मंगलबार , चैत्र ६, २०८०

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले राजसंस्था पुनःस्थापनाको लागि राजनीतिक दल र आम जनताको विश्वास हुनुपर्ने नभए विदेशी गुहारेर, सडकमा अस्थिरता सिर्जना गरेर राजसंस्था फर्किँदैन भन्दै टिप्पणी गरेका छन् ।

 

 

थापाले सामाजिक सन्जालमार्फत भनेका छन्, ‘राजनीतिक दल र आम जनताको बिश्वास नै राजसंस्था पुन:स्स्थापनाको एकमात्र बाटो हो। बिदेशी गुहारेर, दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर र राजनीतिक दलहरूविरुद्ध घृणा फैलाएर राजसंस्था फर्कँदैन । सडकमा अस्थिरता खडा गरेर राजसंस्था फर्काउन सकिन्छ भन्ने निर्मल निवासको सोचाइ गलत र प्रत्युत्पादक छ ।’

 

विदेशी गुहारेर,दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर राजसंस्था फर्काउन नसकिने उनले बताएका छन् ।

 

राजनीतिक दल र आम जनताको बिश्वास नै राजसंस्था पुन:स्थापनाको एकमात्र बाटो हो। बिदेशी गुहारेर,दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर र राजनीतिक दलहरू विरुद्ध घृणा फैलाएर राजसंस्था फर्कदैन।

 

 

 

 

 

 

 

 

 

सडकमा अस्थिरता खडागरेर राजसंस्था फर्काउन सकिन्छ भन्ने “निर्मल निवास”को सोचाई गलत र प्रत्युत्पादक छ ।

 

नेपालमा राजाहरुले २४० बर्ष शासन गरेका थिए भ्ने गणतन्त्र स्थापना भएको दुई दशक भएको छ ।

 

तुलना गर्ने हो भने राजतन्त्र भन्दा गणतन्त्रमा बिकासमा क्रान्ती भएको छ । राजतन्त्रले सयौं बर्ष गर्न नसकेको काम गणतन्त्र नेपालमा दशकमा नै पूरा भएका छन ।

 

 

 

 

 

 

 

कोरोना संक्रमित करिनाले बच्चालाई सम्झदै गरिन् भावुक पोस्ट

 

एजेन्सी

 

कोरोना भाइरसले पछिल्लो समयमा बलिउडमा पनि तहल्का मच्चाएको छ ।

 

केही दिन अगाडी बलिउडका कलाकारहरु करिना कपुर, अमृता अरोरा, सीमा खान, महिप कपुर र शनाया कपुर पनि कोरोना संक्रमित भएका थिए । यी सबै कलाकार अहिले क्वारेन्टिनमा बसिरहेका छन् ।

 

 

 

 

 

 

 

डाक्टरको सल्लाहमा करिना पनि सानो बच्चा र श्रीमानसँग अलग बसिरहेकी छिन् ।

 

यसक्रममा उनले साना छोराहरुलाई धेरै नै मिस गरिरहेकी छिन् । उनले छोराहरुलाई भेट्न नपाएको पीडा सामाजिक सञ्जालमा पोखेकी छिन् ।

 

 

 

 

 

उनले कोरोनालाई घृणा गर्दै आफ्ना बच्चाहरुलाई चाँडै नै भेट्नेबारेमा आशावादी रहेको उल्लेख गरेकी छिन् ।

 

सबै कलाकारहरु एउटा पार्टीमा सहभागी भएपछि कोरोना संक्रमित भएका थिए । सबैमा हल्का लक्षण देखिएको थियो ।

 

 

 

 

 

उच्च अमेरिकी अधिकारीले भेटे राप्रपा अध्यक्ष लिङदेनलाई

 

काठमाडौं

 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र काठमाडौंस्थित अमेरिकी राजदूतावासका ‘डेपुटी पोलिटिकल काउन्सिलर’ मार्क टेम्पलरबीच भेटवार्ता भएको छ।

 

 

 

 

 

अमेरिकाको चासोको विषय रहेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को राप्रपाले खुलेर विरोध गरेकै बेला अमेरिकी अधिकारीले राप्रपा अध्यक्षलाई भेटेका हुन् ।

 

राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको भेटमा टेम्पलरले हालै सम्पन्न पार्टीको महाधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएकोमा अमेरिकी दूतावासको तर्फबाट लिङ्देनलाई बधाई एवं शुभकामना दिएका थिए।

 

 

 

 

 

भेटघाटको क्रममा अध्यक्ष लिङ्देनले लोकतन्त्र, उदारवाद, विधिको शासन, मानवअधिकार, प्रेस स्वतन्त्रता, धार्मिक स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रताप्रति राप्रपा प्रतिबद्ध रहेको उल्लेख गरे।

 

 

 

 

 

भेटमा अमेरिकासँगको द्विपक्षीय सम्बन्धलाई अझ सुदढ बनाउने लगायतका विविध विषयमा छलफल भएको बताइएको छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय