद्धि गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई आकर्षण बढाउने तर्फ मञ्चको ध्यान केन्द्रित गरिएको बताउँदै उनले भने–“वर्ष १६ औं संस्करणको कुल पुरस्कार राशी नगद १२ लाख २६ हजार थियो ।

तर अव पुरस्कारतर्फ कुल नगद १७ लाख ५२ हजार पु¥याएका छौं ।” यो संगै म्याराथनतर्फ दौड पुरा गर्नेलाई १ सयजना, हाफ म्याराथनतर्फ ५० जना, १० किमि पुरुषतर्फ २ सय जना महिला १० किमितर्फ १ सयजना र छात्र–छात्रासमेत गरी करिव एक हजार मेडलका साथमा ईप्रमाण पत्र समेत वितरण गरिनेछ ।

पोखरा म्याराथनको तयारी संगै मञ्चले खेलाडी दर्ता प्रक्रिया समेत अघि बढाएको जनाएको छ भने म्याराथन सफल बनाउन अध्यक्ष पराजुलीको मुल संयोजकत्वमा २२ सदस्यिय विभिन्न समिति समेत गठन गरिएको महासचिव कृष्ण तिमिल्सिनाले बताएका छन् । उनका अनुसार खेलाडीले पोखरा म्याराथनको वेवसाईट धधध।उयपजबचबmबचबतजयल।यचन मार्फत दर्ता गर्न सक्ने । १७ औं संस्करणबाट एक साता अगावै दर्ता प्रक्रिया समेत रोक्ने आयोजकले जनाएको छ ।

पोखराको प्रतिष्ठित उद्योग मध्ये एक सुजल डेरीको उत्पादन सफल दुध मुख्य प्रायोजक रहेको पोखरा म्याराथनलाई गण्डकी प्रदेश सरकार, यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगर पालिका, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरेली मञ्च युके मुख्य सहयोगीको रुपमा रहेका छन् ।

त्यसै गरी तमु धिं युके, सहारा युके, बगर भाई खलक यूके, नेपाली समाज अमेरिका, दुर्गा गुरुङ यूके, सहारा क्लव अस्ट्रेलिया, सहारा क्लव हङकङलगायत स्वदेश तथा विदेशका समाजसेवीहरु, उद्योगी तथा व्यवसायीहरुले सहयोग गर्दै आइरहेका छन् ।

मञ्चले हालै गण्डकीमा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा गण्डकी प्रदेशले प्राप्त गरेको सफलता प्रति खुसी व्यक्त गरेको छ । प्रदेशहरु मध्ये गण्डकी प्रदेश उत्कृष्ट नतिजाका साथ प्रथम हुनु सबैको लागि खुसीको विषय रहेको बताउँदै खेलाडी, प्रशिक्षक, व्यवस्थापक र खेल संघहरुलाई बधाई दिएको हो ।बालेन भन्दा झन कडा निस्किए रबी, अरुले ५ बर्षसम्म गर्न नसकेको काम ५ दिनमै गरेर देखाए !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय