शनिबार , बैसाख १५, २०८१

काठमाडौँ – नेपाललाई सतिले सरापेको देश भनेर पटकपटक नेपालीहरुले भन्दै आएका छन् । केही महत्वपूर्ण घटनाक्रमले यो उखानलाई पुष्टि पनि गर्दै आएको छ । अन्य कुराहरु यथावत रहेको खण्डमा यहाँ जसले राम्रो गर्न खोज्छ उसको पतन अवश्यम्भावी छ ।

 

 

नेपाली राजनीतिमा दाग नलागेका र केही राम्रो गर्ने छनक समेत देखाएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलाई घर न घाटको बनाउने तयारी भएको छ । आफ्नैहरुबाट अध्यक्ष लिङ्देनमाथि गम्भीर षडयन्त्र भइरहेको सूचना बाहिरिएको हो ।

 

 

एकता महाधिवेशनबाट कमल थापालाई हराएर सानदार जित निकालेका राजेन्द्र लिंदेनलाई अध्यक्षबाट हटाउने तयारी भइरहेको सूचना प्राप्त भएको छ । राप्रपाका पूर्वअध्यक्ष पशुपति शमशेर जबराको लिंदेनलाई हटाउन चलखेल सुरु गरेका हुन् ।

 

 

 

यो खेलमा पशुपती शमशेर जबरा र उनको सिंगो टिम हात धोएर लागेको श्रोतको दावि छ । लिंदेनले राम्रो मौका पाउँदा पनि काम गर्न नसकेको र उनी आफ्नो हिसाबले चल्न खोजेको आरोप लगाउँदै विशेष महाधिवेशन बोलाएर हटाउने तयारी गरिएको छ ।विशेष महाधिवेशन बोलाएर त्यहिँबाट लिंदेनलाई हटाउँने सम्मको डिजाइनको रुपरेखा बनिसकेको छ।

 

 

 

 

लिंदेनले ज्ञानेन्द्र शाही, ज्वाला संग्रौलाजस्ता व्यक्तिहरुलाई पार्टीमा बढि एक्सपोज दिएको भन्दै पशुपती शमशेरको टिम आक्रोसित भएको छ । लिंदेनको नेतृत्वमा बस्नै असहज हुने अवस्थामा राणा टिम पुगेको बताइन्छ ।राप्रपा स्रोतका अनुसार पूर्वअध्यक्ष पशुपति शमशेर राणासहित नेताहरू ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ, जगत गौचनलगायत अध्यक्ष लिङ्देनप्रति असन्तुष्ट देखिएका हुन् ।

 

 

 

अध्यक्ष लिङ्देनका कार्यशैली र सांगठिनक संरचना निर्माणप्रति उनीहरू असन्तुष्ट भएका हुन् ।पूर्वअध्यक्ष पशुपतिशमशेर राणा यसैको तयारीका लागि भारतको नयाँ दिल्ली पुगेका छन् । २२ दिनका लागि दिल्ली बसाइृ सकाएर राणा यही हप्ता काठमाडौँ फर्किदैछन् ।

 

 

 

राणाले भारतबाट ल्याएको ब्रमास्त्र प्रयोग गर्दै लिंदेनलाई हटाउन कोशिष गर्नेछन् ।राप्रपाभित्रको विवादले विशेष महाधिवशेनको माग हुन सक्ने बताउँदै श्रोतले भन्यो, ‘अध्यक्ष लिङ्देनले मौका पाएका थिए, उक्त मौकालाई सदुपयोग नगरेर व्यक्तिगत हिसाबमा चल्न थालेपछि हामी विशेष महाधिवेशनको मागसम्म पुग्ने स्थिति देखिएको छ ।’

 

 

 

श्रोतका अनुसार राणासहितका नेताहरू स्थानीय चुनावअघिदेखि नै लिङ्देनसँग असन्तुष्ट भएपछि चुनावमा ‘लिङ्देनको पपुलारिटी’लाई परीक्षण गर्नका लागि चुप लागेका थिए ।

 

 

 

स्थानीय चुनावमा लिङ्देन पपुलारिटीको चर्चा भए पनि त्यसअनुसार भोट नबढेको राप्रपाभित्र चर्चा हुने गरेको छ । पहिला नेपालगञ्जजस्तो उपमहानगरपालिका जितेको भए पनि अहिले त्यस्तो महत्त्वपूर्ण पालिका जित्न नसकेको दाबी असन्तुष्ट पक्षको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय