शुक्रबार , बैसाख १४, २०८१

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ६० लाखको कोट लगाउने गरेको खुलासा भएको छ । इटालियन ब्राण्डको उक्त कोटहरु ओलीको आग्रहमा एक व्यापारी ल्याइदिएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडाले बताए ।

 

कांग्रेस नेता खतिवडाले शनिबार बिहान ट्वीट गर्दै ओलीलाई एकजना व्यापारीले इटालीबाट १२ थान ब्राण्डेड महँगा कोट ल्याइदिएको बताएका हुन् । ओलीको आग्रहमा ती व्यापारीले महँगा कोट ल्याइदिएका थिए ।

 

‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सबैलाई नेपालमा स्वदेशी कपडा लगाउन कडाइका साथ उर्दी गर्नु भएछ’, खतिवडाले ट्वीटमा भनेका छन् । ‘गठबन्धनका नेतालाई नेपालमा कपडा सिलाउने मात्रै हो भन्नुभएको सुनियो’, खतिवडाले भनेका छन्, ‘तर आफूले एक ब्यापारीमार्फत इटालीबाट ल्याएको १२ कोट (मूल्य झन्डै ६० लाख) महेशले पाउने भए कसो ?’

 

एमालेका अध्यक्ष ओलीले दुई दिन अगाडि प्रतिनिधि सभाको बैठकमा तीन घण्टा लामो बोल्ने क्रममा आफूले मात्रै स्वदेशी कपडा लगाउने गरेको र ५ दलीय गठबन्धनका नेताहरूले आयातित कपडा लगाउन गरेको बताएका थिए ।

 

तर, ओली आफैले एक व्यापारीमार्फत करीव ६० लाख मूल्य बराबरको इटालीबाट कोट झिकाएको खुलासा भएको छ । कांग्रेस नेता खतिवडाले ओलीको कर्थित ‘राष्ट्रवादी’ अनुहार उदाङ्गो पारिदिएका छन् ।यो पनि पढ्नुहोस

स्थानीय निर्वाचन परिणामले नेपालका प्रमुख दलहरुमध्ये मुख्य दुई वाम दल एमाले र माओवादीमा गम्भीर छटपटी भइरहेको छ। निर्वाचन परिणामले एमालेलाई गहिरो धक्का दिएका कारण विशादमा डुवेजस्तो प्रतित हुँदैछ।

 

माओवादीले गत निर्वाचनको भन्दा केही तहमा बढी जित निकाले पनि सन्निकट संघीय निर्वाचनले उसलाई चर्कै बेचैन बनाएको प्रचण्डको दौडधुपले स्पष्ट गरेको छ । स्थानीय निर्वाचनबाट पहिलो दल बनेको र आगामी संघीय निर्वाचनबाट पनि त्यही हैसियत कायम गर्ने मनसुवा पालेको कांग्रेस दुइ वाम दलका क्रियाकलापबाट अत्तालिनु अस्वभाविक होइन ।

 

तर पनिे नेकाको बलियो आशा के छ भने आगामी चुनाव पनि हालै सम्पन्न स्थानीय चुनावकै जस्तो निरन्तरता हुनेछ, त्यसो भएमा प्रचण्डको कुनै बेलाको चर्चित भनाई ‘ढाडमा टेकेर टाउकोमा हान्ने‘ नीति अनुसार देउवाले प्रचण्डको ढाडमा टेकेर ओलीलाई हिर्काउन सफल हुनेछन् । ओलीले पाएको चोटबाट प्रचण्डले सन्तोष लिनुपर्ने वाध्यता नेपाली अग्रगामी राजनीतिको दुःखद विडम्वना हो ।

 

त्यसैगरी ओलीले प्रचण्डको ‘पत्तासाफ‘मा विजयी ठान्ने जस्तो दुर्दान्त राजनीतिक जमिनले नेपालकै भूसतह अरुकसैका लागि दुरुपयोग हुने खतरा त उत्पन्न भएको छै्रन भन्नेतर्फ विभिन्न विषयका बेत्ताहरुले अध्ययन गर्न थालिसकेको हुनु पर्दछ । यो बेग्लै छलफलको विषय हो ।

 

स्थानीय निर्वाचनमा देखिएको विचित्र गठबन्धनको गलफत्तीले र वाम दलको विश्रृंखलताले फगत कांग्रेसलाई बलियो बनाउने एकमात्र उद्धेश्य पूरा गरेको तथ्य कुनै कोणबाट पनि खण्डन हुनसक्दैन । तलतिर कांग्रेस बलियो भइरहँदा माथितिर आगामी राजनीतिक परिदृश्य कस्तो होला भनेर आंकलन शुरु हुनु अस्वभाविक होइन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय