
काठमाडौँ
पूर्वयुवराज पारस शाह र चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेबीच भेटवार्ता भएको समाचार सार्वजनिक भएको छ ।
राजनीतिक उपलब्धी संकटमा परेको भनिएका बेला उनीहरुबीच भेटवार्ता भएको समाचार सार्वजनिक भएको हो ।
फागुन ३ गते सोमबार साँघु साप्ताहिकले प्रकाशित गरेको समाचारअनुसार पूर्वयुवराज परास शाह र रवि लामिछानेबीच
करिब १२ दिन अघि पोखराको वैदाम लेकसाइडस्थित एक रेस्टुरेन्टमा भेटवार्ता भएको हो । यद्यपि सो भेटवार्तामा के कुराकानी भएको हो भन्ने साँघुले खुलाएको छैन। उसले यसबारे थाहा हुन नसकेको जनाएको छ ।
पारस शाहले करिब १२ दिन अगाडि पोखरामा चर्चित पत्रकार रवि लामिछानेलगायतसँग वार्ता गरेका छन् ।
पोखराको वैदाम लेकसाइडस्थित एक रेस्टुरेन्टमा भएको उक्त वार्तामा के कुराकानी भए भन्ने कुरा चाहिँ थाहा हुन सकेको छैन साँघुले लेखेको छ ।
सार्वजनिक समाचारअनुसार रवि लामिछानेको समूहले बुक गरेको सो रेस्टुरेन्टको हलमा केही बेरपछि पारस शाहको सुरक्षाकर्मीले मागेका थिए ।
अलमलमा परेका रेष्टुरेन्टका सञ्चालकले सो हल रवि लामिछानेलाई दिइसकेको भन्दै उपलब्ध गराउन नसक्ने जवाफ दिए ।
यसबारे साँघुले लेखेको छ पारसका सुरक्षाकर्मीले रवि लामिछानेसँग नै भेट गर्ने कार्यक्रम रहेको भनेपछि रेस्टुरेन्ट सञ्चालक पारसको टोलीको सम्भावित त्रासबाट मुक्त भए ।’
साँझपख पारस शाह र रवि लामिछाने बिच करिब १ घण्टा वान टू वान वार्ता भएको स्रोतलाई उद्धृत गर्दै समाचार प्रकाशित भएको छ ।
रवि लामिछानेले सुरुमा पारस शाहसँग पोखरामा भेट भएको कुरा स्वीकार्न मानेनन् ।
पछि रेस्टुरेन्टमा भेट भएको हो, तर वान टू वान वार्ता भएको होइन भन्ने रविले दाबी गरेको प्रकाशित समाचारमा उल्लेख छ ।
योजनाबद्ध रुपमा भेटेको कुरालाई अस्वीकार गरेका रविले पारससँग भेट हुँदा १०÷१२ जना व्यक्ति सँगै रहेको बताएका छन् । रविले भनेका छन्पा रससँग संयोगवश भेट भएको हो । जो कसैसँग पनि भेट हुनु ठूलो कुरा होइन ।
न्यूज २४ टिभीबाट बाहिरिएपछि रवि लामिछाने देश दौडाहामा निस्केका छन् । यही क्रममा उनी २०७७ माघको दोस्रो हप्ता पोखरा पुगेका बेला पारससँग भेट भएको हो ।