मंगलबार , चैत्र ६, २०८०

रविले जित्दै जित्दैन भनेक्की सरु माता रविले केहि माखो मार्दैन, फुल मालाको जिताईलाई म जित मान्दैन मान्दिन भन्दै: सरु माता मिडियामा (हेर्नुहोस भिडियो) यो फुल मालाको जिताई म मनाउदै मनाउदिन, यो रविलाई भोट दिएर जिताउने सबै भेडा हुन्, र जनताले आफै खुट्टामा कोदालो हाने,एस्तो जितलाई म जित मान्दिन, ५ बर्ष हेरौं ।

रविले माखो मार्दैन, रबि प्रधानमन्त्रि बन्न असम्भव छ, धेरै जाने पर्दैन ४, ५ महिना मात्र हेरौं, । जनता ऐले उफ्रिदैमा केहि हुँदैन, रबि लामिछानेले यो जितेको यो जित नै होइन, मलाई गालि गलौच गर्नेहरुलाई सबैलाई म उजुरी हाल्छु भन्दै माता पत्रकार संग जंगीईन, रबि लामिछानेले माखो मार्दैनन मलाई गालि गर्नेहरु सबै भेडा हुन् ।

जस्तो मान्छे त्यस्तै हुन् । पतित मान्छेले हो गाली गर्ने जो जस्तो हो त्यस्तै भन्छन । रविले गरेको रास्कोट हस्तितल पनि हेरियो, न्यूज २४ पनि हेरियो, ग्यालेक्सी पनि हेरियो आब राजनीति पनि हेरिन्छ, रविलाई भोट हाल्ने पछुताउछन्, उनीहरुले नै रविलाई गाली गर्छन, ह्भंदै यसरि रिसाईन बाँकी सबै भिडियोमा हेरौं ।

र यो पनि
जुट्यो सहमति, शेरबहादुर देउवा राष्ट्रपति, प्रचण्ड प्रधानमन्त्री हुनेगरि सहमति ! माधव नेपाललाई भने यस्तो हेर्नुहोस।

https://nepalirajneeti.com/archives/36781चितवन क्षेत्र नम्बर २ मा भारी मतान्तरले विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले पछिसम्मका लागि सोचेर खरिद गरिएका अतिरिक्त कार्यालय सामग्रीहरुको हिसाबबाहेक चुनावी खर्च ११ लाख ८१ हजार ४ सय ७२ रूपैयाँ देखिएको जनाए ।

उनले सामाजिक सञ्जाल मार्फत आफ्नो कार्यकाल भरी कुनै पनि सम्मान, पुरस्कार, उपहार ग्रहण नगर्ने निधो गरेको पनि उल्लेख गरेका छन् । रविले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका थिए । लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्दा श्रेष्ठले १५ हजार ९९ मत ल्याए ।

यस्तो लेखेका छन् रविले सामाजिक सञ्जालमा

आदरणीय चितवन– २ का आमाबुबा दाजुभाइ दिदिबहिनीहरु।

आजबाट विजयको खुसियाली मनाउने सम्पूर्ण कार्यक्रमहरू सकिएको जानकारी गराउन चाहन्छु। सबै माध्यमबाट तपाईँले दिनु भएका शुभकामनाहरूलाई यही बाट एकमुस्ट धन्यवाद दिन चाहन्छु । आफ्ना केही कुरा बुँदागतरुपमा राखें।

१) मेरो चुनावी खर्च ११ लाख ८१ जहार ४ सय ७२ रुपैयाँ देखिएको छ। (पछिसम्मका लागि सोचेर खरिद गरीएका अतिरिक्त कार्यालय सामग्रीहरुको हिसाब जोडिएको छैन) २) कार्यकाल भरी कुनै पनि सम्मान, पुरस्कार, उपहार ग्रहण नगर्ने निधो गरेको छु।

३) सबै संघ संस्थाहरुको हकहितको नितिगत काममा दिलोज्यानले लाग्नेछु तर ती कार्यक्रमहरूको उद्घाटन, आसनग्रहण भाषणहरुमा म सहभागी हुने छैन तर आफ्नो साटो एक जना प्रतिनिधि अनिवार्य पठाउने छु। (पहिले नै वाचा गरेका ७ वटा कार्यक्रममा चाहिँ जाना पर्ने छ। ती कार्यक्रमहरुमा १ घण्टा भन्दा बढि समय लगाउने छैन)

४) भोज,भतेर,पारिवारिक उत्सव जमघट आदिमा सहभागी हुन सकिन भने माफ गरिदिनु होला। ५) मिडियाहरुमा अन्तर्वार्ता दिने र पार्टीका नीतिहरू बारे बोल्ने जिम्मा पार्टीका अन्य साथीहरूलाई दिइएको छ। प्रवक्ता तथा सूचना अधिकारीहरूले यसमा सहयोग गर्नु हुने छ।

६) प्रत्यक ४÷४ महिनामा सार्वजनिक सुनुवाइमा सार्वजनिक स्थानमा नागरिकलाई जवाफ दिन भने म आफै उपस्थित हुनेछु।

७) कुनै पनि रेस्टुरेन्ट, होटल, सिनेमा हल, पार्किङ आदिको सेवा सित्तैमा लिने छैन। अरु ग्राहकलाई झै समान मूल्य तिराउनु होला। कुनै किसिमका उपहार,मायाको चिनोहरुमा एक पैसा पनि खर्च नगर्नु होला।

८) औपचारिक शपथग्रहणको दिन वा त्यस अगावै आफ्नो चुनावी खर्चको पुर्ण विवरण तथा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नेछु।

९) सपथग्रहण लगत्तै आफनो नम्बर सबैका लागि सार्वजनिक गर्नेछु। त्यतिन्जेल सम्मका लागि आफ्ना गुनासो वा सुझाव भए लिखित रूपमा चितवन ११ स्थित घरमा राखिएको “भन्नुहोस् के सेवा गरौ“ लेखिएको बाकसमा खसाउनु होला।

१०) लामो लामो राजनीतिक छ्लफलहरु भन्दा सुशासन, समृद्धिका अर्थपुर्ण छ्लफलहरुमा मेरो रुचि रहनेछ। आर्थिक विकास, रोजगारी सिर्जना, आत्मनिर्भरता, समुदायमा युवाहरुको संलग्नता, महिला सशक्तीकरण जस्ता विषयका सटिक र अर्थपुर्ण बहसहरुमा सहभागीहुन म खोजी खोजी आउने छु।

अन्त्यमा,

राजनीतिक भेटघाट र पार्टीको महत्वपुर्ण कामका लागि आज साँझ काठमाडौ जादैछु। केही दिनमा नै चितवन २ मा आफ्नो कार्यालय खोलेर तपाईहरुको सेवामा समर्पित हुनेछु। पुर्ण चुनावी नतिजा र संसदीय प्रक्रिया नस्किउन्जेल धैर्य पुर्वक बसिदिनु होला। म सम्भव भए सम्म धेरै भन्दा धेरै समय आफ्नो चुनावी क्षेत्रमा नै रहने वाचा गर्दछु। हामी आज बाटै काममा लाग्यौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय