शुक्रबार , बैसाख १४, २०८१

अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेको छ । चुनावको मिति घोषणा भएसँगै राजनितीक दलहरु देखी स्वतन्त्र उमेदवारहरुसम्मलाई पनि चुनावको सरगर्मीले छपक्कै छोपेको छ ।

 

स्थानिय तहको निर्वाचमा स्वतन्त्र उमेदवारहरुले कमाल गरे पछि संघिय निर्वाचनमा स्वतन्त्र उमेदवार दिनेहरुको लर्को लागेको छ । विशेष गरि काठमडौँ लगायतका शहरी क्षेत्रहरुमा स्वतन्त्र उमेदवारहरु बढि झुम्मिएका छन् ।

 

केहि क्षेत्रहरुको निर्वाचनमा सिंगो देशकै ध्यान खिचिएको छ । यस पटकको निर्वाचन निकै पेचिलो बन्ने अनुमान गरिएको निर्वाचन क्षेत्र मध्येको एक रहेको छ काठमाडौँको निर्वाचन क्षेत्र नम्बर ४ । नेपाली काग्रेसका महामन्त्री गगन थापा निर्वाचित हुँदै आएको काठमाडौँ क्षेत्र नम्बर ४को निर्वाचन यस पटक पेचिलो बन्ने देखिएको छ ।

 

काठमाडौ ४ बाट नेपाली काग्रेसका महामन्त्री गगन थापा गठबन्धनको तर्फबाट प्रतिष्पर्धा गर्नेछन् भने नेकपा एमालेले राजन भट्टराईलाईनै मैदानमा उतार्ने करिब पक्कानै छ । अरु कारणले पनि काठमाडाँै ४ को निर्वाचन रोचक बन्ने देखीएको छ । स्वतन्त्र उमेदवारहरुले पनि यहि क्षेत्रलाई टार्गेट गरेर धमाधम उमेदवारी घोषणा गरिरहेका छन् ।

 

काठमाडौँ ४ बाट स्वतन्त्र उमेदवारी घोषणा गरकी राधा पोखरेलले यस पटक युवाहरुको अवाज संसद भवन भित्र पुर्याउँनका लागी आफु मैदानमा आएको बताएकी छिन् । युवाहरुले राजनितीलाई फोहरी खेल भनेर बाहिर बसेर आलोचना गर्ने मात्रै होइन भित्रै छिरेर फोहोरी खेल हो भने सफा गर्नु पर्छ भन्ने साचेर आफु चुनावी मैदानमा आएको बताएकी छिन् ।

 

ओटिभी नेपाल डटकमसँगको विशेष कुराकानीमा पोखरेलले आफु काठमाडौ क्षेत्र नम्बर ४ कै मतदाता भएका कारण सो क्षेत्रबाटै उमेदवार बन्न लागेको बताइन् । कुनै नेता विशेषलाई हराउँनका लागी भन्दा पनि आफ्नो क्षेत्र भएका कारण त्यहाँ बाट उठ्न खोजेको जिकिर उनले गरिन्ग

 

गन थापा मात्रै नभएर प्रचण्ड ,ओली या शेरबहादुर देउवानै उठ्ने भएको भए पनि आफुले यहि निर्णय लिने पोखरेलले बताएकी छिन् । सो क्षेत्रको हरेक समस्यालाई नजिक बाट बुझेको भन्दै उनले ती समस्यालाई संसदमा पुर्याउँनका लागी आफ्नो उमेदवारी रहने बताइन् ।

 

आफु आधा करोड भन्दा बढि शेयर लगानीकर्ताहरुको समेत प्रतिनिधी रहेको भन्दै लगानीकर्ताहरुको आवाजलाई सशक्त रुपमा उठाउँनका लागी पनि आफ्नो उमेदवारी रहेको पोखरेलले बताइन् । त्यत्ति मात्रै होइन आधा आकाश ढाकेका महिलाहरुको आवजलाई सदनमा सशक्त रुपमा उठाउँनका लागी पनि आफु मैदानमा उत्रिएको उनले बताइन् ।

 

स्वतन्त्र उमेदवारहरुको क्रेज देखेर मात्रै आफु प्रतिनिधीसभाको निर्वाचनमा प्रतिष्पर्धा गर्न नलागेको भन्दै उनले स्थानिय तहको निर्वाचन भन्दा पहिले देखीनै संघिय निर्वाचमा मैदानमा उत्रने योजना बनाएको दाबी उनले गरेकी छिन् । अहिले पनि विभिन्न राजनितिक पार्टीबाट पनि अफर आइरहेको खुलासा उनले गरेकी छिन् ।

 

स्थानिय तहको निर्वाचनमा काठमाडौ महानगरपालिकाको मेयरका बालेन शाहलाई जिताउँन जोड तोडले लाग्ने मध्येकी एक पोखेरेलले प्रतिनिधी सभाको निर्वाचनमा आफुलाई बालेनको पनि समर्थन रहने विश्वास व्यक्त गरेकी छिन् । युवाहरुको प्रतिनिधित्व गर्दै उमेदवारी दिन लागेको भन्दै उनले यसमा बालेनले पक्कै पनि साथ दिने विश्वास रहेको बताएकी छिन् ।

 

तपाईहरु बालेनलाई जिताउँन खुबै लाग्नु भयो के अबको निर्वाचनमा तपाईलाई बालेनले साथ दिन्छन् त ? भन्ने ओटिभी नेपालको प्रश्नमा पोखरेलले बालेनले पनि हामी जस्ता सबै युवाहरुको समर्थन र साथले चुनाव जित्नु भएको हो अब हामी पनि त्यहि भावनाले चुनावमा आउँदा अवश्य पनि साथ दिनु हुने छ । अहिले ठ्याक्कै यहि बिषयमा कुरा भएको त छैन तर पनि भेटभाट भने निरन्तर जस्तै भइरहेको छ । पोखरेलले जवाफ दिएकी छिन् ।

 

प्रतिकृया दिनुहोस्

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय