मंगलबार , चैत्र ६, २०८०

एजेन्सि:

दाङमा टिकटक बनाउँने क्रममा पुलबाट बगरमा बजारिएका एक युवकले ज्यान गुमाएका छन् ।

ती युवक टिकटक बनाउने क्रममा झोलुङ्गे पुलबाट खसेर घाइते भएका थिए ।

उनको दाङमा उपचार हुन नसकेपछि कोहलपुरमा उपचार हुँदै थियो । ती युवा तुलसीपुर उपमहानगरपालिका १९ बिजौरीका २४ वर्षीय रमेश थापा रहेको बताइएको छ ।

उनको उपचारका क्रममा सोमबार बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा ज्यान गएको हो ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले सावधानी नअपनाउँदा दुर्घटना निम्तने गरेको छ ।

ती युवा पिकनिक मनाउने क्रममा गएका र बबई गाउँपालिका ५ पुरन्धारा झरना नजिकैको बबई नदीको झुलुङ्गे पुलमा यस्तो घटना भएको थियो ।

टिकटक बनाउन पुलको सपोर्टमा चढेका उनी त्यहाँवाट खसेका थिए । उनको अवस्था गम्भिर थियो ।

गम्भीर घाइते थापालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भीक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको थियो ।

शनिबार रमाईलो गर्ने भन्दै केही साथीहरु त्यस तर्फ गएका थिए । करिब २ दर्जन युवाहरु रमाइलो गर्दै गरेको अवस्थामा उनी अचानक पुलवाट खसेका थिए ।

पर्यटकीयस्थल पुरन्धारा झरनामा पिकनिक खान गएका उनीहरुको यस्तो दुर्घटना भएको थियो । थापा झन्डै २० मिटर माथिको पुलबाट बगरमा बजारिएका थिए ।

त्यसको भिडियो पनि सार्वजनिक भएको थियो । हात गलेपछि तल खसेको भिडियो देख्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय