शुक्रबार , बैसाख १४, २०८१

काठमाडौं:

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले बनाएका दुईजना मन्त्री फर्कन लागेको दाबी गरेका छन् ।

उनले आज भृकुटीमण्डपमा आयोजित नेकपाको प्रचण्ड-नेपाल समूहको विरोध सभामा बोल्दै आफ्नो समूहमा ठुलो संख्यामा नेता कार्यकर्ता फर्कने क्रम रहेको दाबी गरेका हुन् ।

‘हामी कहाँ फर्कनेको लामो लिष्ट छ,’ प्रचण्डले भने,‘उहाँले नै बनाएका दुईजना मन्त्री फर्कन मसँग वार्ता गरिरहेका छन् ।’

प्रधानमन्त्री ओलीसँग गृहमन्त्री रामबहादुर थापा बादल असन्तुष्ट भइरहेको विषय बाहिर आइरहँदा प्रचण्डको पछिल्लो भनाई आएको हो ।

ऊर्जामन्त्री टोपबहादुर रायमाझी पनि ओलीसँग असन्तुष्ट रहेको बुझिएको छ । दुवैजना विगतमा प्रचण्ड समूहका थिए ।

यो पनि पढ्नुहोस: नेकपाको प्रचण्ड–नेपाल पक्षकी नेृत रामकुमारी झाँक्री पक्राउ परेकी छन् । झाँक्रीलाई महानगरीय अपराध महाशाखाको टोलीले उनकै निवास शंखमुलबाट बिहीबार पक्राउ गरेको हो ।

पक्राउ गर्न सादा पोशाकमा खटिएको अपराध महाशाखाको टोली सुरूमा रित्तै फर्किएकाे थियाे । उनकाे निवास परिसरमा समर्थकहरूकाे नाराबाजी चलेपछि प्रहरीले पक्राउ गर्न सकेकाे थिएन ।

झाँक्रीले पनि पक्राउ पुर्जी लिएर आउन चुनाैती दिएकी थिइन् । प्रहरी पक्राउ पुर्जी लिएर आएपछि उनले आफैले गिरफ्तारी दिएकी हुन् ।

राष्ट्रपतिलाई मानमर्दन गरेको आरोपमा नेकपा दाहाल–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले सोधपुछका लागि बोलाएको थियो ।

झाँक्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय