शुक्रबार , बैसाख २१, २०८१

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संघीयताले मुलुक आर्थिक संकटमा परेको बताएका छन् ।

 

राप्रपा बुटवल उपमहानगर समितिको आयोजनामा बिहीबार भएको सभालाई सम्बोधन गर्दै उनले सामान्य आँखाले हेरेभन्दा देशको अवस्था फरक र ईतिहासकै अ’फ्ठ्यारो अवस्थामा परेको दा’बी गरे ।

 

‘२५ वर्षदेखि नेपाली जनतालाई लोकतन्त्र, गणतन्त्र अनेकतन्त्रको नाममा झु’क्या’एर संघीयता पक्षधरले देश खाएका छन्,’ उनले भने ।

 

देशको सम्पूर्ण राजनीतिक प्रणाली काम नलाग्ने भएको बताउँदै उनले राजनीतिमा भ्र’ष्ट प्रवृत्ति म’हा’रोग भएको बताए ।

 

५ वर्षका लागि म्यान्डेट पाएको सरकार बीचमा परिवर्तन हुने तथा विभिन्नि समयमा भएका सत्ताको खेलले अहिलेको सं’घी’य तथा राजनीतिक प्रणाली काम नलाग्ने प्रमाणित भएको लिङ्देनको भनाइ छ ।

 

‘मुलुकका संवैधानिक अंगहरुबीच नियन्त्रण र सन्तुलन गु’मेको छ । मुलुक ठूलो दु’र्घ’टनातर्फ बढिरहेको छ ।

 

न्या’य’पालिका, कार्यपालिका र व्यवस्थापिकाभित्रका गतिविधि तथा आपसी समन्वय र सन्तुलन प्र’ति’कूल देखिएको छ,’उनले भने, ‘देश कुनै पनि बेला श्रीलंका बन्न सक्ने ख’तरामा छ ।’

 

नेता लिङ्देनले आफ्नो च’क्रब्युह भित्र कै’द गर्ने केही सीमित राजनैतिक नेताहरुलाई मु’क्त गर्न एउटा योजना र संकल्पसहित आफूहरु आएको उनले बताए । देश असफल राष्ट्र हुनबाट बचाउन र युवा उद्यमशीलता बढाउन आफूहरु केन्द्रित रहेको उनले बताए ।

 

‘कृषिप्रधान देशमा किसानलाई आवश्यक मल, बिउ नै उपलब्ध हुँदैन । उपलब्ध भएपछि उब्जनी भएसँगै त्यसको बजार पाउन नसक्ने अवस्था रहँदैन ।

 

छोराहरु अरबियनको नो’कर बनाउन पठाउनुपर्ने बा’ध्यता छ,’ उनले भने, ‘राप्रपा यो अवस्था हटाउने अभियानमा छ ।’

 

राजसंस्था र हि’न्दू राष्ट्रको पक्षमा निरन्तर सं’घ’र्ष गर्दै आएका लिङ्देनले यसअघिदेखि नै संघीयता नेपालजस्तो सानो मुलुकका लागि ज्यादै खर्चिलो र अ’ना’वश्यक भएकाले ७ ओटै प्रदेशहरु खारेज गर्नुपर्ने आवाज उठाउँदै आएका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय