शुक्रबार , बैसाख १४, २०८१

काठमाडौं;

 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफूहरूलाई जनताले माओवादी होइन खाओवादी भन्न थालेको बताएका

 

 

कोटेश्वरस्थित माओवादी केन्द्रीय कार्यालयमा सूर्यनाथ रान यादवको स्मृति दिवसमा सोमबार आयोजित कार्यक्रममा बोल्दै दाहालले उक्त कुरा बताएका हुन्। पूर्वप्रधानमन्त्री समेत रहेका

 

दाहालले ‘जनयुद्ध’ र क्रान्तिकारी भन्ने कुरा लोगोमा सीमित भएको उल्लेख गरेका छन् । न्यायको लागि लड्ने योद्धा भनेर चिनिनु पर्नेमा माओवादी भन्ने नाम विज्ञापन जस्तो मात्रै भएको

 

उनको भनाइ छ। दाहालले अहिलेकै जस्तो माओवादी मुलुकलाई आवश्यक नभएको बताएका छन् । उनले भने ुमैले भन्ने गरेको छु, यही स्थिति रह्यो भने त यो पार्टी नभए पनि के भयो ररुु

 

जनतालाई जालझेल, ठगठाग गरेर पार्टी बनाउनु भन्दा त त्यस्तो पार्टी नहुनु राम्रो भएको उनको भना

नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले जनताले परिवर्तनको महसुश गर्न नसक्ने कागजको गणतन्त्रले समाधान दिन नसक्ने बताएका छन् । बुधबार एमाले चाँगुनारायण– ८ नम्बर वडा कमिटीले सुडालमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले

 

 

 

वर्तमान अवस्थामा कागजले समाधान दिन नसक्ने बताएका हुन् । उनले भने अघिल्लो सरकारले जनतालाई परिवर्तनको अनुभूति दिन खोजेको थियो तर काम गर्न दिइएन। एमाले सचिव ज्ञवालीले एमालेप्रति जनताको विश्वास सरकार बाहिर रहँदा बढ्दै गएको दाबी

 

गरे । ज्ञवालीले भने यतिखेर एमाले प्रतिपक्षमा छ गतिशील छ भन्ने आत्माविश्वासले प्रतिपक्षमा सत्तापक्ष पार्टीबाट एमालेमा प्रवेश गर्नेको लहर चलेको छ यो आम जनताको विश्वासले हो । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सोमप्रसाद मिश्र वाग्मती प्रदेश कमिटीका

 

सदस्य नवराज गेलाल वाग्मती प्रदेशसभा सदस्य सरस्वती वाटी जिल्ला कमिटीका राजु सुवेदी नगर कमिटीका अध्यक्ष राम तिमल्सिना वडा कमिटीका अध्यक्ष राजेश खड्कालगायतले आगामी निर्वाचनमा एमाले पहिलो पार्टी हुने दाबी गरे ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय