शुक्रबार , बैसाख १४, २०८१

केही दिनअघि टुकुचा उत्खनन क्रममा लक्ष्मी बैंकको निजी पार्किङमा भेटिएको पुरानो विलासी कारका बारेमा सर्वत्र चासो र चर्चा बढ्यो ।

 

सामाजिक सञ्जाल र सञ्चार माध्यममा राजा महाराजाले चढ्ने त्यो गाडी अनधिकृत कसरी व्यक्तिको घरमा पुग्यो भन्ने बहसले ठाउँ पायो ।

 

यद्यपि दरबारका भौतिक संरचना संरक्षण गर्ने दायित्व पाएको नारायणहिटी संग्रहालय भने ६५ सालअघिको दरबारका सवारी साधनको लगत आफूसँग नभएको बताउँछ । राजामहाराजा चढ्ने गाडी रातो नम्बर प्लेटको हुने गरेपनि यसमा फरक अवस्था पाइयो ।

 

जसका घरमा गाडी भेटियो, उनले आफूले कवाडी खानाबाट गाडी ल्याएको स्वीकार्छन ।गाडी राखिएको क्षेत्र उत्खनन हुन थालेपछि वषौंदेखि पार्किङमा रहेको ठाउँबाट तत्काल गाडी अन्यत्र सारिएको थियो ।

 

राजा महाराजा चढ्ने गाडी कसरी पुग्यो लक्ष्मी बैंकको पार्किङमा ?

 

काठमाडौं । केही दिनअघि टुकुचा उत्खनन क्रममा लक्ष्मी बैंकको निजी पार्किङमा भेटिएको पुरानो विलासी कारका बारेमा सर्वत्र चासो र चर्चा बढ्यो । सामाजिक सञ्जाल र सञ्चार माध्यममा राजा महाराजाले चढ्ने त्यो गाडी अनधिकृत कसरी व्यक्तिको घरमा पुग्यो भन्ने बहसले ठाउँ पायो । यद्यपि दरबारका भौतिक संरचना संरक्षण गर्ने दायित्व पाएको नारायणहिटी संग्रहालय भने ६५ सालअघिको दरबारका सवारी साधनको लगत आफूसँग नभएको बताउँछ ।

 

विश्व प्रसिद्ध रेन्ज रोभर कम्पनीको गाडी हेर्दा लाग्छ – राजामहाराजाले चढ्ने विलासी गाडी हो । महागरपालिकाले टुकुचा उत्खनन गर्ने क्रममा हात्तीसारस्थित लक्ष्मी बैंकको पार्किङमा यो गाडी भेटिएपछि यसका विषयमा विभिन्न खालका बहस प्रारम्भ भए ।

 

नारायणहिटी संग्रहालयमा राजामहाराजाले चढ्ने गाडी संरक्षण गरिएको सन्दर्भमा यदि यो गाडी जुनसुकै कारणले बाहिर ल्याइएको भएपनि त्यसको यथास्थानमा प्रतिस्थापन हुनुपर्छ भन्ने अवधारणा लिएर गाडीको बारे जिज्ञासा राख्दा नारायणहिटी दरबार संग्रहालयका अधिकारी आफैं असमञ्जस्यमा रहेको पाइयो । डेढ दशकअघि दरबारका सवारी साधनको लगत नै उपलब्ध नभएको नारायणहिटी दरबार संग्रहालयका सूचना अधिकारी बुद्धि गुरुङ बताउनुहुन्छ ।

 

राजामहाराजा चढ्ने गाडी रातो नम्बर प्लेटको हुने गरेपनि यसमा फरक अवस्था पाइयो । जसका घरमा गाडी भेटियो, उनले आफूले कवाडी खानाबाट गाडी ल्याएको स्वीकार्छन । गाडी राखिएको क्षेत्र उत्खनन हुन थालेपछि वषौंदेखि पार्किङमा रहेको ठाउँबाट तत्काल गाडी अन्यत्र सारिएको थियो । गाडी सार्ने क्रममा नैकापको उदय क्रेन सर्भिसको क्रेन प्रयोग भएको थियो ।

 

मोटरसाइकलको सुरक्षामा त्यो गाडी अन्यत्र लगिएको थियो । गाडीको नम्बर प्लेट लिकालेको क्रेनका चालक राजकुमार भुजेल बताउनुहुन्छ ।

 

काठमाडौं महानगरपालिकाले उत्खनन क्रममा भेटिएको गाडी किन स्थानान्तरण गरियो र नम्बर प्लेट किन फालियो भन्ने बारे अनुसन्धान गर्ने काठमाडौं महानगरपालिकाका महानगर प्रहरी राजु पाण्डे बताउनुहुन्छ ।

 

ऐतिहासिक र पुरातातात्विक महत्व बोकेका राजा महाराजाले चढ्ने थुप्रै गाडी अनधिकृत व्यक्तिका पहुँचमा पुगेको हो कि भन्ने यो प्रकरणले प्रश्न उठाएको छ ।

 

गणतन्त्र आएको नाममा राज्यस्तरबाटै मनपरी निर्णय गर्ने, त्यसको संरक्षण दायित्व बोकेको निकाय पानीमाथिको ओवानो बन्ने स्थितिले इतिहासमाथि बेइमानी भएको अवस्था देखिन्छ । यसका लागि सरकारी तहबाटै उच्चस्तरीय छानविन गरी नयाँ पुस्ताका लागि नासोका रुपमा रहेका यस्ता वस्तु राज्यको मातहतमा ल्याएर संरक्षण हुनु जरुरी छ ।

 

हिमानी शाह: पूर्वयुवराज्ञीदेखि बालबालिकासम्म सबै किन टिकटकमा आकर्षित हुँदैछन्

 

पूर्वयुवराज्ञी हिमानी शाह आफ्ना दुई छोरीसँग नाचेको भिडिओ टिकटकमा देखिएपछि सामाजिक सञ्जालमा निकै चर्चा भएको छ। केही दिनअघि पार्किन्सन्स्‌ रोग लागेका कलाकार मदनकृष्ण श्रेष्ठले नाचेको भिडिओलाई पनि थुप्रैले मन पराएका थिए।नाचेको वा अभिनय गरेको छोटो भिडिओ शेअर गर्न मिल्ने टिकटक नेपालमा पनि निकै चर्चित बन्दै गएको छ। सबै उमेर समूह, सबै क्षेत्र र सबै वर्गका मानिसहरू किन टिकटकप्रति आकर्षण बढ्दो छ? के उनीहरूले यसलाई अभिव्यक्तिको माध्यम बनाउन थालेका हुन्?

 

‘अस्तित्व स्थापित गर्ने तरिका’

 

मानवशास्त्री सुरेश ढकाल भन्छन्, “यसले अभिव्यक्तिका लागि एउटा ‘स्पेस’ दिन्छ। बहिर्मुखीमात्रै नभइ अन्तर्मुखी मानिस पनि आफ्नै घर वा कोठाभित्रै बसेर आफूलाई निर्धक्क अभिव्यक्त गर्न सक्छ।”

 

“अझै दार्शनिक रूपमा भन्ने हो भने मानिसलाई अहिलेको समयमा अस्तित्व स्थापित गर्ने एउटा तरिका टिकटक बनेको छ।” विश्व नै एउटा गाउँको अवधारणा भएको समयमा मानिसहरूले आफ्नो अस्तित्व भौतिक उपस्थितिमा भन्दा डिजिटल स्पेसमा खोज्न थालेका कारण यस्तो भएको ढकालले बताए।

 

पूर्वयुवराज्ञी हिमानी शाहले छोरीहरूसँग नाचेको वा सामान्य मानिसले नाचेको टिकटक बनाउनुमा मनोरञ्जनकै आशय देखिएको उनले बताए। “आफ्ना छोरीहरूसँग रमाइलो मान्दै नाचेको त्यो भिडिओमा नेपाली नारीको झल्को देखिन्छ। हामी पनि सामान्य मानिस हौँ भनेर देखिन खोजेको एउटा अभ्यासको रूपमा यसलाई लिएको छु,” उनले भने।

 

जेठी छोरी पूर्णिका र कान्छी छोरी कृतिकाले हालेको टिकटक भिडिओमा हिमानी शाह एउटा अङ्ग्रेजी र दुईवटा नेपाली बोलको गीतमा नाचेको देखिन्छ। गायक सविन राईले गाएको ‘गुँरासको फेदमुनि सम्झनाको छायाँ’ नामक गीतमा उनी आफ्नी दुई छोरीका साथमा नाचिरहेको देखिन्छ।

 

अर्को एउटा भिडिओमा ‘जसो गर, जे भन, जतासुकै लैजाउ मलाई, यो मन त मेरो नेपाली हो’ बोलको गीतमा उनी कृतिकासँग नाचेकी छन्। टिकटक सन् २०१९ मा ह्वाट्सएपपछि सबैभन्दा बढी डाउनलोड गरिएको मोबाइल एप हो। यसका संसारभर ८० करोडभन्दा बढी सक्रिय प्रयोगकर्ता रहेका छन्।

 

मिथिला शर्मा

 

नृत्यङ्गना तथा कलाकार मिथिला शर्मा भने नृत्य जन्मजात नै अभिव्यक्तिको माध्यम भएकोले मानिसहरूले यसलाई रोजेको बताउँछिन्। शर्मा भन्छिन्, “नृत्य भनेको जन्मदेखि नै भौतिक, मानसिक र भावनात्मक पक्षसँग जोडिएको हुन्छ।”

 

“चाहे खुसी होस् वा दुख, मानिसहरू नृत्यलाई थेरापीका रूपमा गर्ने गर्छन्। लकडाउनका बेला पनि मानिसहरूले आफूलाई अभिव्यक्त गर्ने माध्यम चाहिरहेका छन्।” टिकटकले नृत्य वा अभिनय गर्नेहरूका लागि झन् हुटहुटी जगाइदिएको उनले बताइन्।

 

“यो माध्यम भएपछि त सामान्य अभिव्यक्तिका लागि कतै सिक्न जानु पनि परेन,” शर्माले भनिन्, “आफूले हालेको भिडिओ अरूले मन पराइदिएपछि मानवीय स्वभाव अनुसार अरू बनाउने हुटहुटी पनि रहन्छ।”

भिडिओ क्याप्शन सुरु हुँदैछ,

 

मदनकृष्ण श्रेष्ठ: ‘मलाई रोग लागेको छ, तर म नाच्न सक्छु’

 

तर टिकटकमा नकारात्मक र उच्छृङ्खल सामग्री पनि देखिने गरेको भन्दै त्यसलाई निरुत्साहित गर्नुपर्ने शर्माले बताइन्। ती भिडिओमा प्रतिक्रिया जनाउने धेरैले हिमानीप्रति श्रद्धा रहेको र राजतन्त्र फर्किनु पर्ने आशय जनाएका छन्। केहीले पूर्वराजपरिवारको भिडिओ बनाउन अनुरोध गरेका छन्।

 

“हामी पनि सामान्य मानिस हौँ भन्ने उनीहरूको अभिव्यक्ति हो। प्रतिक्रया चाहिँ पूर्वराजपरिवार भनेर गरिएका हुन्,” मानवशास्त्री ढकालले भने।

 

मल्लकालमा उपत्यकामा उब्जनी राम्रो हुने भएकाले खानेकुराबारे सोच्नु नपरेपछि मानिसहरूको ध्यान कलासाहित्यमा गए जस्तै अहिले टिकटकमा सक्रिय देखिने मानिसहरू पनि खानलगाउन समस्या नभएका र भिडिओ बनाउन समय एवम् इच्छा भएका मानिसहरू रहेको ढकालले बताए।

 

त्रिभुवन विमानस्थलको पाँच किलोमिटरभित्र ड्रोन उडाए कारबाही हुने

 

काठमाडौँ — नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउनेलाई कारबाही गरिने जनाएको छ । विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउने कार्यले विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने भन्दै उक्त कार्य नगर्न/नगराउन प्राधिकरणले आग्रह गरेको छ ।

 

नेपाल नागरिक उड्डययन प्राधिकरणले एक सूचना जारी गर्दै त्रिभुवन विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन नउडाउन एक सूचना प्रकाशित गरी जानकारी गराएको र उक्त सूचनाको अटेर गरेमा कानूनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ ।

 

ड्रोन उडानसम्बन्धी नियम २०२१ ले विमानस्थलको आसपास ड्रोन उडाउन बन्देज गरे पनि पछिल्लो केही समययता उक्त नियमलाई अटेर गरी ड्रोन उडाउने कार्य भइरहेको पाइएकाले ड्रोन उडाउन बन्द गरिएको प्राधिकरणको भनाइ छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय