केपी ओलीलाई सपोर्ट गर्दै प्रचण्ड: ओलिको पक्षमा जनमत बनेको प्रचण्डद्वारा स्वीकार

काठमाडौं:

प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको पक्षमा जनमत बनेको स्वीकार्नु भएको छ ।

सोमबार चितवनमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले नेकपाले आफ्नो पक्षमा मान्छे उतारेको स्वीकार गर्नुभयो ।

प्रधानमन्त्री केपी ओलीले नेतृत्व गर्नुभएको नेकपाको पक्षमा उत्रिएका नागरिकलाई प्रलोभनमा परेर उत्रिएको आरोप लगाउन भने उहाँ पछि पर्नुभएन ।

‘उहाँले पञ्चर्यालीहरु जम्मा गर्ने, जमिन बाँड्छौँ भनेर मान्छे उतार्ने, पहिलाका राजामहाराजाले जे गर्थे त्यही गर्नु भएको छ, त्यसको केही अर्थ र महत्व छैन’, नेकपाको पक्षमा उत्रिएको जनमतको अपमान गर्दै प्रचण्डले आरोप लगाउनुभयो ।

प्रचण्डले आफूहरु संविधान र लोकतन्त्र माथिको प्रहार विरुद्ध आन्दोलनमा रहेको पनि बताउनुभयो । प्रचण्डले नेपाली जनताले प्राप्त गरेको उपलब्धि धरापमा परेको भन्दै यसलाई जोगाउन एकजुट हुन आग्रह गर्नुभयो ।

२०७७ फाल्गुन ३, सोमबार १३:१६ गते 0 Minutes 1026 Views

नेपाली राजनीतिमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार