
काठमाडौं:
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल समूहको आमहड्ताल जारी छ।
हड्तालमा सवारीसाधन आवागमनमा अवरोध गर्ने गराउने निर्देशन पार्टी ‘हाई कमाण्ड’ को छ। ‘हाई कमाण्ड’ भनेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का अध्यक्ष माधवकुमार नेपाल हुन्।
तर, यी दुई अध्यक्ष भने अरूलाई सवारीसाधन चलाउन नदिएर आफू भने गाडी चढेर बन्द हड्तालको अनुगमन गर्न र सहभागिता जनाउन पुगिरहेका छन्।
प्रचण्ड गाडी चढेरै हिँडे भने नेपाल स्कुटरमा कोटेश्वर पुगे। प्रचण्ड खुमलटारबाट सातदोबाटो, कोटेश्वरहुँदै पुल्चोक गएर पुन: खुमलटार फर्के।
उनी खुमलटारबाट गाडी चढेर सातदोबाटो आए। त्यहाँबाट कोटेश्वर पनि गाडी चढेरै गए। कोटेश्वरबाट पुल्चोक पनि गाडीमै आए। उनी बा १७ च ३०७१ नम्बरको प्राडो चढेर आएका थिए।
उनका अगाडि-पछाडि सुरक्षाकर्मी पनि थिए। सेतोपाटिबाट साभार