शुक्रबार , बैसाख १४, २०८१

काठमाडौं:

बिहेको निम्तो दिने क्रममा निम्तो कार्डभित्र रक्सीको बोतल, सितन र मिनरल वाटरको बोतलसमेत राखेर पठाइएपछि यो घटनाले सामाजिक संजालमा चर्चा पाएको छ ।

निमन्त्रणा कार्ड खोल्दै गर्दाको भिडियो सामाजिक संजालमा भाइरल भएको छ । भारतीय संचारमाध्यमका अनुसार यो कार्ड भारतको महाराष्ट्रमा पठाइएको हो ।

महाराष्ट्रको चन्द्रपुरमा पठाइएको यो कार्डको सबैभन्दा माथि भगवान गणेशको फोटो छापिएको छ । त्योभन्दा तलको पानाका वैवाहिक कार्यक्रमको विवरण छापिएको छ ।

त्यो पानाभन्दा तलको दृश्य भने निकै रोचक छ ।

सबैभन्दा तल रक्सीको बोतल र सितन साथमा मिनरल वाटरको बोतल पनि छ । सबैभन्दा रोचक त के भने यो घटना त्यो जिल्लामा भएको हो जहाँ मदिरा प्रतिबन्धित छ ।

यो भिडियो सार्वजनिक भएपछि त्यहाँ मदिरामा प्रतिबन्ध लगाइएको बारे प्रश्न उठेका छन् । कार्ड छाप्ने व्यक्तिले भने एक भारतीय मिडियासँग कुरा गर्दै बोतल भएका कार्ड चन्द्रपुर जिल्लामा नबाँडिएको दावी गरेका छन् ।

उनले चन्द्रपुरमा मदिरा प्रतिबन्धित भएकोले मदिरा भएको कार्ड नबाँडिएको बरु चन्द्रपुरमा बाँडिएका कार्डमा फलफूल राखिएको बताए । यस्ता मदिरा राखिएका कार्ड अन्य जिल्लामा बाँडिएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय