शनिबार , अषोज ६, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

नेपाली राजनीति,

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलेपार्टी एकताका लागि आफूले धेरै प्रयास गरेको बताएका छन्। कयौंपटक आफू प्रचण्डको र प्रचण्ड पनि आफूकहाँ धाउँदा पनि पार्टी एकता नभएको ओलीको भनाइ थियो।

‘प्रधानमन्त्रीले आज बैठकमा महत्वपूर्ण कुरा बोल्नुभएको छ। अध्यक्ष प्रचण्डसँग अस्ती भएको कुराकानी आधार मानेर उहाँले केही गर्दा पनि पार्टी एकतावद्ध हुन नसकेको बताउनुभयो। म तपाईँकहाँ धाएँ एकता भएन, तपाईं मकहाँ आउनुभयो एकता भएन। कार्यदल बन्यो एकता भएन। यावत प्रयास गर्दा पनि एकता भएन। केही चिजले त एकता गर्दा भनेर निर्वाचनमा मिलेरै जानुपर्‍यो। निर्वाचनले एकता गर्दा भन्ने सोचेर निर्वाचनमा जान लागेको भन्नुभयो,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै नेता प्रदीप ज्ञवालीले भने।

आज बसेको केन्द्रीय समिति बैठकले कार्यविभाजनमा सामान्य हेरफेर भए पनि कसैलाई पनि कारवाही नगरेको उनले दाबी गरेका छन्। ‘प्रतिनिधिसभा विघटन भएको हो नेकपा होइन। नेकपा एकतावद्ध नै छ,’ उनले भने।

उनले पार्टी अध्यक्ष र महासचिव बिना बैठक नहुने भन्दै प्रचण्ड र नेपाल समूहको बैठकको वैद्यता नहुने जिकिर गरे।

‘पहिलो अध्यक्ष र महासचिवले बोलाएको बैठक आधिकारिक हुने हो,’ उनले भने।

आज बसेको ओली समूहको बैठकले प्रवक्तामा नारायणकाजी श्रेष्ठलाई हटाएर ज्ञवालीलाई तोकेको थियो।

अध्यक्ष प्रचण्डलाई आजको बैठकमा पनि बोलाएको दाबी गर्दै उनले पुस ९ गते पुनः केन्द्रीय समिति बैठक तोकिएको बताए।

आजको बैठकले १ हजार १ सय ९९ सदस्यीय नेकपा केन्द्रीय समिति बनाएको जानकारी दिए। नेता ज्ञवालीले पहिला पनि दुई अध्यक्षले मनोनयन गरेर ४४१ सदस्यीय कमिटी बनाइएको जनाउँदै त्यहीँ मनोनयनका प्रक्रियाबाट केन्द्रीय सदस्य थप भएको बताए।

उनले विधानमा सामान्य हेरफेर गरेरे आगामी वर्षको मंसिर २ मा महाधिवेशन गर्ने निर्णय भएको बताए।

आजको केन्द्रीय समिति बैठकले अब निर्वाचनको तयारीमा केन्द्रीत रहने निर्णय गरिसकेको भन्दै ज्ञवालीले अरू दल पनि निर्वाचनबाट पन्छिन नसक्ने दाबी गरे।

उनले नेकपाले मात्र नभएर अरू दलले पनिस भित्रभित्रै निर्वाचनको तयारी थालिसकेको जिकिर गरे।

यसैबिच ओली समूहले बुधबार सातै प्रदेशका नेतालाई काठमाडौंमा प्रशिक्षण दिने भएको छ।

केन्द्रीय कमिटीमा थप गरिएकाहरूको जानकारी निर्वाचन आयोगमासमेत जानकारी भइसकेको ज्ञवालीले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय