गृहजिल्लामा प्रचण्डलाई कडा झड्काः पार्टी कार्यालयमा यसरि लगाइयो ताला

चितवन:

पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनको नेपाल कम्युनिष्ट पार्टी

(नेकपा)को जिल्ला कार्यालय राष्ट्रिय युवा संघले कब्जमा लिँदै आज ताला लगाएको छ ।

पार्टीलाई विभाजनको रेखा कोरोको र नेपाली कम्युनिष्ट आन्दोलनलाई तहसनहस बनाउने कार्य गरेको भन्दै युवा संघले पार्टी कार्यालय कब्जा गर्दै ताला लगाएको हो ।

प्रचण्ड र माधव नेपालको गुटले आफ्नो व्यक्तिगत स्वार्थले गर्दा पार्टीलाई दुर्घटनाको सिकार बनाएको भन्दै युवाहरुले ताला लगाएका हुन् ।

कार्यालय संघका चितवनका युवाहरुद्वारा नियन्त्रणमा लिईएको छ ।

उक्त कामको नेतृत्व गर्नुहुने चितवनका युवा नेताहरु अस्मिन घिमिरे, सुशील के।सी।, केदार आचार्य, प्रकाश आचार्य, हरि आचार्य लगायतको नेतृत्वमा ताला लगाईएको हो ।

उक्त कार्यलाई राष्ट्रिय युवा संघ केन्द्रीय कमिटीले समेत उच्च प्रशंसा सहित सलाम व्यक्त गरेको छ ।

उक्त क्रममा युवाहरुले जनताको बहुदलिय जनवाद जिन्दावाद, केपी ओली जिन्दावाद, प्रचण्ड मुर्दावाद, पार्टी एकता जिन्दावादलगायतका नाराहरु लगाएका थिए ।

२०७७ पुष ११, शनिबार ०७:५५ गते 0 Minutes 211 Views

नेपाली राजनीतिमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार