आइतबार , अषोज ७, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं। केही दिनदेखि नेकपा एकीकृत समाजवादी पार्टीत्रिको विवाद सतहमा आएको छ । पुराना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने विषयले एकीकृत समाजवादीमा तरंग पैदा भएको छ ।

 

भएका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने पार्टीको निर्णयमा मन्त्रीहरु प्रेम आले र रामकुमारी झाँक्री सन्तुष्ट छैनन् । पार्टीभित्रको विवाद सतहमा आएको समयमा समाजवादीकी सचिवसमेत रहेकी नेतृ तथा शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले महिलाको छुट्टै पार्टीबारे बहस चलाएकी छन्।

 

फिलिपिन्सको ‘द ग्याब्रिएला वुमेन्स पार्टी’को उदाहरण दिँदै उनले नेपालमा पनि महिलाको पार्टी गठनबारे बहस चलाएकी हुन् । एकीकृत समाजवादीले उनलाई फिर्ता बोलाएर सबै पुरुष मन्त्री सिफारिस गरेको सन्दर्भमा उनले सामाजिक सञ्जालमा चलाएको उक्त ‘बहस’लाई अर्थपूर्ण तरिकाले हेरिएको छ।

 

उनी निकट स्रोतका अनुसार उनले नयाँ पार्टीको नाम ‘राष्ट्रिय महिला पार्टी’ राख्ने तयारीसमेत गरेको बुझिएको छ । सो पार्टीमा महिलाहरु मात्रै रहने भएकोले धेरैजसोले राष्ट्रिय महिला पार्टी अर्थात यस्तै अरु केही राख्न सुझाव दिइरहेका छन् ।

 

उनले आफूले चलाएको बहसमा महिला नेतृहरु सहमत भएमा आफू नयाँ पार्टी गठन गर्नतिर अघि बढ्ने सोचमा छिन् । हतार गरेर भन्दा पनि बहस गरेर एउटा एजेण्डा तय गरेर मात्रै नयाँ पार्टी निर्माणमा लाग्ने मन्त्री झाँक्रीको तयारी छ ।

 

उनले फिलिपिन्सको पार्टीबारे जानकारी दिँदै लेखेकी छिन्, ‘नेपालमा पनि त्यस्तै पार्टी जरुरी छ। यसमा बहस र प्रतिक्रिया जनाउनुहोस्।’ सामाजिक सञ्जाल ट्विटरमा उनले बहस र प्रतिक्रियाका लागि भन्दै उक्त पार्टीका बारेमा उल्लेख गरेकी छिन्।

 

पार्टीका विषयमा भनिएको छ, ‘ग्याब्रिएला फिलिपिन्सको एउटा प्रगतीशील राजनीतिक पार्टी हो। जसले महिलाको विषय र प्रतिनिधि सभामा महिलाको प्रतिनिधित्वका विषयमा वकालत गर्छ।’

 

एकीकृत समाजवादीले उनलाई मन्त्रीबाट फिर्ता बोलाएको छ। आफू फिर्ता हुँदा पनि एकजना महिलाको प्रतिनिधित्व हुनुपर्ने माग झाँक्रीको छ। अध्यक्ष माधवकुमार नेपालसँग यही विषयमा उनको विवाद भएको बताइएको छ।

 

 

उनले यस्तो स्टाटस सामाजिक संजालमा पोस्ट गरेसँगै उनले पनि अब महिलाहरुको छुट्टै पार्टी गठनको तयारी सुरु गरेको बुझ्न गाह्रो छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय