
साउन ३१ / काठमाण्डाै
अाफ्नाे व्यस्त समय कटाउदै निर्धारित समयमै हतार हतार गरि बिमानस्थल पुगेका यात्रुहरुलाई मंगलवार वुद्द एयरले तीन घण्टा कुरायाे ।
निर्धारित समयमा एयरपाेर्ट अाएका यात्रहरुलाइ बुद्दले प्राविधिक समस्या देखाउदै तीन घण्टा भन्दा बढि कुराएकाे हाे ।
काठमाण्डाैबाट देशका विभिन्न भागमा जानकाे लागि बिमानस्थल पुगेका सयाैँ यात्रुहरुलाई कुराएपछि यात्रुहरु अाक्राेशित समेत भएका थिए ।
निर्धारित समयभन्दा एकमिनेट ढिला गर्दापनि नकुर्ने बद्दले अाफुहरुकाे महत्वपुर्ण समय बर्वाद गरिदिएकाे भन्दै यात्रुहरु अाक्राेशित समेत भएका थिए ।
ढिला भएपछि बुद्द कर्मचारी र यात्रुहरुविच सामान्य भनाभन समेत भएकाे थियाे । बुद्दले भने यात्रुहरुलाई कफि खुवाएर सान्त्वना दिने प्रयास गरेकाे थियाे ।