शुक्रबार , बैसाख १४, २०८१

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू एक नम्बर भएर काम गर्न पाए देशको कायापलट गरेर देखाउने बताएका छन्।शनिबार एक कार्यक्रममा बोल्दै उनले आफूले मौका पाए राम्रो काम गरेर देखाउने बताएका हुन्।

 

 

‘मेरो त ग्रासहुट लेभलदेखि नम्बर टू भएर काम गरेको छु। नम्बर वान भएर काम गर्ने मौका पाएँ भने मैले राम्रो, असल नियत भएको,

 

 

 

 

लोभ नभएको, नेताहरू ठाउँमा पुगेपछि देशको कसरी कायापलट हुन्छ भनेर देखाउन चाहन्छु,’ उनले भने।उनले देशको अर्थतन्त्रलाई उकास्नको लागि प्राध्यापक, विद्यार्थीहरू समेतको सुझावहरू लिएर कानुन निर्माणमा काम गरिरहेको पनि बताए। हेर्नुहोस यो भिडियोचुनौती स्वीकार्दै आइपुगे प्रभाकर

 

 

काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकको जिम्मेवारी लिन मनोज प्रभाकर शनिबार काठमाडौं आइपुगेका छन् । अघिल्लो साता नेपाल क्रिकेट संघ (क्यान) ले भारतका पूर्वअलराउन्डर प्रभाकरलाई मुख्य प्रशिक्षकमा चुनेको थियो ‘

 

 

मेरा लागि चुनौती हो, यसलाई स्वीकार्दै आएको छु । म नेपालका युवा खेलाडीलाई सहयोग गर्न तयार छु,’ ५९ वर्षीय प्रभाकरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने ।

 

क्यानले उनीसँग एक वर्षका लागि सम्झौता गरेको छ ।अर्को साता नेपाली टोली पाँच ट्वान्टी–२० अन्तर्राष्ट्रिय र तीन एकदिवसीय खेल्न केन्या जानेछ । नेपालको प्रशिक्षकका रूपमा प्रभाकरको यो पहिलो चुनौती हुनेछ ।नेपाल आउनुका कारण उनले भौगोलिक हिसाब पनि भएको जनाए । ‘म आफैं पनि पहाडी क्षेत्रबाट हुर्केको व्यक्ति हो, म पहाडी क्षेत्रमै बस्छु ।

 

 

 

पहाडी क्षेत्रमा जो बस्छन् उनीहरूसँग फरक खालको स्टामिना र फरक स्वभावको आक्रमणता हुन्छ ।त्यसैले मैले नेपालको चुनौती स्वीकारेको हुँ र मैले राम्रो नतिजा पाउने छु किनेभने सबै उत्साहित छन्,’ उत्तर प्रदेशको गाजियाबादमा जन्मिएका प्रभाकरले दिल्लीबाट भारतको घरेलु क्रिकेट खेलेका थिए ।उनले मुख्य प्रशिक्षक हुनु आफैंमा चुनौतीपूर्ण भएको जनाउँदै भने, ‘अन्तर्राष्ट्रिय स्तरमा टिम डेभलप गरेर प्रतिस्पर्धा गर्नु एउटा चुनौती हो ।

 

 

 

मसँग पर्याप्त अनुभव छ, त्यसैले मलाई टिममा युवा खेलाडीलाई कसरी सुधार गर्नुपर्छ भनेर थाहा छ ।यो सामान्य विषय हो । यसलाई सुधार गर्नुपर्छ, त्यसका लागि म यहाँ छु । २–३ महिनामा यो सुधार थाहा हुनेछ ।’असार मसान्तमा सेनेटरी प्याड खरिद गरेपछि बेरुजु

 

 

नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत किशोरावस्थाका छात्राका लागि आर्थिक वर्षको अन्तिम असार ३० गते सेनिटरी प्याड खरिद गरेको पाइएको छ ।

 

 

वर्षभरिलाई आवश्यक पर्ने सेनिटर प्याड आर्थिक वर्षको अन्तिममा खरिद गर्दा छात्राहरूले प्रयोग गर्नबाट वञ्चित भएका हुन् उपमहानरपालिकाले छात्राहरूलाई निःशुल्क सेनिटरी प्याड उपलब्ध गराउन जयमाता दी हाइजेनिक प्रोडक्ट प्रालिलाई प्रतिप्याकेट २१ दशमलव ७६ रुपैयाँका दरले ६६ हजार ४ सय १७ प्याकेटको १६ लाख ३३ हजार १ सय ४३ रुपैयाँ मूल्य अभिवृद्धि करसमेत गरी भुक्तानी दिएको देखिन्छ ।तर, उपमहानगरपालिकाले आर्थिक वर्षको अन्तिम समयमा खरिद गरी वितरण गर्न बाँकी रहेकाले भर्पाईसमेत पेस गर्न सकेको छैन ।

 

 

 

त्यस्तै, सेनिटरी प्याड इन्सिनेटर मेसिन खरिद गरेबापत स्मार्ट टेम इन्फोसिसलाई ३ लाख ७२ हजार ९ सय रुपैयाँ भुक्तानी गरेको पाइएको छ ।तर, इन्सिनेटर मेसिन कुन कुन विद्यालयलाई वितरण गरिएको भन्नेबारे उपमहानगरसँग कुनै अभिलेख छैन ।

 

 

 

महालेखा परीक्षकको कार्यालयले इन्सिनेटर मेसिन उपलब्ध गराएका विद्यालयको अभिलेख उपलब्ध गराउन सुझाव दिएको छ ।सेनिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि, २०७६ को दफा ५ बमोजिम उपलब्ध सेनिटरी प्याडको अभिलेख जिन्सी खातामा व्यवस्थित रूपले राखी विद्यालयका छात्राहरूको नाम स्पष्ट खुल्ने गरी अभिलेख अद्यावधिक गर्नुपर्ने व्यवस्था रहेको छ ।त्यसैगरी कार्यक्रमको कार्यान्वयनको

 

 

 

प्रगति विवरण मन्त्रालयले तोकेको ढाँचामा चौमासिक रूपमा विद्यालयले स्थानीय तहमा र स्थानीय तहले प्रदेश सामाजिक विकास मन्त्रालयमा पठाउनु पर्ने व्यवस्था रहेकामा लेखा परीक्षणको क्रममा कुनै पनि प्रगति विवरण देखिएको छैन ।खडेरीले नदीमा पानी घट्दा युरोपभर ढुवानी समस्या

 

पेरिस — साढे दुई महिनाभन्दा लामो समयदेखिको चर्को खडेरीले युरोपका नदीमा पानीको स्तर घट्दै गएपछि ढुवानीमा समस्या पर्दै गएको छ ।जर्मनीको राइन, फ्रान्सको सेन, रोन र ल्वार, इटालीको पो,

 

 

बेल्जियमको एस्कोट र मास, बेलायतको थेम्स तथा नेदरल्याण्ड्सको मुस लगायत मुख्य नदीमा पानीको स्तर नाटकिय रुपमा घट्न थालेपछि ढुवानी र खाध्यान्नमा गम्भिर असर पर्न लागेको हो ।।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय