शनिबार , अषोज ६, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल सत्ता समीकरणका लागि बुधबार बिहान चितवनबाट काठमाडौं आएलगत्तै प्रचण्ड र नेपालले पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा नेताहरूसँग सामान्य परामर्श गरी बूढानीलकण्ठ पुगेर कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए।

प्रचण्डले पेरिसडाँडामै पुगेर जनता समाजवादी पार्टी जसपा का नेता राजेन्द्र श्रेष्ठसँग छलफल गरेका थिए।

त्यस लगत्तै दाहाल–नेपाल पक्षको स्थायी समिति बैठक बस्यो ।

बिहीबार बिहानै नेकपा उपाध्यक्ष वामदेव गौतमसँग प्रचण्डले लामो छलफल गरे। त्यसपछि पार्टी कार्यालय पेरिसडाँडामा जसपाका नेता श्रेष्ठकै पहलमा महन्थ ठाकुर र राजेनद्र महतोसँग प्रचण्ड र माधवकुमार नेपालसँग् भेट गराए। डेढ घण्टा लामो भेटमा सत्ता समीकरणकै विषयमा छलफल केन्द्रित भएको छ।

पेरिसडाँडामा भएको छलफलमा नेकपाका अध्यक्षद्वय प्रचण्ड र नेपालले सत्ता समीकरणमा साथ दिन सजपा नेतालाई आग्रह गरे। प्रचण्ड र नेपालले यस्तो आग्रह गरेपछि जसपा नेताहरुले भने नेकपा आधिकारिकताको प्रश्न गरेका छन्।

नेता महन्थ ठाकुरले छलफलका क्रममा नेकपाको आधिकारिकताबारे प्रश्न गरेका हुन्। उनले आधिकारिकताको विषय टुंगो नलाग्दासम्म सहकार्य गर्न सक्ने अवस्था नहरेकोसमेत प्रष्ट पारेका छन्।

‘तपाईंहरुको पार्टी कुन हो ? पहिला तपाईंहरु पार्टीको टुंगो लगाउनुहोस्’, छलफलमा सहभागी राजेन्द्र महतोले महन्थ ठाकुरको भनाइ उद्धृत गर्दै भने, ‘नेकपाको आधिकारिताको विषय टुंगो नलाग्दासम्म सहकार्य हुन सक्ने अवस्था हुँदैन।’

प्रचण्ड र नेपालले सत्ता समीकरणमा साथ दिन आग्रह गरेपछि जसपाका नेताहरुले पार्टी नभएसम्म सरकार बनाउन नसकिने भन्दै यस्तो प्रश्न गरेका हुन्।

‘उहाँहरुले मिलेर अगाडि जानुपर्छ भन्नुभयो,’ जसपा नेता राजेन्द्र महतोले भने, ‘हामीले केपी ओलीको प्रतिगमन त सच्चियो ।

संविधान बनाउने बेला भएको प्रतिगमन कहिले सचिन्छ भनेर भनेका छौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय