शनिबार , बैसाख १५, २०८१

काठमाडौं:

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्व माओवादीहरुबीच एकताको लागि सक्रिय भएका छन् ।

माओवादी छाडेर विभिन्न पार्टी खोलेका र अन्य पार्टीमा लागेकाहरुलाई आगामी निर्वाचनभन्दा अघि नै एक गराउन दाहाल लागिपरेका छन् ।

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दैछ । उक्त बैठकमा पनि पूर्व माओवादीहरुबीचको एकतालाई जोड दिईने एक नेताले बताए ।

हालै स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । माओवादी केन्द्रले उक्त निर्वाचनमा राम्रो सफलता हाँसिल गरेको चर्चा छ ।

अध्यक्ष प्रचण्डले त स्थानीय तहको निर्वाचनमा माओवादी दोस्रो दल हुने आँकलन गरेका थिए

तर, गठबन्धनबीच राम्रो समन्वय नहुँदा तेस्रो हुनुपरेको उनको स्पष्टोक्ति छ।

संघीय संसद्को निर्वाचनअघि नै माओवादीहरु एक भएर जान सकिए पहिलो दल बन्नसक्ने माओवादी केन्द्रका नेताहरुको दाबी रहँदै आएको छ ।

प्रचण्डले त सार्वजनिक कार्यक्रममा नै अब ०६४ को जस्तो माओवादीहरु एकजुट भएर जान सकिए पहिलो दल बन्न कुनै असम्भव नरहेको जिकिर गरेका छन् ।

पछिल्लो समय प्रचण्डले जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’,

नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन बैद्यलगायतसँग एकताको लागि प्रयास थालेका छन् ।

माओवादीहरु विभिन्न रुपमा छरिँदा जनयुद्धबाट हासिल उपलब्धि समाप्त पार्ने षड्यन्त्र भएको प्रचण्डको गुनासो छ ।

अब एकचोटी माओवादीहरु सबैले आ–आफ्नो अहंकार त्यागेर सहकार्य गर्नुपर्ने दाहालको प्रस्ताव छ ।

उनले संघीयता, गणतन्त्र र संविधान रक्षाका लागि सधैँ सचेत हुनुपर्ने बताउँदै आएका छन् ।

यो पनि हेर्नुहोस,कार्यालयहरू तयार नहुँदै इम्बोस्ड प्लेट अनिवार्य, नजोडे कारबाही

संघीय सरकारले बाग्मती र गण्डकी प्रदेशमा दर्ता भएका सवारीमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सूचित गरेको छ ।

शुक्रबार एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले तोकिएका सवारीले इम्बोस्ड प्लेट जान नगरेमा कारवाही गर्ने चेतावनी दिएको छ ।

तर, सरकारले तोकेको कार्यतालिका बमोजिम इम्बोस्ड नम्बर प्लेट जडानका लागि प्रदेश सरकार अन्तरगतका यातायात कार्यालयहरु तयार छैनन् ।

प्लेटको गुणस्तर कमजोर भएको, पर्याप्त जनशक्ति र पूर्वाधार नभएको र यातायातको प्रणालीलाई इम्बोस्ड नम्बरसँग

नजोडिएको भन्दै प्रदेश सरकार अन्तरगतका यातायात कार्यालयहरुले इम्बोस्ड प्लेट जडानमा उदासिनता देखाएका छन् ।

तर, इम्बोस्ड प्लेट छपाइको जिम्मा लिएको ठेकेदार कम्पनी टाइगर डेकाटोरको थप म्याद सकिन लागेपछि भुक्तानीका लागि दबाबमा

परेको यातायात विभागले प्लेट जडान नगरे सवारी धनीलाई नै कारवाही गर्ने चेतावनीसहित सूचना प्रकाशित गरेको प्रदेशका सवारी कार्यालयहरुको दाबी छ ।

एक सवारी कार्यालयका प्रमुखका अनुसार विभागले चेतावनीयुक्त सूचना निकालेपनि सबैलाई तत्काल नम्बर प्लेट दिन सकिने अवस्था छैन ।

अहिलेसम्म स्वेच्छिक रुपमा अनलाइन फारम भरेर आउनेहरुलाई मात्रै कार्यालयहरुले इम्बोस्ड नम्बर प्लेट जडानको सेवा सेवा दिइरहेका छन् ।

‘विभागले आगामी असारसम्म तोकिएका सवारीमा प्लेट जडान नगरे साउनबाट कारवाही थाल्ने चेतावनी दिएको छ,

यसका कारण यातायात कार्यालयमा एकाकएक भीड बढ्यो भने चाप थेग्न नसकेर दिइरहेको सेवा पनि दिन सकिंदैन,’

ती अधिकारीले भने । अब दैनिक सवारीको कोटा संख्या तोकेर सेवा दिन थालिने उनले बताए ।

उनका अनुसार अहिलेसम्म इम्बोस्ड नम्बर प्लेटलाई यातायातको मूल प्रणालीले चिन्ने गरी सफ्टवेयर नै बनेको छैन ।

ठेकदार कम्पनीकै सफ्टवेयरमा भर परेर इम्बोस्ड नम्बर वितरण भइरहेको ती अधिकारीको दावी छ ।

‘अघिल्लो दिन जोडर अफरोडमा गएका सवारीको प्लेट भोलि पल्टै खसिरहेको छ,’

उनी भन्छन्,’प्लेट खसेर आएकाहरुलाई फेरि पुरानै दरमा शुल्क तिरेर नम्बर प्लेट लिनुस् भन्नुपरेको छ, यस्ता समस्या रहिन्जेल प्लेट जोडेर के काम ?’

गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालय (मोटरसाइकल), गुर्जुधारा,

काठमाडौंका कार्यालय प्रमुख दीपक पोखरेल भने विभागको निर्देशन कार्यान्वयन गर्न प्रदेश सरकारसँग छलफल हुने बताउँछन् ।

‘संघीय सरकारको निर्णय कार्यान्वयन गर्न के गर्न सकिन्छ प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयसँग छलफल गर्छौं,’ उनले भने,’संघीय सरकारको निर्देशन पालना गर्छौं, तर सहज वातावरण बन्नुपर्छ ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय