शुक्रबार , बैसाख १४, २०८१

भनिन्छ,श्रीमान श्रीमतीको झ’गडा ‘परालको आगो’ हो एकैछिनमा साम्य हुन्छ । तर, तीर्थबहादुर विक र भीममाया विक बीच त्यो कुरा लागु भएन । एकआपसमा पैदा भएको शं’कैशं’कामा हुने घरझ’गडाले सोमबार श्रीमान श्रीमतीले नै ज्या’न गु’मा’उनुप¥यो ।

उनीहरुका कान्छो छोरा सरोज भन्छन्,‘सामान्य कुरामा पनि आमा बुवाको पटक–पटक वि’वा’द भइरहन्थ्यो, यतिसम्म होला भन्ने सोचेका थिएनौं ।’

धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका तीर्थबहादुर र भीममायाको श्रीमान श्रीमतीबीच ज’वानी हुँदादेखि नै आ’पसमा शंकाको घेरा थियो । आफन्तहरुका अनुसार श्रीमानले श्रीमतिमाथी शं’का गर्ने श्रीमतीले श्रीमानमाथी शं’का गर्ने र बेला बेला झ’गडा परिरहन्थ्यो ।

सोमबार विहान पनि सामान्य वि’वा’द भएको रहेछ, विवाद भएपछि घरबाट निस्किएका तीर्थबहादुर केहीबेरमा घर आए । र विहानको झ’गडा बिर्सिसकेको जसरी नै श्रीमतीलाई खेतमा काम गर्न जाउँ भने । औसीको भाग खुहाउन आएका भीममायाको दिदि (तीर्थबहादुरको जेठी सासु)को छोरी पनि घरमै थिए ।

त्यो छोरीलाई दिउसो खाना बनाएर राख हामी खेतमा गएर आउँछौं भनेर निस्किए

यो पनि काठमाडौं । दोहोरी खेल्ने कलाकारहरू गीतमा संवाद गर्छन्, काल्पनिक विषयवस्तु बनाएर । दोहारीमा गरिने माया-प्रेम वा धोका र विछोडका कुराहरू प्राय काल्पनिक हुन्छन् र दोहोरीमै सीमित हुन्छन् । तर,

चर्चित दोहोरी कलाकार बबिता बानियाँ ‘जेरी’ यतिबेला आफ्नो वास्तविक जीवनकै घटनाक्रमलाई दोहोरीमा गाएर चर्चा र संवेदना बटुलिरहेकी छन् ।

श्रीमान् शंकर क्षेत्रीसँग जेरीले हालै गरेको सम्वन्धविच्छेदको खबर मिडियाहरूमा ठूलो हेडलाइन बनेको थियो । डिभोर्ससँगै जेरीले एउटा युट्यूव च्यानललाई दिएको अन्तरवार्ताले आम सर्वसाधारणको सहानुभूति उनीतर्फ खिचियो । उक्त अन्तर्वार्तामा विवाह गरेदेखि श्रीमान्‌बाट पाएको प्रताडनाको वर्णन गरेकी थिइन् । जेरीले सो अन्तर्वार्तामा आफू अब डिभोर्सको विषयमा मिडियासँग नबोल्ने बताएकी छन् ।

तर, अहिले लाइभ दोहोरीमै जेरीले पारिवारिक विषय ल्याएर आँशुको भेल बगाउन थालेपछि मिश्रित प्रतिक्रिया आउन थालेको छ । धेरैले उनीप्रति सहानुभूति जनाइरहेकै छन्, तर कतिपयले ‘आँशुको व्यापार गरेको’ आरोप पनि लगाएका छन् । जेरीले आफ्नै भाइ विजय बानियाँसँग दुई दिनअघि गाएको लाइभ दोहोरी अहिले भाइरल छ ।

संगीतकार बीबी अनुरागीको जुनकिरी लाइभ स्टुडियोमा उनले सो दोहोरी गाएकी हुन् । शोकधुन बजाउँदै गाइएको उक्त दोहोरीमा जेरी विक्षिप्त देखिएकी छिन् भने भाइ विजय शोकाकुल छन् । कार्यक्रममा भाग लिएका सबै कलाकार अनवरत सुँक्क-सुँक्क गरिरहेका हुन्छन् । कुनै महिलाको डिभोर्स हुनु भनेको उनका लागि जीवनकै समाप्ति हो भन्ने गलत सन्देश दिने गरी यो लाइभ दोहोरीको ‘सेटिङ’ गरिएको छ ।

उक्त दोहोरीमा व्यक्त भावअनुसार परिवारले नरुचाउँदा-नरुचाउँदै जेरीले शंकरसँग एकोहोरो प्रेम र विवाह गरेकी थिइन् । दोहारीमा विजय भन्छन्ः उहीलाई रोजेउ भन्दा नि खराब छ, तिम्रा निर्दोष आँशुले सराप्छ जेरी जवाफ दिन्छिन्ः थाथ्यो पहिल्यै थिएन लायक, अरु मनै परेन ऊबाहेक, दोहोरीमा जेरीले आफ्नो छोरीलाई जोडेर केही हृदयविदारक कुराहरू गरेकी छन्ः

हिँड्ली भाञ्जी अटेरी बनी, नपिटेस है बाउजस्तै छ भनि, यो आगो त उल्लाइ नि झोसियो, दुई वर्षमै बाउको काख खोसियो सँगै राख्नु भाञ्जीको घर छैन, मर्छु होला मेरो त भर छैन बच्चा सम्झि पागलै भाथेँ म सँगै लेर मर्न नि गाथेँ म समयमा सुताउनु खुवाउनु, म मरे नि भाञ्जीलाई नरुवाउनु

लाइभ दोहोरीमा पहिल्यैदेखि बहुचर्चित जेरी डिभोर्सपछि झन् धेरै डिमान्डेड बनिरहेकी छन् ।

एउटा दोहोरी गाएको १० देखि १५ हजार रूपैयाँ लिने उनले डिभोर्सपछि मात्रै ४० वटा दोहोरी गाइसकेको बुझिएको छ । प्रायः दोहोरी सञ्चालकले उनलाई वास्तविक जीवनमाथि नै गाउन लगाइरहेका छन् र उनले पनि खुशीसाथ गाइरहेकी छन् ।

दोहोरी गायकहरू रविन लामिछाने, बालचन्द्र बराजलगायतले जेरीका पूर्वपति शंकरको भूमिकामा रूपमा पेश भएर उनीसँग दोहारी गाएका छन्, जुन निकै हास्यास्पद लाग्छ । सबै दोहोरीमा एउटा कुरा साझा छ, जेरीको पीडा र आँशु । तर, यतिबेला दोहोरी सञ्चालकहरूले उनको आँशुलाई बिकाउ वस्तु बनाएको जस्तो प्रतित हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय