शुक्रबार , बैसाख १४, २०८१

साथीभाइसँग मनोरञ्जन गर्दा दैनिक कार्यहरू ओझेलमा पर्न सक्छन् । मन मिल्नेहरूले मुख्य समस्याको गाँठो फुकाउन सहयोग गर्नेछन् ।

 

 

खानपान तथा विलासितातर्फ संयम रहनु नै बेस होला । वनभोजमा घुम्न जाने मित्रहरूको प्रस्ताव स्विकार्दा अविस्मरणीय क्षण बन्नेछ । साताको अन्त्यमा आर्थिक भार महसुस हुन गई सापटीको चपेटामा पर्न सकिन्छ ।वृष : लामो तथा छोटो दूरीको यात्रामा थप खर्चले पिरोल्नेछ ।

 

 

राजनीतिक परिवर्तनकारी भूमिकामा नेतृत्व गर्नुपर्ने जिम्मेवारी आइलाग्नेछ । पारिवारिक सुख–सुविधाका निम्ति विलासिताका सामग्री खरिद गर्न खर्च गर्नुपर्ने हुन्छ । धनागमनमा रहेका चुनौतीहरू यथास्थितिमै रहनेछन् । स्वास्थ्यप्रति हेक्का राख्नुहोला ।

 

मिथुन : बोलीको प्रभावले बिग्रन लागेको सम्बन्धलाई मल्हम लगाउन सहयोग गर्नेछ । प्रशंसा गर्नेहरूले भित्रभित्रै आलोचना गर्न सक्छन्, होसियारी हुनुमा नै आफ्नो कल्याण हुनेछ । हरियो रंगको प्रभावले सहजता महसुस गराउनेछ । यो साता इष्टमित्रको मांगलिक कार्यमा सहभागी भइनेछकर्कट : कला तथा साहित्यद्वारा अरूलाई प्रभाव पार्न सकिनेछ । हठ गर्ने बानीले पारिवारिक मनमुटाव देखा पर्न सक्छ । ढिलै भए पनि सही मार्ग पहिल्याइनेछ । खरानी रंगको सवारी साधन खरिद गर्न आकर्षित भइनेछ । पश्चिमतर्फको यात्रा फलदायी सावित हुनेछ ।

 

सिंह : बलमिच्याइँले गरेका कार्यमा विवाद आइलाग्ला । अभिभावकको रुचिको ख्याल गर्दा आर्थिक नोक्सानी आइलाग्नेछैन । सहपाठीको सुझावमुताविक विदेश अध्ययनको मौका जुर्न सक्छ । कार्य सम्पन्न गर्न ढिलाइ नगर्नुहोला । यो साता पूर्वतर्फको यात्रा फलदायी सावित हुनेछ ।

 

कन्या : मेहनतले जीवनशैलीमा परिर्वतन ल्याउन सक्छ । सहयोगीहरूले समस्या समाधानको बाटो देखाइदिँदा गुमिसकेको स्थान पुनस् प्राप्त हुन सक्छ । अध्ययनका लागि विदेश जाने प्रक्रिया अघि बढ्नेछ । शंकास्पद व्यवहारले प्रेमिका चिढिन सक्छिन् । नीलो रंगको पहिरनले उन्नतिको मार्ग पहिल्याउन सहज हुनेछ ।

 

तुला : मनका भावना आदानप्रदान गर्ने मित्र भेटिन केही समय कुर्नुपर्नेछ । प्रसंगवश मन पराएको अभिलाषासमेत व्यक्त गर्न सक्छन् । पारिवारिक मतको अनुमोदनले प्रक्रिया अघि बढाउनुपर्नेछ । रोकिएका कार्य सम्पन्न भई आर्थिक संकटको समस्या स्वतस् समाधान हुनेछ । नयाँ व्यवसायमा लगानी गर्ने प्रस्ताव आइलाग्न सक्छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय