शुक्रबार , बैसाख १४, २०८१

 

नेकपा एमालेका नेताहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, घनश्याम भुसाल, रघुजी पन्त, अमृत बोहरा १० बुुँदे पक्षधर भएकाले अध्यक्ष केपी शर्मा ओलीले चुुनावमा टिकट दिनुुअघि गलाउने नीति लिएका छन्। यस्तै, सांसदहरु पवित्रा निरौला खरेल, यज्ञराज सुनुवार, नारायण खतिवडा, गणेश पाहाडी, झपट रावल, दीपकप्रकाश भट्ट पनि एमालेमै फर्र्किएका थिए ।

 

आसन्न मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार छनोटका लागि एमाले यतिबेला आन्तरिक छलफलमा व्यस्त छ । प्रतिनिधिसभातर्फ १६५ र प्रदेशसभातर्फ ३३० सदस्यका लागि तल्ला कमिटीबाट सिफारिस भएर आएका उम्मेदवारबारे छलफल गर्न ओली निवास बालकोटमा बुधबार र बिहीबार सचिवालय बैठक बसेको थियो ।

 

बिहीबार रातिसम्म बसेको बैठकमा ओलीले एकता पक्षधर भनिएका नेताहरूले मा’फी नमागेसम्म टिकट नदिने अडा’न राखिएको समाचार बाहिरिएपछि एमालेभित्र त’रंग उत्पन्न भएको हो ।

 

१० भाइ नेतामध्ये पछिल्लो समय ओलीको कटु आलोचकका रुपमा डा. भीम रावल र घनश्याम भुसाल देखिदै आएका छन् । यी दुई नेताले गत मंसिरमा चितवनमा भएको महाधिवेशनमासमेत ओली वि’रुद्ध उम्मेदवारी दिएका थिए । स्थानीय तह निर्वाचनमा ओलीको परा’जय भएको भन्दै नैतिकताको आधारमा उनले राजीनामा दिनुपर्ने अभिव्यक्ति दिएका थिए ।

 

भुसालको अभिव्यक्तिबाट चिडिएका ओलीले अनुशासनको का’रवाही गर्ने सार्वजनिक चेतावनी दिएका थिए । आफ्नै पार्टीको सरकार ढा’लेर वि’पक्षी नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेर अनुसा’शनहीन काम गरेको ओलीले आरो’प लगाउँदै आएका छन् ।

 

बुधबारको बैठकमा पनि यीनै नेतालाई टिकट दिने विषयमा ओलीले विशेष चासो राखेको समाचार बाहिरिएको थियो । एकता पक्षधर भनिएका नेताहरूले पार्टी अनुशासनहीन काम गरेकाले माफीनामा नगरेसम्म टिकट दिँदा पछि समस्या आउने विषय ओलीले बैठकमा राखेको सूचना चुहि’एको थियो ।

 

तर ओलीका सचिवालयले समाचारको खण्डन गर्दै प्रायोजित र नियोजित समाचार बनाएर मिडियाले एमालेभित्र खेल्न खोजेको आ’रोप लगाएका छन् । ओलीका सञ्चार विज्ञ रामशरण बजगाइँले झु’टा सामाग्री प्रकाशन गर्नुभन्दा पार्टीकै चुनाव प्रचारमा लाग्न सम्पादकहरूलाई सुझाव दिएका छन् ।

 

‘एमालेको समानुपातिक सूचीबाट पूर्वमाओवादी असन्तुष्ट भएको, १० बुँदे वालालाई टिकट दिँदा ओलीले माफीनामा खोजेको’ आदि झुटा सामग्री प्रकाशित गर्नु भन्दा बरु त्यस्तो लेखाउने पार्टीकै चुनाव प्रचारमा लाग्न सम्पादकहरुलाई सुझाव दिन्छु । तपाईंहरुले कुन पार्टीको लागि लेख्नुहुन्छ भन्ने नखुलेको भए पो यस्ता दुश्प्र’चार पत्याइन्थ्यो’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

 

सचिवालय सदस्य पद्यमा अर्यालले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने नेताहरूले मा’फी माग्नुपर्ने भन्ने विषय निरा’धार भएको जिकि’र गरेकी छन् । बिहीबारको बैठकमा उम्मेदवारबारे घनिभूत छलफलभएपनि कुनै निष्कर्षमा नपुगेको उनले बताइन् ।

 

‘उम्मेदवार छनोटको जिम्मा बैठकले अध्यक्षज्यूलाई दिएको छ । आवश्यकता अनुसार उहाँले पार्टीका नेताहरू र सम्बन्धित कमिटीसँगको परामर्शमा उम्मेदवार चयन गर्नुहुन्छ’, अर्यालले भनिन्, ‘चुनावमा केही दलहरू पनि एमालेसँग सहकार्य गर्न इच्छुक रहेकाले ती दललाईसमेत ध्यानमा राखि उम्मेदवार छनोट गरिन्छ ।

 

तर एकता पक्षधर भनिएका नेताहरूलाई मा’फी नमागेसम्म टिकट दिन नसकिने ओलीको अ’डान भनेर जसरी बाहिर मिडियाबा’जी भएका छन्, ती निराधार ह’ल्ला हुन् ।’

 

चुनावको मु’खमा एमालेको आन्तरिक एकता खलबल्याउनका लागि सुनि’योजित प्रचार भएको हुनसक्ने उनले बताइन् । सर्तनामा पुरा गरेमात्र एकता पक्षधरहरूलाई ओलीले टिकट दिने भन्नेबारे आफूहरूलाई १० बुँदेका संयोजकसमेत रहेका नेता भीम रावलले बताए ।

 

‘माफी’नामा गरेमात्र एकता पक्षधरलाई टिकट दिने भन्ने विषय मैले पनि मिडियामार्फत थाहा पाएको हो । म पार्टी कामको शिलशिलामा अहिले सुदूरपश्चिमा छु । पार्टीबाट यो विषयमा मलाई अहिलेसम्म कसैले जानकारी दिएका पनि छैन । मैले अध्यक्षलाई भेटेको पनि छैन ।

 

अध्यक्षज्यूले पनि हामीसँग कुनै कुरा गर्नुभएको छैन । यदि बैठकमा अध्यक्षले त्यस्तो प्रस्ताव राख्नुभएको हो भने हास्यvस्पद हो । सर्तनामा गरेर टिकट लिने पक्षमा हामी छैनौं ।’

 

यस्तै सर्तनामाको विषयमा नेता भुसालको सचिवालयले पनि मुख खोलेको छ । सचिवालयका अनुसार मा’फीनामा गरेर टिकट लिनुभन्दा चुनावमै भाग नलिने निष्कर्षमा भुसाल पुगेका छन् ।सुदूरपश्चिका सहइन्चार्ज तथा स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले एमालेलाई कम’जोर बनाउन सु’नियोजित रुपमा मिडियाबा’जी भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय