काठमाडौं:
नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंह नेकपा माओवादी केन्द्रमा प्रवेशको तयारी गरेका छन् ।
गुटबन्दी र व्यक्तिवादी स्वार्थमा लिप्त भएपछि कांग्रेसले लखेटेका सिंह माओवादी प्रवेशको तयारीमा लागेका हुन् ।
सिंहले क्रियाशीलता सदस्यतादेखि स्थानीय तह निर्वाचनसम्म जिल्लामा कांग्रेसलाई कमजोर बनाउन सक्रिय रहेका छन् ।
जिल्लाको सिफारिसमा केन्द्रले उनीमाथि विधानअनुसार कारवाहीको तयारी गरिरहेका बेला सिंहले माओवादी प्रवेश गर्न सम्वादलाई तीव्रता दिएका छन् ।
कांग्रेसमा बसेर पार्टीका नेताहरुविरुद्ध षडयन्त्र रच्ने, अधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेल्ने, पार्टी नेतृत्वविरुद्ध
जथाभावी बोल्ने अमरेशले माओवादी प्रवेश गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चार चरणमा वार्तासमेत गरिसकेका छन् ।
अमरेशको योजनामा सर्लाही क्षेत्र ४ का माओवादीका यादव थरका एक स्थानीय नेताको समर्थन लिने र उनको श्रीमतीलाई प्रदेशसभा
सदस्यमा उठाउने र आफू संघीय सांसदमा लड्ने आन्तरिक तयारीमा सिंह रहेको माओवादीकै एक नेताले बताएका छन् ।
त्यस्तै, अमरेशले आफ्ना एक ‘ठेकेदार भतिज’ लाई पनि समानुपातिक तर्फबाट प्रदेशसभा सदस्य बनाउन लविङ गरिरहेका छन् ।
अमरेशको यी लगायत अरु पनि केही मागहरु प्रति माओवादी अध्यक्ष प्रचण्ड र सर्लाही जिल्ला नेतृत्व सकारात्मक रहेको माओवादीका ती नेताले बताएका छन् ।
यसअघि पनि अमरेशले कांग्रेस नेतृत्वसँग घुर्की लगाउँदै प्रचण्डसँग मिल्न जाने बताउने गरेका थिए ।
अमरेशलाई विगतमा प्रचण्डले नै ग्रुमिङ गरेको र माओवादीको नाम बझाएर करोडौं अकुत सम्पत्ति आर्जन गरेको चर्चा हुने गरेको छ ।
यो पनि हेर्नुहोस,स्थानीय चुनावबारे ओलीको समीक्षा : आफ्नै नेताबाट पार्टी जोगाउने चुनौती थपियो
एमाले अध्यक्ष केपी ओलीले पार्टीलाई आफ्नै नेताहरूबाट जोगाउने चुनौती रहेको बताएका छन् ।
स्थानीय निर्वाचनमा नेताहरूले गरेको अन्तर्घात नै पार्टी पराजयको मुख्य कारण भएको उनको निष्कर्ष छ ।
उपमहासचिव विष्णु रिमाल प्रमुख रहेको निर्वाचन विभागले पनि कम्तीमा सयवटा पालिका अन्तर्घातकै कारण गुमाउनुपरेको प्रारम्भिक विश्लेषण गरेको छ ।
चुनावको औपचारिक समीक्षाअघि केन्द्रीय कार्यालयले सबै जिल्लाबाट सात सय ५३ वटै पालिकाको निर्वाचनसम्बन्धी समीक्षा प्रतिवेदन माग
गरेका वेला अध्यक्ष ओलीले निर्वाचनमा पार्टीको पराजयसँग मुछिएका नेताहरूको भूमिकाबारे निर्मम समीक्षा गर्ने संकेत गरेका हुन् ।
पार्टी केन्द्रीय कार्यालयमा पदाधिकारी, केही केन्द्रीय सदस्य र २२ जनसंगठनका नेताहरू सहभागी मोर्चा संगठनको बैठकमा एमाले
अध्यक्ष केपी ओलीले भने–जनताले एमालेलाई माया गरेका छन् र लोकप्रिय पहिलो मत दिएका छन् ।
हामी जनताप्रति आभारी छौँ । तर, समस्या हामीभित्रै देखिएको छ । आफ्नै पार्टीभित्र एउटाले अर्कालाई हराउन खोज्दा दुवैले हार्ने स्थिति बन्यो ।
नेताहरूबीच मेल भएन, टिम स्पिरिट भएन । यथार्थमा पार्टीलाई आफ्नै नेताहरूबाट कसरी जोगाउने भन्ने चुनौती थपिएको छ ।
केन्द्रीय पदाधिकारी, केही केन्द्रीय तहका नेता र २२ जनसंगठनका नेता सहभागी मोर्चा संगठनको बिहीबारको बैठकमा अध्यक्ष
ओलीले पार्टीभित्र एउटाले अर्कोलाई हराउन खोज्दा पार्टीले हारेको र एमालेलाई आफ्नै नेताहरूबाट बचाउने चुनौती थपिएको बताए ।
‘जनताले एमालेलाई माया गरेका छन् र लोकप्रिय पहिलो मत दिएका छन् । हामी जनताप्रति आभारी छौँ । तर, समस्या हामीभित्रै देखिएको छ,’
अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने, ‘आफ्नै पार्टीभित्र एउटाले अर्कालाई हराउन खोज्दा दुवैले हार्ने स्थिति बन्यो ।’
चुनावअघि एमाले केन्द्रीय कमिटी बैठकले पदाधिकारीसहित सबै केन्द्रीय सदस्यलाई भूगोलमा केन्द्रित हुन निर्देशन दिएको थियो ।
तर, भूगोलमा पुगेका नेताहरू आफ्नो पालिकामा केन्द्रित नभएको र पार्टीले अगाडि सारेको उम्मेदवार हराउन केन्द्रित भएको रिपोर्ट आएको संकेत ओलीले बैठकमा गरेका थिए ।
‘नेताहरूबीच मेल भएन, टिम स्पिरिट भएन । यथार्थमा पार्टीलाई आफ्नै नेताहरूबाट कसरी बचाउने भन्ने चुनौती थपिएको छ,’
चुनावी पराजयको प्रारम्भिक समीक्षा संकेत गर्दै बैठकमा ओलीले भनेका थिए ।
केन्द्रीय कार्यालय, स्थायी समिति र केन्द्रीय कमिटीको बैठकमा निर्वाचनको समीक्षा गर्नुअघि एमाले केन्द्रीय निर्वाचन विभागले सबै पालिकाको मत संकलन गर्ने, विश्लेषण गर्नेलगायतको काम गर्दै आएको छ ।