शनिबार , बैसाख १५, २०८१

काठमाडाैं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले मिलिनियम च्यालेन्ज करर्पोरेशन (एमसीसी) अब संसदबाटै पारित हुने बताएका छन ।

बुधबार इमेज एफएमसँको कुराकानीमा पूर्वप्रधानमन्त्री समेत रहेका खनालले एमसीसी संसदबाट पारित हुने बताएका हुन । उनले एमसीसीमा केही सुधार भने गरिने बताए ।

यसअघि एमसीसीको कट्टरबिरोधीका रूपमा देखिएका खनालले अहिले अमेरिकामा पनि जोवाइडेनको नेतृत्व आएको बताउँदै एमसीसीमा सामन्य परिमार्जन गरेर संसदबाटै पारित गराउने बताए ।

उनले पार्टीको विवादका सम्बन्धमा कुरा गर्दै अब प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै पनि एकताको सम्भावना नरहेको बताए । उनले ओली बहेकका नेताहरूलाइ भने पार्टीमा स्वागत गरिने बताए ।

के हो एमसीसी

करिब रु ६४ अर्बको सो परियोजनामा करिब रु ५१ अर्ब अमेरिकी र रु १३ अर्ब नेपाल सरकारको लगानी गर्ने बताइएको छ । दुई पक्षबीच सन् २०१७ सेप्टेम्बर १४ मा नेपालका तर्फबाट तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत जोनाथन नासबीच ‘कम्प्याक्ट सम्झौता’ भएको थियो ।

सम्झौतामा काठमाडौँको लप्सीफेदीदेखि नुवाकोटको रातमाटेसम्म, रातमाटेदेखि हेटौंडासम्म, रातमाटेदेखि दमौलीसम्म, दमौलीदेखि बुटवलसम्म र बुटवलदेखि भारतको सिमानासम्मको खण्डमा ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण तथा रातमाटे, दमौली र बुटवलमा तीन सबस्टेशन निर्माण गरिने उल्लेख छ । संसद्बाट पारित सरकारको नीति तथा कार्यक्रममा प्रसारण विस्तारको विषय उल्लेख छ ।

यसैगरी पूर्वपश्चिम राजमार्गको कपिलवस्तुको चन्द्रौटादेखि लमही हुँदै बाँके र दाङमा पर्ने शिवखोलासम्म कूल १ सय किलोमिटर सडकको स्तरोन्नति गरिनेछ । बुटवल–गोरखपुर अन्तर्देशीय प्रसारण लाइनको नेपाल भारत सीमासम्मको निर्माणका लागि सहायता उपयोग गरिने पनि जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय