मंगलबार , चैत्र ६, २०८०

दोहोरी गायक तथा कलाकार शंकर क्षेत्रीले दोहोरी गायिका बबिता बाँनिया उर्फ जेरीसँगको सम्बन्ध विच्छेदपछि जीवनको नयाँ अध्याय सुुर गर्ने तयारीमा रहेको बुुझिएको छ । स्रोतका अनुसार जेरीसँग सम्बन्ध विच्छेदपश्चात उनले नयाँ सम्बन्ध जोड्ने तयारी गरेका छन्।

 

अर्को विवाहको बाटो खुला गर्न नै शंकरले जेरीलाई चाँडोभन्दा चाँडो पन्छाउन चाहेको आशंकासमेत गरिएको छ । शंकर केही समयदेखि एक युवतीसँग नजिक रहेको बुझिएको छ ।

 

पहिले जुनकिरी रोदी क्लवमा नै काम गर्ने ती युवतीकै कारण जेरी र शंकरको सम्बन्धमा दरार आएको हुनसक्ने पनि अनुमान छ । यद्यपि, शंकर भने यसलाई खण्डन गर्छन् । आफूहरुको विचार नमिलेका कारण नै आपसी सहमतिमा सम्बन्ध विच्छेद गर्न लागेको उनको भनाइ छ ।

 

शंकर अहिले सामाजिक सञ्जालमा निकै नकारात्मक प्रतिक्रियाहरुको सामना गरिरहेका छन् । धेरैले शंकरलाई जेरीकै बलमा हिट भएर अहिले उनैलाई ला’त हानेको भन्दै गा’लीग’लौज गरिरहेका छन् । तर, जेरीले भने आफूहरु दुवैले एक-अर्कालाई करिअरमा सघाएको भन्दै शंकरलाई गाली नगर्न अपिल गरेकी थिइन् ।

 

जे होस, जेरीकै सफलताको राप तापेर शंकर दोहोरी क्षेत्रमा स्थापित भएको चाहिँ धेरै हदसम्म सत्य हो । खासमा उनलाई यस क्षेत्रमा भित्र्याएकै जेरीले हो । शंकर दुबईमा वैदेशिक रोजगारीमा थिए । त्यही वेला एक साथीमार्फत जेरीसँग अनलाइनमा उनको चिनजान भएको थियो ।

 

अनलाइनबाटै ल’भ परेको थियो । त्यसपछि नेपालमै बसेर केही गरौं भन्ने जेरीको आग्रहमा उनी दुबईबाट नेपालमा आएका हुन् । ३ वर्षको भिसामा दुबई गएका शंकर २२ महिनापछि नेपाल फर्किएका थिए ।

 

शंकर नेपाल फर्किँदा जेरी पनि संघर्षशील नै थिइन् । इन्द्रेणीमा दोहोरी गाएर जेरी हिट भइन् । नेपालकै प्रतिभाशाली दोहोरी कलाकारमा उनको नाम आउँछ । जेरीसँग दोहोरी गाएर शंकर पनि चिनिए ।

विवाहको ६ महिनापछि नै पहिलो सन्तानका रुपमा उनीहरुलाई पुत्रीलाभ भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय