शुक्रबार , बैसाख १४, २०८१

नेता एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपाल-भारत खुला सिमाना मुलुकको हितमा नभएको बताएका छन् । दशगजामा विद्युतीय तार नभए पर्खाल लगाउनुपर्ने उनले बताए ।

 

०७४ सालको निर्वाचनमा बर्दियाबाट पराजित भएपछि पहिलो पटक बर्दियाको सदरमुकाम गुलरियामा आएका उनले सोमबार कान्तिपुरसँग बोल्दै उक्त कुरा बताएका हुन् ।

 

म प्रधानमन्त्री भएँ भने भारतीय प्रधानमन्त्रीसँग मेरो पहिलो प्रस्ताव नेपाल-भारत सीमामा पर्खाल लगाउने हुने छ,’ उनले भने, ‘प्रधानमन्त्री हुन्छु वा हुदिनँ तर मेरो प्रस्ताव सीमामा पर्खाल र भिसा लागू गर्नुपर्छ । पर्खाल लगाउँदा आधा-आधा खर्च नेपाल र भारतको हुनुपर्ने गौतमले बताए । जहिले मन लाग्यो आउने र जाने अनि झगडाको बीउ रोप्ने काम बन्द हुनुपर्नेमा उनले जोड दिए ।

 

अर्को एक जिज्ञासामा उनले आगामी प्रतिनिधिसभाको निर्वाचनमा आफू कहीँबाट पनि नलड्ने बताएका छन् । चुनावमा आफू कहिल्यै पनि बर्दियाबाट नउठ्ने उनको भनाइ छ । म राष्ट्रिय सभा सदस्य छु । मलाई चुनाव लड्ने आवश्यकता छैन,’ गौतमले भने, ‘म बाजुन्जेल राजनीति गर्छु ।’

 

०६३ सालको नागरिकता विधेयक घातक भएको र अहिले ल्याइएको विधेयक राष्ट्रघाती नभए पनि त्रुटिपूर्ण भएको उनले बताए । ‘विदेशबाट आएकाले त्यही देशको नागरिकता त्याग गरेको प्रमाणपत्रको आधारमा अंगीकृत नागरिकता दिनुपर्छ । तर‚ अंगीकृत नागरिकलाई सांसद, मन्त्रीलगायत कुनै पनि राजनीतिक अधिकार दिन हुन्न ।Source-kantipurdaily

 

नागरिकता विधेयक नागरिकको हितमा छैन – प्रदीप ज्ञवाली

नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले नागरिकता विधेयक नागरिकको हितमा नरहेको टिप्पणी गरेका छन् ।प्रेस चौतारी नेपाल रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले नेपाली नागरिकले विना कुनै बहानामा नागरिकता पाउनुपर्नेमा सन्देह नभए पनि अहिले सरकारले ल्याएको विधेयक त्रु टिपूर्ण रहेको आ’रोप लगाए ।

 

‘राज्य व्यवस्था समितिमा जुटेको सहमति विपरीत सरकारले विधेयक ल्याएको छ, यो देशको हितमा छैन’, उनले भने ।एमालले नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अङ्गीकृत नागरिकता दिने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेको जानकारी गराउँदै नेता ज्ञवालीले प्रचलित ऐ’नअनुसार वैवाहिक अङ्गीकृत नागरिकता विवाह गरेर आउने बित्तिकै प्राप्तिका लागि प्रक्रिया अगाडि बढाउन सकिने भएकाले उचित नभएको बताए ।

 

वैवाहिक अङ्गी कृत नागरिकताको सवालमा केही मापदण्ड राख्ने तर उनीहरूलाई कुनै प्रकारको व्यवसाय, नोकरी गर्न नरोक्ने गरी व्यवस्था गर्न सकिने उनको भनाइ छ ।

 

मुलुक गम्भीर संकटमा पर्दैछ अर्थात राजसंस्था फर्किन्छ भन्ने सूचना पाएको छु: डा. बाबुराम

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद‍् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले मुलुकप्रति गम्भीर घात हुन लागेको सूचना आफूले पाएको र त्यो सूचना प्रधानमन्त्री केपी शर्मा ओलीदेखि राजनीतिक दलका शीर्ष नेताहरुलाई जानकारी गराएको बताएका छन् ।

 

सूचना के हो भन्ने नखुलाएका भट्टराईले कुनै दिन यथार्थ बाहिर ल्याउने तर अहिले बेला नभएको उल्लेख गरेका छन् । हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’सँगको कुराकानीमा डा. भट्टराईले यो कुरा उल्लेख गरेका हुन् ।

 

वैशाख १३ गते करिब–करिब मध्यरातमा मेरो जीवनमा यस्तो एउटा घटना घटेको छ यो आज पनि उद्घाटित गर्दिनँ, तपाईंलाई संकेत मात्र गर्छु,’ डा. भट्टराइले भनेका छन्, ‘कुनै दिन मैले नेपाली जनतालाई बुझाउनुपर्छ किनकी म देशको सार्वभौमिकता, स्वाधिनता, देशको लोकतन्त्र र संविधानप्रति बफादार रहन भनेर सपथ लिएको पूर्व प्रधानमन्त्री हो ।’

 

उनले देश गम्भीर संकटमा पर्दैछ भन्ने सूचना पार्टीका जिम्मेवार नेता र अन्य पार्टीका शीर्ष नेताहरुलाई पनि जानकारी गराएको बताएका छन् ।‘त्यसैले मसँग भएका सूचना मैले कुनै दिन नेपाली जनतालाई बताउनुपर्छ । यो देशको कुर्सीमा बसेको प्रधानमन्त्री केपी ओलीलाई मैले यो कुराको जानकारी गराएर देशलाई बचाउनुपर्छ भनेर विशुद्ध आत्मा लिएर म उनीकहाँ गएको हो ।’ भट्टराईले ओलीसँगको मध्यरातको भेटबारे बताएका छन् ।

 

सो सूचनाको आधारमा देशलाई बचाउने हो भने केही गम्भीर कदम चाल्नुपर्छ भन्दै प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न भनेको उनको दावी छ ।‘तपाईंले मार्ग प्रशस्त गर्नुस् एउटा राष्ट्रिय सहमतिको सरकार बनाएर जाउँ, पूर्व प्रधानमन्त्रीहरु आकाँक्षी बन्नु हुँदैन, सबैलाई मान्य हुने व्यक्ति खोजेर देशलाई निकास दिउँ भन्न म गएको हुँ,’ उनले भने, ‘मुलुकको सार्वभौमसत्ता, संविधान, स्वतन्त्रतासँग सम्बन्धित विषयमा त्यस्तो कुनै घात हुँदैछ भनेर मैले मेरो देशको प्रधानमन्त्रीलाई सूचित गरेको हो । तर मैले त्यस्तो गम्भीर विषय उठाउँदा उनले विषयान्तर गरे ।’

 

देशभित्र र बाहिर रहेका तत्वहरुको ठूलो ग्राण्ड डिजाइन अनुसार पाँच पुसदेखि जेठ ८ गते मध्यरातसम्मका परिघटना भएको भट्टराईको दाबी छ । उनले घुमाउरो पारामा देशमा फेरि राजसंस्था फर्किन सक्ने बिचार व्यक्त गरेको प्रष्ट बुझ्न सकिन्छ जुन हुन पनि सक्छ नहुन पनि सक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय