शनिबार , बैसाख १५, २०८१

फिफा विश्वकप २०२२ मा आयोजक कतार उद्‌घाटन खेलमा पराजित भएको छ।

आइतबार राति भएको उद्घाटन खेलमा कतारलाई इक्वेइडरले २-० गोलले हराएको हो।

उसका लगि दुवै गोल इनर भ्यालेन्सियाले गरे। उनले खेलको १६ मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरे। ३१ मिनेटमा उनलये अग्रता दोब्बर पारे।समूह ‘ए’ को यो खेलमा जित हात पारेसँगै इक्वेइडरले तीन अंक जोड्न सफल भएको छ।पराजय भोगेसँगै कतारको नाममा खराब रेकर्ड बनेको छ।

कतार पहिलो खेल गुमाउने आयोजक बनेको छ। विश्वकपमा भोलि सोमबार साँझ ६:४५ मा इंग्ल्यान्ड र इरान समूह बीको खेलमा तथा राति ९:४५ मा सेनेगल र नेदरल्यान्ड्स समूह एको खेलमा प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय